6 years ago
August 28, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नवौं कोरियन एम्बेसडर खुल्ला राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा नेपाली राष्ट्रिय टोली टिम च्याम्पियन बनेको छ ।

नेपालस्थित दक्षिण कोरियाली दुतावास र नेपाल तेक्वान्दो संघको संयुक्त आयोजनामा आइतबारदेखिसुरु भएको प्रतियोगितमा नेपाली राष्ट्रिय टोलीले कुल ३२ पदक जित्दै टिम च्याम्पियन बनेको हो । राष्ट्रिय टोलीले १३ स्वर्ण, ९ रजतपदक र १० कास्यपदक हात पा¥यो ।
मध्य पृतना नेपाली सेनाले ८ स्वर्णसहित दोस्रो स्थान हात पा¥यो । कोटेश्वर तेक्वान्दो डोजाङ ७ स्वर्णसहति तेस्रो भयो । युनाइटेडले तेक्वान्दो डोजाङले २ स्वर्ण, १ रजत र १ कास्यसहित तेस्रो भयो ।
सातदोबाटोस्थित तेक्वान्दो एकेडेमीमा बुधबार भएको खेलमा क्याडेट महिला पुम्सेतर्फ कोटेश्वरकी सन्ध्या लामाले स्वर्ण जितिन् । यसै विधाको क्याडेट पुरुषतर्फ सगरमाथा एकेडेमीका निशान्त थिङले स्वर्ण हात पारे ।
क्याडेट महिला समूह पुम्सेतर्फ भ्याली दिपका पूर्णिमा बस्नेत, रोजिना श्रेष्ठ र प्राप्ती पुनले स्वर्ण पदक जितिन् । क्याडेट पुरुष समूह पुम्सेतर्फका बर्दियाका निर्मल पुन मगर, सन्दिप थारु र गोपाल खड्काको समूहले स्वर्ण जिते । जुनियर महिला पुम्सेतर्फ राष्ट्रिय टिमकी सन्जिला तिमल्सिनाले स्वर्ण जितिन् ।
जुनियर पुरुष पुम्सेमा राष्ट्रिय टिमका अस्मिन राउतले स्वर्ण हात पारे । सिनियर पुरुष पुम्सेमा राष्ट्रिय टिमका जित बहादुर बोटेले स्वर्ण जितेका छन् । सिनियर महिला पुम्सेमा राष्ट्रिय टिमका पार्वती गुरुङले स्वर्ण जिते । जुनियर महिला पुम्सेमा राष्ट्रिय टिमका पार्वती गुरुङ र कमल श्रेष्ठको जोडीले स्वर्ण, सिनियर पियर पुम्सेमा कोटेश्वरका बिबेक लामा र सन्ध्या लामाको जोडीले स्वर्ण हात पारे ।
पुरुष टिम पुम्सेमा राष्ट्रिय टिमका कमल श्रेष्ठ, जित बहादुर बोटे र प्रेम बहादुर लिम्बुको समूहले स्वर्ण जिते । महिला टिम पुम्सेमा राष्ट्रिय टिमकी पार्वती गुरुङ, सिना माडेन र निता गुरुङको समूहले स्वर्ण हात पारे ।
प्रतियोगिताको ग्यारोगी जुनियर पुरुष यु–४२ केजीमा कोटेश्वरका सागर सिंह ठकुरीले स्वर्ण हात पारे । जुनियर पुरुष यु–४५ मा दिलिप मेमोरियलका सागर मगरले स्वर्ण जिते । यु–४८ तर्फ युनाइटेडका पुजन खड्काले स्वर्ण, यु–५१ तर्फमा युनाइटेडका रुकेश तामाङले स्वर्ण जिते ।
जुनियर महिला यु–४० तर्फमा युनाइटेडकी स्वस्तिका मर्हजनले स्वर्ण, यु–४२ मा भ्याली दिपकी सदिक्षा कार्कीले स्वर्ण जितिन् । यस्तै यु–४४ मा धरानकी आस्मा राईले स्वर्ण, यु–४६ तर्फ कोटेश्वरकी हिमानी थापा मगरले स्वर्ण, सिनियर महिला यु–४६ तर्फ धनगढीकी गिता कात्याताले स्वर्ण, यु–४९ मा बिरगंजकी नजिया हसान सिध्धीकेले स्वर्ण हात पारे ।
यु–५३ मा बाँकेकी निलिमा मल्लले स्वर्ण, यु–५७ तर्फ कोटेश्वरकी सुस्मिता मोक्तानले स्वर्ण र यु–६२ तर्फ राष्ट्रिय टिमकी इन्दिरा बस्नेतले स्वर्ण हात पारे । यु–६७ तर्फ भ्याली डिआईभीकी प्रतिज्ञा भण्डारीले स्वर्ण जितिन् ।
सिनियर पुरुष यु–५४तर्फ भ्याली डिआईभीका बिकास राईले स्वर्ण हात पारे । यु–५८ तर्फ भ्याली डिआईभीका नै राहुल कुमालले स्वर्ण जिते । यु–६८ तर्फ भ्याली डिआईभीका प्रकाश सिंह रातिगीले स्वर्ण, यु–७४ तर्फ चित्र बहादुर अधिकारीले स्वर्ण र यु–८० तर्फका भ्याली डिआईभीका नै रोशन बहादुर सिंहले स्वर्ण हात पारेका छन् ।
जुनियर ब्वाइजतर्फ युनाइटेड तेक्वान्दो डोजाङका रुकेश तामाङ तथा जुनियर गल्र्समा मोरङकी आश्मा राई प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी चुनिए । सिनियर पुरुषतर्फ कोटेश्वरका रन्जित साउद तथा महिलामा बाँकेकी निलिमा मल्ल सर्वाेत्कृष्ट खेलाडी भए ।
विजयी टिम तथा खेलाडीहरुलाई कोरियाली राजदुत पार्क योङ सिक, नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाश शम्शेर राणालगायतले पुरस्कृत गरे । सातदोबाटोस्थित राष्ट्रिय तेक्वान्दो एकेडेमी हलमा तीन दिनसम्म भएको प्रतियोगितामा सात प्रदेशका ७५० खेलाडीहरुको सहभागिता रहेको थियो ।
November 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियाली खेलकुदकी रजत पदक विजेता एरिका गुरुङ इजिप्टमा जारी डब्लुकेएफ २७ औं कराते विश्व च्याम्पियनसिपको अन्तिम १६ मा प्रवेश गर्न सफल भएकी छिन्। महिला ६८ केजी माथि तौल समूहको पुल-७ मा रहेकी एरिका समूह उपविजेता बनेर प्रि-क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएकी हुन्। उनले चिल्लीकी गोन्जालेज लाभिनलाई ५-१ को अन्तरमा पराजित गरिन्। त्यसअघिको […]
November 28, 2025
काठमाडौं (हाम्रो खेलकुद )- न्युजिल्यान्डमा भएको ‘उसु हिरोज’ प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण उसु प्रतियोगितामा नेपालले ४ स्वर्ण जितेको छ । विजय सिन्जाली, पासाङ शेर्पा, निमा घर्ती मगर र जुनु स्याङ्बो लामाले स्वर्ण जितेको नेपाल उसु महासंघका उप–महासचिव राजीव महर्जनले जनाएका छन् ।
November 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- करातेकी खेलाडी सानुमाया थिङले इजिप्टमा आज सुरु हुने डब्लुकेएफ २७ औं कराते विश्व च्याम्पियनसिपमा एकल कातामा खेलेका सबै ३ प्रतिस्पर्धामा हार बेहोरेकी छिन् । पहिलो खेलमा सानुमाया कोलम्बियाकी खेलाडी मचादो भ्यालेन्टिना जापातासँग हारिन् । सानुमायाले ३६.१ र मचादोले ३८.८ स्कोर गरिन् । अर्को खेलमा सानुमाया आयोजक इजिप्टकी आया हेस्मामसँग ३९.४-३५.६ ले पराजित भइन् […]