6 years ago
March 4, 2020
काठमाडौं (हाम्रो खेलकुद) – जापानको टोकियोमा आयोजना हुने टोकियो ओलम्पिक २०२० का लागि नेपाली कराते टोलीको प्रशिक्षण शुरु भएको छ ।

नेपाली टोलीले गत सोमबारबाट सातदोबाटोस्थित अन्तर्र्रािष्ट्रय खेलकुद परिसरमा रहेको कराँते एकेडेमी हलमा प्रशिक्षण थालेका छन् ।प्रशिक्षणमा ओलम्पिक सोलिडारिटी कोर्समा छनोट भएका खेलाडी नवीन रसाइली र अनु अधिकारी छन् । दुवै जना १३औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्णपदक जित्न सफल खेलाडी हुन् । टोलीलाई दक्षिण एसियाली खेलुकद (साग) मा दुई पटकको स्वर्ण विजेता तथा कराते प्रशिक्षक दीपक श्रेष्ठले प्रशिक्षण दिइरहेका छन् ।

प्रशिक्षणमा नवीन र अनुसँँगै १३औं सागमा पदक जित्न सफल कुमुतेका खेलाडीहरु समावेश रहेको प्रशिक्षक श्रेष्ठले जानकारी गराए । नवीनले ६७ केजी तौल समूहमा तथा अनुले ५५ केजीमा प्रतिस्पर्धा गर्नेछिन् ।
यि दुई खेलाडीले फ्रान्समा आगामी मे ८ देखि १० सम्म हुने छनोट खेल खेल्नेछ । उक्त छनोट चरण पार गरे ओलम्पिकमा छनोट हुनेछ । छनोट नभएको अवस्थामा वाइल्ड कार्डको लागि नेपाल ओलम्पिक कमिटिबाट प्रयास भइसकेको छ ।

यि दुई खेलाडीले ओलम्पिक सोलिडारिटी कोर्स अन्तरगत गत जुनदेखि ओलम्पिक सोलिडारिटी छात्रवृत्ति पाइरहेका छन् । प्रशिक्षणको पहिलो दिन रुस कराते महासंघका अध्यक्ष सभरान्स्की भास्सिलीसहित ५ सदस्यीय टोलीको समेत उपस्थिति रहेको थियो । उनीहरु ८ तारिखसम्म नेपालमा रहनेछ ।
November 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियाली खेलकुदकी रजत पदक विजेता एरिका गुरुङ इजिप्टमा जारी डब्लुकेएफ २७ औं कराते विश्व च्याम्पियनसिपको अन्तिम १६ मा प्रवेश गर्न सफल भएकी छिन्। महिला ६८ केजी माथि तौल समूहको पुल-७ मा रहेकी एरिका समूह उपविजेता बनेर प्रि-क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएकी हुन्। उनले चिल्लीकी गोन्जालेज लाभिनलाई ५-१ को अन्तरमा पराजित गरिन्। त्यसअघिको […]
November 28, 2025
काठमाडौं (हाम्रो खेलकुद )- न्युजिल्यान्डमा भएको ‘उसु हिरोज’ प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण उसु प्रतियोगितामा नेपालले ४ स्वर्ण जितेको छ । विजय सिन्जाली, पासाङ शेर्पा, निमा घर्ती मगर र जुनु स्याङ्बो लामाले स्वर्ण जितेको नेपाल उसु महासंघका उप–महासचिव राजीव महर्जनले जनाएका छन् ।
November 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- करातेकी खेलाडी सानुमाया थिङले इजिप्टमा आज सुरु हुने डब्लुकेएफ २७ औं कराते विश्व च्याम्पियनसिपमा एकल कातामा खेलेका सबै ३ प्रतिस्पर्धामा हार बेहोरेकी छिन् । पहिलो खेलमा सानुमाया कोलम्बियाकी खेलाडी मचादो भ्यालेन्टिना जापातासँग हारिन् । सानुमायाले ३६.१ र मचादोले ३८.८ स्कोर गरिन् । अर्को खेलमा सानुमाया आयोजक इजिप्टकी आया हेस्मामसँग ३९.४-३५.६ ले पराजित भइन् […]