default_image

6 years ago

September 2, 2019

सम्मान ग्रहणका लागि तेक्वान्दो संघका अध्यक्ष राणा कोरियातर्फ

197 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाश शम्शेर राणा दक्षिण कोरियामा बुधबार सम्मानित हुने भएका छन् । नेपालको तेक्वान्दो खेलको विकासमा योगदान पु¥याएकोमा अध्यक्ष राणालाई सम्मान गर्न लागेको संघले जनाएको छ । राणा सोमबार त्यसतर्फ प्रस्थान गरेका छन् ।

सेप्टेम्बर ४ लाई कोरिया सरकारले तेक्वान्दो दिवसका रुपमा मनाउँदै आएको छ । हरेक वर्ष कोरिया सरकारले तेक्वान्दो विकासमा लाग्ने मध्येबाट केहिलाई सम्मान गर्ने परम्परा रहि आएको र यसपटक राणालाई सम्मान गर्न लागेको संघले जनाएको छ ।

सम्मानका लागि भनेर आफु खेलकुदमा आबद्ध नभएको जनाउँदै अध्यक्ष राणाले भने,‘ यदि कसैले आफ्नो कामको मुल्याङन गर्दा खुसी भने लाग्छ नै । यो मेरो मात्र होइन समग्रमा नेपाली तेक्वान्दो परिवारको सम्मान हो । मैले यसलाई त्यसरी नै बुझेको छु । शनिबारका हुने नेपाल ओलम्पिक कमिटि (एनओसी) को निर्वाचन अघि उनी स्वदेश फर्कने छन् । एनओसी सदस्यमा उनले पनि उम्मेदवारी दिएका छन् ।

November 28, 2025

एरिका कराते विश्व च्याम्पियनसिपको नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- एसियाली‌ खेलकुदकी रजत पदक विजेता एरिका गुरुङ इजिप्टमा जारी डब्लुकेएफ २७ औं कराते विश्व च्याम्पियनसिपको अन्तिम १६ मा प्रवेश गर्न सफल भएकी छिन्। महिला ६८ केजी माथि तौल समूहको पुल-७ मा रहेकी एरिका समूह उपविजेता बनेर प्रि-क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएकी हुन्। उनले चिल्लीकी गोन्जालेज लाभिनलाई ५-१ को अन्तरमा पराजित गरिन्।‌ त्यसअघिको […]

November 28, 2025

न्युजिल्यान्डमा ४ उसु खेलाडीले जिते स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद )- न्युजिल्यान्डमा भएको ‘उसु हिरोज’ प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण उसु प्रतियोगितामा नेपालले ४ स्वर्ण जितेको छ । विजय सिन्जाली, पासाङ शेर्पा, निमा घर्ती मगर र जुनु स्याङ्बो लामाले स्वर्ण जितेको नेपाल उसु महासंघका उप–महासचिव राजीव महर्जनले जनाएका छन् ।

November 27, 2025

कराते विश्व च्याम्पियनसिप – सानुमाया सबै खेलमा पराजित

काठमाडौं (हाम्रो खेलकुद)- करातेकी खेलाडी सानुमाया थिङले इजिप्टमा आज सुरु हुने डब्लुकेएफ २७ औं कराते विश्व च्याम्पियनसिपमा एकल कातामा खेलेका सबै ३ प्रतिस्पर्धामा हार बेहोरेकी छिन् । पहिलो खेलमा सानुमाया कोलम्बियाकी खेलाडी मचादो भ्यालेन्टिना जापातासँग हारिन् । सानुमायाले ३६.१ र मचादोले ३८.८ स्कोर गरिन् । अर्को खेलमा सानुमाया आयोजक इजिप्टकी आया हेस्मामसँग ३९.४-३५.६ ले पराजित भइन् […]

Success

Thank you for your time.