default_image

5 years ago

December 1, 2020

करातेका गुरुचेलीबीच विवाहको तयारी

300 views

0 Bookmark


काठमाडौं (हाम्रो खेलकुद) – १३ औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता करातेकी अनुपमा मगर बैवाहिक बन्धनमा बाधिने भएकी छिन् । अनुपमा र उनकै कराते प्रशिक्षक ध्रुबविक्रम मल्लको बुधबार विवाह हुन लागेको हो ।

लामो प्रेम सम्बन्धपछि परिवार, साथीभाई र शुभेच्छुकहरुको सल्लाहमा विवाह गर्न लागिएको मल्लले बताए । ‘धेरै वर्षसम्म पनि विवाह नगर्ने विचारमा थिए । पछि परिस्थिति त्यस्तै बन्दै गयो,’ ५१ वर्षे मल्लले भने,‘धेरैलाई सफल खेलाडी बनाइस्। सहारा बनिस् अब आफ्नो पनि कोहि सहारा हुनुपर्छ भन्ने सल्लाह मलाई ठीकै लाग्यो । अनि हामी विवाह गर्ने निर्णयमा पुग्यौं ।’

सोमबार मेहन्दी कार्यक्रम भएको जनाउँदै मल्लले कारोनाका कारण सिमित व्यक्तिहरुको उपस्थितिमा हिन्दु परम्परा अनुसार विवाह गर्ने तयारी भएको जानकारी दिए । ३० वर्षे अनुपमा मल्ल अध्यक्ष रहेको बालाजु कराते डो एकेडेमीकी उत्पादन हुन् । सात वर्षदेखि उनी एकेडेमीकै होस्टलमा बस्दै आएकी छिन् ।

अनुपमा र चर्चित अल्ट्रा धाविका मिरा राई तत्कालिन माओवादी जन सेनाको क्यान्टोमेन्टबाट छनोट गरेर मल्लले काठमाडौं ल्याएका थिए । जन सेनाको सातै डिभिजनमा गएर खेलाडी खोज्ने क्रममा सिन्धुली क्याम्पबाट मैले अनुपमा र मिरालाई छनोट गरेको थिए, मल्लले स्मरण गरे,‘ अहिले दुवै आ आफ्नो क्षेत्रमा सफल भएका छन् । खुसी लाग्छ ।’

अनुपमा र मिराले सुरुमा एकेडेमीमा कराते प्रशिक्षण गरेका थिए । अनुपमाले करातेमै निरन्तरता दिइन भने मिरा अल्ट्राको सफल खेलाडी बनिन् । अहिले पनि अनुपमा, मिरा, अल्ट्रा धाविका सुनमाया बुढासहित ११ खेलाडी एकेडेमीमा नै बस्दै आएको मल्लले जानकारी दिए ।

अनुपमाले गत वर्ष नेपालमा भएको १ ३औं सागमा ६८ केजीमुनि इन्डोनेसियामा २०१८ मा भएको एसियाली खेलकुदकी कास्य पदक विजेता पाकिस्तानकी नर्गिसलाई ६–३ ले हराउँदै स्वर्णपदक जितेकी थिइन् ।

मल्ल २०१४ को इन्चोन एसियाड गेम्सका कास्य विजेता विमला तामाङकी समेत प्रशिक्षक हुन् । विमला पनि बालाजु कराते डो एकेडेमीकै उत्पादित खेलाडी हुन् । मल्ल २०६२÷६३ को जन आन्दोलनपछि गठन भएको गणतान्त्रिक खेलकुद महासंघका संस्थापक अध्यक्ष हुन् ।

तत्कालिन माओवादीको भातृ संगठनमा रुपमा रहेको उक्त महासंघले प्रथम राष्ट्रिय खेलकुद प्रतियोगिता समेत आयोजना गरेको थियो । पिएलएल स्पोर्टस क्लबको स्थापनाका लागि महत्वपूर्ण भूमिका खेलेका राष्ट्रिय खेलकुद परिषद् (राखेप) पूर्व कराते प्रशिक्षक अहिले भने राजनीति भन्दा टाढा छन् । उनले भने,‘ म अहिले बालाजु कराते एकेडेमीमा मात्र आबद्ध छु ।’

November 28, 2025

एरिका कराते विश्व च्याम्पियनसिपको नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- एसियाली‌ खेलकुदकी रजत पदक विजेता एरिका गुरुङ इजिप्टमा जारी डब्लुकेएफ २७ औं कराते विश्व च्याम्पियनसिपको अन्तिम १६ मा प्रवेश गर्न सफल भएकी छिन्। महिला ६८ केजी माथि तौल समूहको पुल-७ मा रहेकी एरिका समूह उपविजेता बनेर प्रि-क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएकी हुन्। उनले चिल्लीकी गोन्जालेज लाभिनलाई ५-१ को अन्तरमा पराजित गरिन्।‌ त्यसअघिको […]

November 28, 2025

न्युजिल्यान्डमा ४ उसु खेलाडीले जिते स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद )- न्युजिल्यान्डमा भएको ‘उसु हिरोज’ प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण उसु प्रतियोगितामा नेपालले ४ स्वर्ण जितेको छ । विजय सिन्जाली, पासाङ शेर्पा, निमा घर्ती मगर र जुनु स्याङ्बो लामाले स्वर्ण जितेको नेपाल उसु महासंघका उप–महासचिव राजीव महर्जनले जनाएका छन् ।

November 27, 2025

कराते विश्व च्याम्पियनसिप – सानुमाया सबै खेलमा पराजित

काठमाडौं (हाम्रो खेलकुद)- करातेकी खेलाडी सानुमाया थिङले इजिप्टमा आज सुरु हुने डब्लुकेएफ २७ औं कराते विश्व च्याम्पियनसिपमा एकल कातामा खेलेका सबै ३ प्रतिस्पर्धामा हार बेहोरेकी छिन् । पहिलो खेलमा सानुमाया कोलम्बियाकी खेलाडी मचादो भ्यालेन्टिना जापातासँग हारिन् । सानुमायाले ३६.१ र मचादोले ३८.८ स्कोर गरिन् । अर्को खेलमा सानुमाया आयोजक इजिप्टकी आया हेस्मामसँग ३९.४-३५.६ ले पराजित भइन् […]

Success

Thank you for your time.