default_image

7 years ago

April 14, 2019

हक्की : पुलिस समूह विजेता

175 views

0 Bookmark

नेपालगन्ज (हाम्रो खेलकुद) – आठौं राष्ट्रिय खेलकुदअन्तर्गत १८ औं राष्ट्रिय हक्कीको पुरुषमा नेपाल पुलिस क्लब समूह ‘ए’ को विजेता हुँदै आइतबार सेमिफाइनलमा प्रवेश गरेका छ ।

हक्कीमा पहिलो पटक सहभागी पुलिसले डिफेन्डिङ च्याम्पियन नेपाल आर्मीलाई २–१ गोलले पराजित गर्यो । विजेताका मनोज चौधरी र सागर आचार्यले गोल गरे । आर्मीका दीपेन्द्र ऐरले १ गोल फर्काए ।

समूह ‘बी’ बाट प्रदेश ७ उपविजेताका हैसियतले सेमिफाइनलमा पुगेको छ । प्रदेश ७ ले प्रदेश १ लाई ३–१ गोलले हरायो । विजयी टिमका लागि दीपकराज जोशीले २ तथा सुमितकुमार कामीले १ गोल गरे । प्रदेश १ का मनीष मगरले १ गोल फर्काए । गण्डकी प्रदेशले प्रदेश ३ लाई २–० ले हराउदा प्रेम विक र प्रदीप नेपालीले १–१ गोल योगदान गरे । यो समूहबाट प्रदेश ५ विजेतका रुपमा सेमिफाइनलमा पुगिसकेको छ ।

महिलातर्फ सुदुरपश्चिम प्रदेश सेमिफाईनलमा प्रवेश गरेको छ । आईतवार भएको लिग खेलमा मिलिमा पाण्डे र तनु गुरुङको ह्याट्रिक गोलको मद्दतमा सुदुरपश्चिम प्रदेशले प्रदेश ३ माथी १०–० गोलको सहज जित निकाले पछि समूह ए बाट सुदुरपश्चिम र आर्मी सेमिफाईनलमा प्रवेश गरेका छन् । मिलिमाले १७औं,३४औं,३६औं र ५८औं मिनेटमा ४ गोल गरिन भने तनु गुरुङले २१औं,३१औं र ४५औं मिनेटमा गोल गदै ह्याट्रिक पुरा गरेकी थिईन् । दमरा भट्टले १२औ मिनेटमा गोल गदै टिमलाई अग्रता दिलाएकी थिईन् भने ३४ औं मिनेटमा दोश्रो गोल गरेकी थिईन् । खेलको ५५औं मिनेटमा सुनिता नेगीले पनि एक गोल थपेकी थिईन् ।

समूह ए मा रहेको प्रदेश ३ लिग चरणका दुवै खेलमा पराजित भएको पछि प्रतियोगिताबाट बाहिरिएको छ । सोमवार हुने सुदुरपश्चिम र आर्मीबीचको खेलबाट समूह बिजेताको छिनोफानो हुने छ । खजुराको सुक्रमावि मैदानमा भएको समूह बीको लिग खेलमा गण्डकी प्रदेशले बिजयी शुरुवात गरेको छ ।

मिना परियारको २ गोलको सहयोगले गण्डकीले प्रदेश १ लाई ४–० गोलले हरायो । गण्डकीका लागि मिनाले २९औं र ४३ औं मिनेटमा गोल गर्दा देविका बिक ४०औं मिनेट र कमला रानाले ४५औं मिनेटमा एक–एक गोलको योगदान दिए । सोमवार प्रदेश २ र गण्डकी प्रदेश तथा आर्मी र सुदूरपश्चिमबीच अन्तिम लिग खेल हुने छ ।

November 5, 2025

दसौं राष्ट्रिय खेलकुद फागुन १ देखि

काठमाडौं (हाम्रो खेलकुद)- दसौं राष्ट्रिय खेलकुद यसै वर्षको फागुन पहिलो साता हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताको अध्यक्षतामा बुधवार बसेको १ सय २३ औं बोर्ड बैठकले कर्णाली प्रदेशमा हुने दसौं राष्ट्रिय खेलकुद फागुन १ देखि ७ गतेसम्म निर्णय गरेको हो । बैठकले नेपाललाई पहिलो अन्तर्राष्ट्रिय […]

August 10, 2025

‘एनपिएलको विषयमा छानबिन गर्ने नयाँ समिति बनाउँछौं ‘- मन्त्री चौधरी

दिपक बोहोरा , पाँचथर युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो संस्करणका बारेमा छानबिन गर्ने मन्त्रालयले अर्को समिति गठन गर्ने बताएका छन्। एनपिएलको दोस्रो संस्करणका लागि मिनि अक्सन भएको भोलि पल्ट आइतवार पाँचथरमा भएको पत्रकार सम्मेलनमा मन्त्री चौधरीले यस्तो बताएका हुन्। पाल क्रिकेट संघ (क्यान) को आयोजनामा गत वर्ष भएको […]

May 3, 2025

खेलकुदको लागि नीति तथा कार्यक्रम निराशाजनक

काठमाडौं (हाम्रो खेलकुद)- सरकारले २०८२/८३ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दा नेपाली खेलकुदले परम्परागत शैलीले निरन्तरता पाएको छ । गत वर्षको तुलनामा यो पटक खेलकुदको नीति तथा कार्यक्रम कम रहेको छ। नेपाली खेलकुदकै चासोको विषय बनेको दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको बारेमा यो पटक नीति तथा कार्यक्रममा उल्लेख गरिएको छैन । गत वर्षको नीति तथा कार्यक्रममा […]

Success

Thank you for your time.