default_image

4 years ago

December 27, 2019

सागमा पदक जित्ने बागलुङका खेलाडी सम्मानित

अर्जुन कार्की, बागलुङ गत महिना स्वदेशमा सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता बागलुङका खेलाडीलाई गृह जिल्लामा शुक्रबार सम्मान गरिएको छ । बागलुङ उद्योग बाणिज्य संघको आयोजना सुरु भएको छैटौं बागलुङ महोत्सवमा १३ औं सागमा कराते तर्फबाट स्वर्ण र कास्य पदक जित्ने २ जना खेलाडीलाई सम्मान गरिएको हो । करातेमा स्वर्ण पदक […]

44 views

0 Bookmark

अर्जुन कार्की, बागलुङ
गत महिना स्वदेशमा सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता बागलुङका खेलाडीलाई गृह जिल्लामा शुक्रबार सम्मान गरिएको छ । बागलुङ उद्योग बाणिज्य संघको आयोजना सुरु भएको छैटौं बागलुङ महोत्सवमा १३ औं सागमा कराते तर्फबाट स्वर्ण र कास्य पदक जित्ने २ जना खेलाडीलाई सम्मान गरिएको हो ।

करातेमा स्वर्ण पदक जित्ने नविन रसाईली र कास्य पदक जित्ने उनका दाजु राजकुमार रसाईलीलाई सम्मान गरेको हो । नविनले ६७ केजीमा पकिस्तानका खेलाडीलाई फाइनलमा ८–६ ले पराजित गर्दै स्वर्ण पदक जितेका थिए । राजकुमार सम्मिलित टिम कुमुते तर्फ सेमिफाइनलमा पाकिस्तानी टोलीसँग ३–० ले पराजित भएका थिए । उनको टिममा मुकुन्द महर्जन र अर्जुन कुमार बाघचन्द रहेका थिए ।

सागमा बागलुङका साफिया पुनले महिला भलिबलमा रजत र करण केसीले क्रिकेटमा कास्य पदक जितेका थिए । करण र साफियालाई अर्को कार्यक्रमाम सम्मान गरिने उद्योग बाणिज्य संघ बागलुङका महासचिव नरेश कंडेलले जानकारी दिए ।

Success

Thank you for your time.