चन्द्रगढी (हाम्रो खेलकुद)– सातौँ राष्ट्रिय खेलकुद अन्तर्गत बक्सिङको समापनको अवसरमा नेपालका पूर्व राष्ट्रिय बक्सरलाई सम्मान गरिएको छ । नेपालमा बक्सिङको विकास र विस्तारमा लामो समय खर्चिएका बक्सरलाई नेपाल बक्सिङ संघले सम्मान गरेको हो ।
बक्सिङ संघले १६ पूर्व बक्सरलाई सम्मान गरेको छ । सम्मानित हुने बक्सरमा मथुरादास नेवा,सुरेसशिंह आलेमगर,नैन कुमार थापामगर र मञ्जु जंग थापा,प्रविन तुलाधर,डम्बर दत्त भटृ,विष्णु बहादुर पुन,नरेन्द्र पुमा,अनुप लामा,प्रचण्ड शर्मा,विद्या मरासैनी,दिपक महर्जन,प्रकास थापा मगर,रामचन्द्र थापा मगर,डम्बर बहादुर लिम्बु र दिपक राईलाई सम्मान गरिएको छ । उनिहरुलाई युवा तथा खेलकुद मन्त्रालयका सहसचिव चुडामणि पौडेल र बक्सिङ संघका अध्यक्ष राम अवाले लगायतले सम्मानपत्र र दोसल्ला ओडाएर सम्मान गरे ।