default_image

5 years ago

January 12, 2021

डंगोललाई करातेको मुख्य प्रशिक्षकको जिम्मेवारी

178 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– वरिष्ठ कराते प्रशिक्षक हिरा सिंह डंगोलले करातेको मुख्य प्रशिक्षकको जिम्मेवारी पाएका छन् ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य सचिव स्तरीय निर्णय अनुसार सोमबार डंगोललाई करातेको मुख्य प्रशिक्षकको जिम्मेवारी सुम्पिएको हो ।

राखेपका तालिम तथा प्रशिक्षण विभागका प्रमुख अर्जुनबहादुर वि.क.ले मंगलबार डंगोललाई नयाँ जिम्मेवारीको पत्र हस्तान्तरण गरेका हुन् । काठमाडौं जिल्ला खेलकुद विकास समितिमा नायव वरिष्ठ प्रशिक्षकका रुपमा कार्यरत डंगोलले अब तालिम तथा प्रशिक्षक विभागमा रहि कार्य गर्नेछन् ।

डंगोलले पटक पटक राष्ट्रिय कराते टोलीको प्रशिक्षकको जिम्मेवारी निर्वाह गरिसकेको छन् । स्वदेशमा आयोजना भएको आठौं दक्षिण एसियाली खेलकुद (साग) , श्रीलंकामा भएको दसौं सागमा उनी राष्ट्रिय टोलीको प्रशिक्षक थिए ।

त्यस्तै इन्चोन एसियाड (सन् २०१४ ) इन्डोनेसिया एसियाड (२०१८) मा पनि उनी राष्ट्रिय टोलीको प्रशिक्षक थिए । राखेपले केहि दिन अघि अरुणा गुरुङलाई फुटबलको मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको थियो ।

November 28, 2025

एरिका कराते विश्व च्याम्पियनसिपको नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- एसियाली‌ खेलकुदकी रजत पदक विजेता एरिका गुरुङ इजिप्टमा जारी डब्लुकेएफ २७ औं कराते विश्व च्याम्पियनसिपको अन्तिम १६ मा प्रवेश गर्न सफल भएकी छिन्। महिला ६८ केजी माथि तौल समूहको पुल-७ मा रहेकी एरिका समूह उपविजेता बनेर प्रि-क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएकी हुन्। उनले चिल्लीकी गोन्जालेज लाभिनलाई ५-१ को अन्तरमा पराजित गरिन्।‌ त्यसअघिको […]

November 28, 2025

न्युजिल्यान्डमा ४ उसु खेलाडीले जिते स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद )- न्युजिल्यान्डमा भएको ‘उसु हिरोज’ प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण उसु प्रतियोगितामा नेपालले ४ स्वर्ण जितेको छ । विजय सिन्जाली, पासाङ शेर्पा, निमा घर्ती मगर र जुनु स्याङ्बो लामाले स्वर्ण जितेको नेपाल उसु महासंघका उप–महासचिव राजीव महर्जनले जनाएका छन् ।

November 27, 2025

कराते विश्व च्याम्पियनसिप – सानुमाया सबै खेलमा पराजित

काठमाडौं (हाम्रो खेलकुद)- करातेकी खेलाडी सानुमाया थिङले इजिप्टमा आज सुरु हुने डब्लुकेएफ २७ औं कराते विश्व च्याम्पियनसिपमा एकल कातामा खेलेका सबै ३ प्रतिस्पर्धामा हार बेहोरेकी छिन् । पहिलो खेलमा सानुमाया कोलम्बियाकी खेलाडी मचादो भ्यालेन्टिना जापातासँग हारिन् । सानुमायाले ३६.१ र मचादोले ३८.८ स्कोर गरिन् । अर्को खेलमा सानुमाया आयोजक इजिप्टकी आया हेस्मामसँग ३९.४-३५.६ ले पराजित भइन् […]

Success

Thank you for your time.