default_image

4 years ago

December 28, 2019

सागका दोहोरो स्वर्ण पदक विजेता मन्डे सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)-शुभश्री बचत तथा ऋण सहकारी संस्था लिमिटेडले हालै सम्पन्न १३औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत करातेतर्फ दोहोरो स्वर्णपदक विजेता मन्डेकाजी श्रेष्ठलाई सम्मानित गरको छ । मन्डेलाई भक्तपुर क्षेत्र नम्बर २ प्रदेश ३ का सभासद राजेन्द्र मान श्रेष्ठले १५ हजार रुपैयाँ र सम्मानपत्रले सम्मानित गरे । संस्थाका उपाध्यक्ष श्यामसुन्दर कायस्थले खेल क्षेत्रमा विशेष प्राथमिकता […]

36 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)-शुभश्री बचत तथा ऋण सहकारी संस्था लिमिटेडले हालै सम्पन्न १३औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत करातेतर्फ दोहोरो स्वर्णपदक विजेता मन्डेकाजी श्रेष्ठलाई सम्मानित गरको छ ।


मन्डेलाई भक्तपुर क्षेत्र नम्बर २ प्रदेश ३ का सभासद राजेन्द्र मान श्रेष्ठले १५ हजार रुपैयाँ र सम्मानपत्रले सम्मानित गरे । संस्थाका उपाध्यक्ष श्यामसुन्दर कायस्थले खेल क्षेत्रमा विशेष प्राथमिकता दिदै सहकारी लाई अगाडि बढाउदै जाने बताए ।

मण्डेले गत महिना काठमाडौंमा सम्पन्न सागमा एकल र टिम कातामा स्वर्ण पदक जितेका थिए । नेपालले करातेमा मात्र १० स्वर्ण, ४ रजत र ५ कास्य पदक जितेको थियो । साग इतिहासमै सबैभन्दा सफल प्रदर्शन गरेको नेपालले ५१ स्वर्ण, ६० रतज र ९५ कास्य गरि कुल २ सय ६ पदकसहित पदक तालिकामा दोस्रो स्थान प्राप्त गरेको थियो ।

Success

Thank you for your time.