default_image

7 years ago

April 14, 2019

बुद्धिचालः पुलिसका पुरुषोत्तमलाई स्पष्ट अग्रता

180 views

0 Bookmark

नेपालगन्ज (हाम्रो खेलकुद) – आठौं राष्ट्रिय खेलकुदअन्तर्गत राष्ट्रिय बुद्धिचालको खुलामा चार चरणको खेल समाप्तिसम्म पुलिसका पुरुषोत्तम चौलागाईंले ४ अंक जोड्दै एकल अग्रता कायम गरेका छन् ।

बर्दियाको ठाकुरद्वारामा भइरहेको प्रतियोगिताको खुलामै एपीएफका क्षितिज भण्डारी ३.५ अंकसाथ दोश्रो स्थानमा छन् । त्यस्तै समान ३ अंकसाथ पुलिसका मदनकृष्ष कायश्थसहित ९ जना तेश्रो स्थानमा छन् ।

महिलातर्फ समान ४–४ अंकमा आर्मीका सुजना लोहनी र सिन्दिरा जोशी शीर्ष स्थानमा छन् । आर्मीकी मोनालिसा खुम्बु तथा प्रदेश १ का कृपा अधिकारी र शान्ति धिमालसहित ८ खेलाडी समान ३ अंकसाथ दोश्रो स्थानमा रहेका छन् । महिलामा पनि चार चरणको खेल सकिएको छ ।

November 5, 2025

दसौं राष्ट्रिय खेलकुद फागुन १ देखि

काठमाडौं (हाम्रो खेलकुद)- दसौं राष्ट्रिय खेलकुद यसै वर्षको फागुन पहिलो साता हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताको अध्यक्षतामा बुधवार बसेको १ सय २३ औं बोर्ड बैठकले कर्णाली प्रदेशमा हुने दसौं राष्ट्रिय खेलकुद फागुन १ देखि ७ गतेसम्म निर्णय गरेको हो । बैठकले नेपाललाई पहिलो अन्तर्राष्ट्रिय […]

August 10, 2025

‘एनपिएलको विषयमा छानबिन गर्ने नयाँ समिति बनाउँछौं ‘- मन्त्री चौधरी

दिपक बोहोरा , पाँचथर युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो संस्करणका बारेमा छानबिन गर्ने मन्त्रालयले अर्को समिति गठन गर्ने बताएका छन्। एनपिएलको दोस्रो संस्करणका लागि मिनि अक्सन भएको भोलि पल्ट आइतवार पाँचथरमा भएको पत्रकार सम्मेलनमा मन्त्री चौधरीले यस्तो बताएका हुन्। पाल क्रिकेट संघ (क्यान) को आयोजनामा गत वर्ष भएको […]

May 3, 2025

खेलकुदको लागि नीति तथा कार्यक्रम निराशाजनक

काठमाडौं (हाम्रो खेलकुद)- सरकारले २०८२/८३ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दा नेपाली खेलकुदले परम्परागत शैलीले निरन्तरता पाएको छ । गत वर्षको तुलनामा यो पटक खेलकुदको नीति तथा कार्यक्रम कम रहेको छ। नेपाली खेलकुदकै चासोको विषय बनेको दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको बारेमा यो पटक नीति तथा कार्यक्रममा उल्लेख गरिएको छैन । गत वर्षको नीति तथा कार्यक्रममा […]

Success

Thank you for your time.