default_image

6 years ago

January 14, 2020

एभरेष्ट राष्ट्रिय तेक्वान्दो यसै साता

193 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– एभरेष्ट वल्र्ड क्लाब तेक्वान्दो नेपाल शाखाको आयोजनामा दोस्रो एभरेष्ट राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिता बिहीबार सुरु हुने भएको छ । प्रतियोगिता सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा हुनेछ । 

तेक्वान्दोको विकास र खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ प्रतियोगिता आयोजना गर्न लागेको मंगलबार पत्रकार सम्मेलनमार्फत एभरेष्ट तेक्वान्दोको नेपाल शाखाले जनाएको छ ।

प्रतियोगितामा ग्योरोगीतर्फ पुरुष र महिलाका समान ३८ तौल समुहमा प्रतिस्पर्धा हुने बताइएको छ । त्यस्तै पुम्सेमा महिला पुरुषतर्फ समान १२ तौल समुहमा गरि कुल १ सय वटा तौल समुहमा प्रतिस्पर्धा गराइने प्रतियोगिता संयोजक सञ्जिय फुयालले बताए ।

झन्डै १ हजार १ सय खेलाडीले १ सय १० वटा स्वर्ण, त्यतिनै रजत र २ सय २० वटा कास्य पदकका लागि प्रतिस्र्धा गर्ने बताइएको छ । प्रतियोगितामा प्रथम हुने टिमले १ लाख १ रुपैयाँ, दोस्रोले ५० हजार र तेस्रो हुनेले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रतियोगिताका उत्कृष्ट महिला र पुरुष खेलाडीले समान १० हजार रुपैयाँ पाउनेछन् । प्रतियोगिताका उत्कृष्ट २ निर्णायकले समेत समान १० हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ ।

प्रतियोगितामा सहभागी ७ प्रदेशका उत्कृष्ट र विपन्न डोजाङलाई १ लाख ५० हजार बराबरको खेल सामाग्री नेपाल शाखाले प्रदान गर्ने बताइएको छ ।

December 5, 2025

मिसन २०२६ का गीता र अभिषेकले स्वर्ण पदक जिते

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले‌ सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]

November 28, 2025

एरिका कराते विश्व च्याम्पियनसिपको नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- एसियाली‌ खेलकुदकी रजत पदक विजेता एरिका गुरुङ इजिप्टमा जारी डब्लुकेएफ २७ औं कराते विश्व च्याम्पियनसिपको अन्तिम १६ मा प्रवेश गर्न सफल भएकी छिन्। महिला ६८ केजी माथि तौल समूहको पुल-७ मा रहेकी एरिका समूह उपविजेता बनेर प्रि-क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएकी हुन्। उनले चिल्लीकी गोन्जालेज लाभिनलाई ५-१ को अन्तरमा पराजित गरिन्।‌ त्यसअघिको […]

November 28, 2025

न्युजिल्यान्डमा ४ उसु खेलाडीले जिते स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद )- न्युजिल्यान्डमा भएको ‘उसु हिरोज’ प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण उसु प्रतियोगितामा नेपालले ४ स्वर्ण जितेको छ । विजय सिन्जाली, पासाङ शेर्पा, निमा घर्ती मगर र जुनु स्याङ्बो लामाले स्वर्ण जितेको नेपाल उसु महासंघका उप–महासचिव राजीव महर्जनले जनाएका छन् ।

Success

Thank you for your time.