6 years ago
August 30, 2019
काठमाडौं (हाम्रो खेलकुद)– ओलम्पियन दीपक विष्टसहित चार जना प्रशिक्षक प्रशिक्षण ङतालिमका लागि आज बेलायत जाँदैछन् । युके स्पोर्टस् र ग्रेट ब्रिटेन तेक्वान्दो एसोसिएसन तथा नेपाल तेक्वान्दो संघबीच दुई वर्षअघि भएको सम्झौता अनुसार चार जनालाई प्रशिक्षणमा जान लागेका हुन् ।

सेप्टेम्बर १ देखि १० सम्म म्यानचेस्टरमा हुने प्रशिक्षणमा विष्टसहित त्रिभुवन आर्मी क्लबका दानबहादुर ऐरी, नेपाल पुलिस क्लब रन्जन श्रेष्ठ र प्रशिक्षक कविराज खड्गीले नेपालको प्रतिनिधित्व गर्नेछन् ।
युके स्पोर्ट्स र ग्रेट ब्रिटेनका प्रशिक्षण यसअघि तीन पटक नेपाल आएर खेलाडी र प्रशिक्षकका लागि अलग अलग प्रशिक्षण दिएका थिए । नेपाल तेक्वान्दो संघका केन्द्रिय सदस्य हेमन्त डागीका अनुसार विदेशी प्रशिक्षक काठमाडौं र पोखरामा प्रशिक्षकका लागि तथा काठमाडौंमा खेलाडीका लागि अलग्गै प्रशिक्षण सञ्चालन गरेको थियो ।

खेल जीवनबाट विश्राम लिइसकेका वा लिइने क्रममा रहेका खेलाडीहरु जसले भविष्यमा नेपालको तेक्वान्दोमा योगदान गर्ने सम्भावना भएका लागि संघले छनोट गरेर बेलायत पठाएको सदस्य डागीले जानकारी दिए ।
उनीहरुलाई नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाश शम्सेर राणा र महासचिव दीपकराज गुरुङलगायत संघका अन्य पदाधिकारीले विदाई गरेका थिए । प्रशिक्षण कार्यक्रमकै दौरान अध्यक्ष राणा र महासचिव गुरुङ सेप्टेम्बर ७ मा बेलायत जाने भएका छन् ।
November 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियाली खेलकुदकी रजत पदक विजेता एरिका गुरुङ इजिप्टमा जारी डब्लुकेएफ २७ औं कराते विश्व च्याम्पियनसिपको अन्तिम १६ मा प्रवेश गर्न सफल भएकी छिन्। महिला ६८ केजी माथि तौल समूहको पुल-७ मा रहेकी एरिका समूह उपविजेता बनेर प्रि-क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएकी हुन्। उनले चिल्लीकी गोन्जालेज लाभिनलाई ५-१ को अन्तरमा पराजित गरिन्। त्यसअघिको […]
November 28, 2025
काठमाडौं (हाम्रो खेलकुद )- न्युजिल्यान्डमा भएको ‘उसु हिरोज’ प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण उसु प्रतियोगितामा नेपालले ४ स्वर्ण जितेको छ । विजय सिन्जाली, पासाङ शेर्पा, निमा घर्ती मगर र जुनु स्याङ्बो लामाले स्वर्ण जितेको नेपाल उसु महासंघका उप–महासचिव राजीव महर्जनले जनाएका छन् ।
November 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- करातेकी खेलाडी सानुमाया थिङले इजिप्टमा आज सुरु हुने डब्लुकेएफ २७ औं कराते विश्व च्याम्पियनसिपमा एकल कातामा खेलेका सबै ३ प्रतिस्पर्धामा हार बेहोरेकी छिन् । पहिलो खेलमा सानुमाया कोलम्बियाकी खेलाडी मचादो भ्यालेन्टिना जापातासँग हारिन् । सानुमायाले ३६.१ र मचादोले ३८.८ स्कोर गरिन् । अर्को खेलमा सानुमाया आयोजक इजिप्टकी आया हेस्मामसँग ३९.४-३५.६ ले पराजित भइन् […]