10 years ago
August 9, 2015
काठमाडौं, साउन २४ गते । वादोकाइ कराते डो विश्व कपमा सहभागी हुन नेपाली वादोकाइ टोली आइतबार जापानको नागोया प्रस्थान गरेको छ ।

अगष्ट १५ देखि १८ तारिखसम्म हुने विश्व कपमा पुरुषको ६० केजीमुनि निरज महर्जन, ८० केजीमुनि राजेन्द्र ठक्कु मल्ल तथा ७५ केजीमुनि किरण डंगोलले प्रतिस्पर्धा गर्नेछन् । किरण भने हाल जापानमै रहेकाले उनी त्यतैबाट सहभागी हुने छन् ।
टिम व्यवस्थापकमा दीपक लामा तथा प्रशिक्षकमा अल नेपाल वादोकाइ कराते संघका प्रमुख प्रशिक्षक मोहन महर्जन रहेका छन् ।
टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष लामा टेन्डी शेर्पा र सदस्य राजेन्द्र श्रेष्ठ (राजु) लगायतले एक कार्यक्रमबीच बिदाइ गरे । उक्त अवसरमा नेपाल कराते महासंघका अध्यक्ष पुरेन्द्रविक्रम लाखे, महासचिव केदारबाबु सिवाकोटीलगायतको उपस्थिति थियो ।
December 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – रिभेरा इन्टरनेसनल एकेडेमीले पाँचौं एसियन युथ पारा खेलकुदको तेक्वान्दोमा कास्य पदक जितेकी रेनु तामाङलाई बिहीवार १० हजार रुपैयाँ सहित सम्मान गरेको छ । सोही अवसर उनका प्रशिक्षक कविराज नेगी लामा पनि सम्मानित भए । उनीहरुलाई रिभेराको स्पोर्टस् मिटका अवसरमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत राष्ट्रिय टिम तयारीका निर्देशक ओलम्पियन दिपक विष्ट, […]
December 12, 2025
काठमाडौं (हाम्रो खेलकुद) – पारा तेक्वान्दो खेलाडी रेनु तामाङले युथ एसियाली पारा गेम्समा के ४४ को ४७ केजी तौल समूह मुनी कास्य पदक जितेकी छिन् । युएईमा भएको प्रतियोगितामा रेनुले बंगलादेशकी नसरीन अख्तरलाई पहिलो राउन्डमा १५- ३ र दोस्रो राउन्डमा १२-० ले हराउँदै सेमिफाइनलको यात्रा तय गरेकी थिइन्। राष्ट्रिय टिम तयारी अन्तर्गत मिसन २०२६ को […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]