default_image

4 years ago

December 6, 2019

मण्डेकाजीलाई थ्री स्टार कोषाध्यक्ष श्रेष्ठको पुरस्कार

काठमाडौं (हाम्रो खेलकुद)– १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा करातेका दोहोरो स्वर्ण पदक विजेता मण्डेकाजी श्रेष्ठलाई रुस्लान थ्री स्टार क्लबका कोषाध्यक्ष राम श्रेष्ठ बोसले पुरस्कृत गरेका छन् । देशका दुई स्वर्ण जितेको भन्दै श्रेष्ठले मण्डेकाजीलाई शुक्रबार प्रोत्साहन स्वरुप ५० हजार रुपैयाँबाट पुरस्कृत गरेका हुन् । उनले मण्डे बस्दै आएको होटल पुगेर चेक हस्तान्तरण गरेका […]

57 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा करातेका दोहोरो स्वर्ण पदक विजेता मण्डेकाजी श्रेष्ठलाई रुस्लान थ्री स्टार क्लबका कोषाध्यक्ष राम श्रेष्ठ बोसले पुरस्कृत गरेका छन् ।

देशका दुई स्वर्ण जितेको भन्दै श्रेष्ठले मण्डेकाजीलाई शुक्रबार प्रोत्साहन स्वरुप ५० हजार रुपैयाँबाट पुरस्कृत गरेका हुन् । उनले मण्डे बस्दै आएको होटल पुगेर चेक हस्तान्तरण गरेका हुन् । मण्डले सोमबार एकल र टिम कातामा स्वर्ण पदक जितेका थिए । जारी १३ औं सागमा दोहोरो स्वर्ण पदक जित्ने मण्डे र तेक्वान्दोकी आयशा शाक्य हुन् ।

आठौं सागपछि नेपालले यसपटक तेक्वान्दो र करातेमा ठूलो सफलता हात पारेको हो । करातले १० र तेक्वान्दोले १२ स्वर्ण पदक जितेका छन् ।
आठौं सागमा कराते र तेक्वान्दोले समान १४ स्वर्ण पदक जितेका थियो । नेपालले स्वर्ण पदकमा यसअघिको कीर्तिमानलाई तोडेको छ । सन् १९९९ मा भएको आठौंमा ३१ स्वर्ण जितेको नेपालले १३ औं सागमा बिहीबारसम्म ३६ स्वर्ण पदक जित्दै आएका छन् ।

Success

Thank you for your time.