default_image

4 years ago

July 13, 2020

दोहोरो स्वर्णधारी मण्डेलाई नगरपालिकाको दराज उपहार

60 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – १३ औं दक्षिण एसियाली खेलकुदमा करातेको कातातर्फ दोहोरो स्वर्ण जितेका मण्डेकाजी श्रेष्ठलाई मध्यपुर थिमी नगरपालिकाले दराज उपहार दिएको छ ।

मध्यपुर थिमी वडा नम्बर ४ निवासी मण्डेकाजीले खेलकुदमार्फत नगरपालिकाको नाम देशभर चिनाएको र नगरपालिकाको पहिचान बनेको भन्दै सजावटसहित दराज उपहार दिइएको हो । सोमबार एक कार्यक्रमबीच उनको निवासमा नै दराज औपचारिक रुपमा हस्तान्तरण गरिएको थियो । झन्डै ३ लाख रुपैयाँ खर्च गरेर मण्डेले जितेको पदक राख्नका लागि दराज प्रदान गरिएको हो ।

यसअघि नगरपालिकाले दोहोरो स्वर्ण जितेका मण्डेकाजीलाई ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ नगदसहित सम्मान पनि गरेको थियो । दोहोरो स्वर्ण जितेका मण्डेले नेपाल सरकारबाट २२ लाख रुपैयाँ प्राप्त गरेका थिए । यसैगरी प्रदेश सरकार र नेपाल प्रहरी क्लबले पनि उनलाई सम्मान गरेका थिए ।

मण्डेकाजीले सम्मानका लागि नगरपालिकालाई धन्यवाद दिँदै यस्तो कदमले आफूमात्र नभएर अन्य खेलाडीलाई अझै राम्रो प्रदर्शन गर्न प्रोत्साहन मिल्ने बताए ।

थिमीका मेयर मदनसुन्दर श्रेष्ठले कार्यक्रममा दराजको साँचो हस्तान्तरण गरेका थिए । कार्यक्रममा वडा नम्बर ४ का अध्यक्ष कुमार श्रेष्ठ, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ, सागका कराते प्रशिक्षक गंगाराम महर्जन, मण्डेकै पहिलो कराते प्रशिक्षक राजन श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

Success

Thank you for your time.