default_image

7 years ago

January 8, 2017

सेनाद्वारा पदक विजेता खेलाडी पुरस्कृत

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली सेनाले हालै सातौं राष्ट्रिय खेलकुदमा पदक जित्ने खेलाडी र प्रशिक्षकलाई आइतबार पुरस्कृत गरेको छ । व्यक्तिगत तथा टिम विधामा पदक जित्ने खेलाडीलाई प्रधान सेनापति राजेन्द्र क्षत्रीले पुरस्कृत गरेका थिए । १ सय १३ स्वर्ण पदक सहित आर्मीले सातौं राष्ट्रिय खेलकुदको पदक तालिकामा शीर्षस्थान प्राप्त गरेको थियो । सातौं राष्ट्रिय खेलकुदअन्तर्गत नै […]

59 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली सेनाले हालै सातौं राष्ट्रिय खेलकुदमा पदक जित्ने खेलाडी र प्रशिक्षकलाई आइतबार पुरस्कृत गरेको छ । व्यक्तिगत तथा टिम विधामा पदक जित्ने खेलाडीलाई प्रधान सेनापति राजेन्द्र क्षत्रीले पुरस्कृत गरेका थिए ।

army
१ सय १३ स्वर्ण पदक सहित आर्मीले सातौं राष्ट्रिय खेलकुदको पदक तालिकामा शीर्षस्थान प्राप्त गरेको थियो । सातौं राष्ट्रिय खेलकुदअन्तर्गत नै गत बर्ष आर्मीले २५ स्वर्ण पदक पौडीमा र ट्राइथोलनमा ४ स्वर्ण पदक जितेको थियो । सेनाका अनुसार टोलीले कुल १ सय ४२ स्वर्ण, ५९ रजत र ४२ कास्य पदक गरि २ सय ४३ पदक जितेको थियो । सातौंमा सेनाका ५ सय ११ खेलाडी तथा व्यवस्थापकिय टोलीमा ७५ जना सहभागी थिए ।
राष्ट्रिय स्तरको प्रतियोगितामा पहिलो पटक ऐतिहासिक विजय हासिल गर्न सफल भएकोमा नेपाली सेना गर्व महसुस गरेको उल्लेख गरेको छ ।

सातौं राष्ट्रिय खेलकुद

सबै सातौं राष्ट्रिय खेलकुद समाचार

July 6, 2019

चौथो र आठौं राष्ट्रिय खेलकुदका स्थानिय नायक सम्मानित

नेपालगन्ज ( हाम्रो खेलकुद)– पुरस्कार र सम्मानले थप सामाजिक काम गर्न प्रेरित गर्छ, उर्जा दिन्छ, जिम्मेवारबोध पनि गराउँछ । उमेरले ७२ वर्षमा दौडिरहेका नेपालगन्ज निवासी रतन टण्डनलाई जिम्मेवारीको भारीले थिच्ने डरले हो या सन्तुष्टी बोधका कारण हो, शनिवार जुमा स्पोर्ट्स क्लबको सम्मान थापिरहँदा उनले मन सम्हाल्न सकेनन् । एक पटक हैन, लिखित मन्तव्यका हरेक वाक्यांशमा […]

October 1, 2018

आठौं राष्ट्रिय खेलकुदको मिति सर्‍यो

काठमाडौं (हाम्रो खेलकुद) – आगामी मंसिरका लागि तय भएको आठौं राष्ट्रिय खेलकुदको मिति सर्ने भएको छ । प्रतियोगिताको नयाँ मिति घोषणाका लागि अहिले राष्ट्रिय खेलकुद परिषदको बोर्ड बैठक नुवाकोटमा बसिरहेको छ । मध्यपश्चिममा मंसिर २१ देखि २९ गतेसम्म आठौं राष्ट्रिय खेलकुद गर्ने भनिए पनि आवश्यक भौतिक पूर्वाधारको निर्माण नसकिएकाले मिति सार्नु परेको राखेपका प्रेस सल्लाहकार […]

April 11, 2018

आठौं राष्ट्रिय खेलकुद मंसिर २१ देखि

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले प्रदेश नं ५ (साविक मध्यपश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समिति) मा अर्को वर्ष आयोजना हुने भनिएको आठौं राष्ट्रिय खेलकुदको मिति तय गरेको छ । नव नियुक्त युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) को अध्यक्षतामा सातदोबाटोमा बुधबार बसेको बोर्डको १ सय नवौं बैठकले आठौं राष्ट्रिय खेलकुद २०७५ मंसिर […]

Success

Thank you for your time.