default_image

4 years ago

August 11, 2020

ओलम्पिक तयारीमा रहेको कराते प्रशिक्षण स्थगित

काठमाडौं (हाम्रो खेलकुद) – जापानको टोकियोमा अर्को वर्ष आयोजना हुने ओलम्पिकको तयारीमा रहेको नेपाली करातेको टोलीको प्रशिक्षण स्थगित भएको छ । करातेका प्रशिक्षक दीपक श्रेष्ठले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै एक साताको लागि प्रशिक्षण स्थगित गरिएको जानकारी गराएका छन् । संसारभर फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को कारण काठमाडौं पनि पछिल्लो समय भयाभह हुदे संक्रमितको संख्या […]

50 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – जापानको टोकियोमा अर्को वर्ष आयोजना हुने ओलम्पिकको तयारीमा रहेको नेपाली करातेको टोलीको प्रशिक्षण स्थगित भएको छ ।

करातेका प्रशिक्षक दीपक श्रेष्ठले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै एक साताको लागि प्रशिक्षण स्थगित गरिएको जानकारी गराएका छन् । संसारभर फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को कारण काठमाडौं पनि पछिल्लो समय भयाभह हुदे संक्रमितको संख्या वृद्धि हुर्दै गइरहेको सन्दर्भमा खेल क्षेत्रमा पनि कोरोना संक्रमण देखिएका कारण तत्काललाई प्रशिक्षण रोकिएको विज्ञप्तिमा उल्लेख छ ।

केही समय खेलक्षेत्र मात्र नभई सबै नागरिक सचेत रहनुपर्ने अवस्थाले गर्दा र नेपाल सरकारको निर्देशनलाई समेत पालना गर्दै सातदोबाटो कराते एकेडेमीमा प्रशिक्षणरत टोकियो ओलम्पिक तयारीमा रहेका कराते खेलाडीहरुको प्रशिक्षण बन्द गरिएको विज्ञप्तिमा उल्लेख छ ।

खेलाडीहरु नेपाल सरकारले घोषणा गरेको चैत्र ११ को लकडाउन भन्दा अघिदेखि प्रशिक्षणमा थिए । त्यसपछि असार ७ बाट सम्बन्धित सबैलाई जानकारी र मौखिक स्वीकृति लिई प्रशिक्षण सुरु भएको थियो । प्रशिक्षणमा १३औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्णधारी अनु अधिकारी र नवीन रसाइलीसहित अन्य खेलाडीहरु सामेल थिए ।

टोकियो ओलम्पिक अर्काे वर्ष २३ जुलाईदेखि ८ अगस्टसम्म हुने तालिका छ ।

Success

Thank you for your time.