7 years ago
April 11, 2019
काठमाडौं (हाम्रो खेलकुद) – आठौं राष्ट्रिय खेलकुद अन्तर्गत प्रदेश नं. ७ कुस्तीमा तीन स्वर्ण हात पार्न सफल भएको छ ।

प्रदेश ७ का मनिषा सिंहले ५० केजी तौल समूहमा स्वर्ण हात पारिन । यस समूहमा सेनाकी लक्ष्मी तामाङले रजत र प्रदेश ५ की सविता श्रेष्ठले कास्य जितिन् । यस्तै ५३ केजीमा प्रदेश ७ की सिमाङ्खी दुवेले स्वर्ण, सेनाकी कोपिला थापा मगरले रजत र प्रदेश १ की राधा कुमारी खत्वेले कास्य पाए ।
५५ केजी तौलमा प्रदेश ७ की संगीता धामीले स्वर्ण हात पार्दा प्रदेश ५ की सपना श्रेष्ठले रजत र प्रदेश १ की अमृता लिम्बुले कास्य पाईन् । यस्तै ५७ केजी र ५९ केजीमा सेनाले स्वर्ण हात पार्यो । ५७ केजीमा सेनाकी कल्पना विकले स्वर्ण तथा दोश्रो स्थानमा ७ नं प्रदेशकी अम्बिका भण्डारी र तेश्रो स्थानमा प्रदेश ५ की श्रृजना चन्द रहिन् ।
यसैगरि ५९ केजीमा सेनाकी कविता पुनले स्वर्ण हात पार्दा प्रदेश ७ की कमल खत्रीले रजत र प्रदेश १ की लक्ष्मी उराले कास्य पाईन् । २० स्वर्णका लागि भएको प्रतियोगिताको बाँकी खेलका फाइनल भोली बिहान हुने कार्यक्रम रहेको छ ।
November 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दसौं राष्ट्रिय खेलकुद यसै वर्षको फागुन पहिलो साता हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताको अध्यक्षतामा बुधवार बसेको १ सय २३ औं बोर्ड बैठकले कर्णाली प्रदेशमा हुने दसौं राष्ट्रिय खेलकुद फागुन १ देखि ७ गतेसम्म निर्णय गरेको हो । बैठकले नेपाललाई पहिलो अन्तर्राष्ट्रिय […]
August 10, 2025
दिपक बोहोरा , पाँचथर युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो संस्करणका बारेमा छानबिन गर्ने मन्त्रालयले अर्को समिति गठन गर्ने बताएका छन्। एनपिएलको दोस्रो संस्करणका लागि मिनि अक्सन भएको भोलि पल्ट आइतवार पाँचथरमा भएको पत्रकार सम्मेलनमा मन्त्री चौधरीले यस्तो बताएका हुन्। पाल क्रिकेट संघ (क्यान) को आयोजनामा गत वर्ष भएको […]
May 3, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सरकारले २०८२/८३ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दा नेपाली खेलकुदले परम्परागत शैलीले निरन्तरता पाएको छ । गत वर्षको तुलनामा यो पटक खेलकुदको नीति तथा कार्यक्रम कम रहेको छ। नेपाली खेलकुदकै चासोको विषय बनेको दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको बारेमा यो पटक नीति तथा कार्यक्रममा उल्लेख गरिएको छैन । गत वर्षको नीति तथा कार्यक्रममा […]