default_image

4 years ago

December 14, 2019

दोहोरो स्वर्णधारी मन्डेकाजी सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – १३औं दक्षिण एसियाली खेलकुद (साग) मा दोहोरो स्वर्ण जित्न सफल करातेका मन्डेकाजी श्रेष्ठ शनिबार नगदसहित सम्मानित भएका छन् । मध्यपुर थिमी नगरपालिकाले सागमा दोहोरो स्वर्ण जित्न सफल मन्डेकाजी श्रेष्ठलाई शनिबार ५ लाख ५५ हजार ५ सय ५५ रुपैया नगदले सम्मानित गरेका हुन् । उनलाई मध्यपुर थिमिमा मेयर मदन सुन्दर श्रेष्ठले मन्डेकाजीलाई […]

47 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – १३औं दक्षिण एसियाली खेलकुद (साग) मा दोहोरो स्वर्ण जित्न सफल करातेका मन्डेकाजी श्रेष्ठ शनिबार नगदसहित सम्मानित भएका छन् ।

मध्यपुर थिमी नगरपालिकाले सागमा दोहोरो स्वर्ण जित्न सफल मन्डेकाजी श्रेष्ठलाई शनिबार ५ लाख ५५ हजार ५ सय ५५ रुपैया नगदले सम्मानित गरेका हुन् । उनलाई मध्यपुर थिमिमा मेयर मदन सुन्दर श्रेष्ठले मन्डेकाजीलाई चेक हस्तान्तरण गरे । त्यसअघि उनलाई मध्यपुर थिमि नगरपरिक्रमा गराइएको थियो ।

यस्तै मन्डेका प्रशिक्षक गंगाराम महर्जन र बाल्यकालका प्रशिक्षक सजन श्रेष्ठलाई पनि सोही कार्यक्रममा सम्मान गरिएको छ । मन्डेले सागमा पुरुष एकल काता र पुरुष टिम कातामा स्वर्ण जित्न सफल भएको थियो । कातामा नेपालले २० वर्षपछि स्वर्ण जित्न सफल भएको हो । २० वर्षअघि नेपालमै भएको आठौं सागमा मन्डेकै हालका गुरु गंगाराम महर्जनले स्वर्ण जितेयता नेपालले कातामा स्वर्ण जित्न सकेको थिएन ।

Success

Thank you for your time.