default_image

7 years ago

April 15, 2019

ओलम्पिक टर्च लुम्बिनी पुग्यो

257 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – आठौं राष्ट्रिय खेलकुदको अोलम्पिक टर्च र्याली लुम्बिनी पुगेको छ ।

चैत २९ गते विराटनगरबाट सुरु भएको र्याली धनुषा, हेटौंडा हुँदै लुम्बिनी पुगेको हो । अोलम्पियन जितबहादुर केसी लगायतले लुम्बिनीको शान्तिदिपमा दिप प्रज्वलन गरेका थिए । र्याली आज सुर्खेत प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।

नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) को व्यवस्थापनमा जारी र्याली प्रदेश१ को विराटनगर हुँदै देशव्यापी र्याली वैशाख ५ गते नेपालगंज रंगशालामा उद्घाटन दीप प्रज्वलन (ओलम्पिक टर्च) गरेपछि समापन हुनेछ । कार्यक्रममा १४ ओलम्पियनले सक्रिय सहभागिता जनाउने छन् ।

सबै प्रदेशका प्रतिनिधि ओलम्पियनले र्यालीमा सहभागिता जनाउनेछन् । उद्घाटन समारोहमा दिप प्रज्वलनको कार्यक्रम ओलम्पियन सुरेन्द्र हमालको हातबाट गर्न एनएनआईपीएले आयोजक समितिलाई सिफारिस गरेको छ । भारोत्तोलनका राष्ट्रिय पूर्व खेलाडी तथा पूर्व प्रशिक्षक हमाल नेपालगंजका हुन् । उनले सन् १९८४ को लास एन्जेल्स ओलम्पिकमा नेपालको प्रतिनिधित्व गरेका थिए । कार्यक्रमको सम्पूर्ण खर्च राष्ट्रिय खेलकुद परिषद (राखेप) ले बेहोर्नेछ ।

र्याली तालिका :
चैत २८ गते काठमाडौं बाट विराटनगर
चैत २९ गते प्रदेश नं १ विराटनगरमा विहान ८ बजे कार्यक्रम
चैत २९ गते प्रदेश नं २ धनुषा दिउसो १:३० बजे कार्यक्रम
चैत ३० गते प्रदेश नं ३ हेटौंडा मा विहान ८ बजे कार्यक्रम
चैत ३० गते प्रदेश नं ३ चितवन बाटोमा (बजारमा दौडने)
चैत ३० गते बेलुकी पोखरा पुग्ने
वैशाख १ गते प्रदेश न ४ पोखरामा विहान ८ बजे कार्यक्रम
वैशाख १ गते लुम्बिनी पुग्ने
वैशाख २ गते विहान लुम्बिनीमा दिप प्रज्वल गर्ने
वैशाख २ गते प्रदेश नं ५ ११ वजे कार्यक्रम
वैशाख २ गते बेलुकी मम्म कोहलपुर अथवा सुर्खेत पुगेर बस्ने भोलि पल्ट
वैशाख ३ गते विहान ९ बजे सुर्खेतमा प्रदेश ६ को कार्यक्रम
वैशाख ३ गत धनगढ़ी आउने
वैशाख ४ गते प्रदेश नं ७ धनगढी कैलालीमा ८ वजे कार्यक्रम
वैशाख ४ गते नेपालगंज आईपुग्ने
वैशाख ५ गते नगरपरिक्रमासहित नेपालगंज रंगशालामा दिप प्रज्वलन
वैशाख ६ गते विहान नेपालगंज बाट काठमाण्डौ आउने ।

र्यालीमा सहभागी हुने ओलम्पियनहरु:
जितबहादुर केसी
हरिबहादुर रोकाया
सुरेन्द्र हमाल
पुष्पराज ओझा
डम्बर कुँवर
दीपक विष्ट
विष्णुबहादुर सिंह
डम्बर दत्त भट्ट
संगिना वैध
विमला रानामगर
पार्वती थापा
मेनुका रावत
अनिता श्रेष्ठ
कमलबहादुर अधिकारी

November 5, 2025

दसौं राष्ट्रिय खेलकुद फागुन १ देखि

काठमाडौं (हाम्रो खेलकुद)- दसौं राष्ट्रिय खेलकुद यसै वर्षको फागुन पहिलो साता हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताको अध्यक्षतामा बुधवार बसेको १ सय २३ औं बोर्ड बैठकले कर्णाली प्रदेशमा हुने दसौं राष्ट्रिय खेलकुद फागुन १ देखि ७ गतेसम्म निर्णय गरेको हो । बैठकले नेपाललाई पहिलो अन्तर्राष्ट्रिय […]

August 10, 2025

‘एनपिएलको विषयमा छानबिन गर्ने नयाँ समिति बनाउँछौं ‘- मन्त्री चौधरी

दिपक बोहोरा , पाँचथर युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो संस्करणका बारेमा छानबिन गर्ने मन्त्रालयले अर्को समिति गठन गर्ने बताएका छन्। एनपिएलको दोस्रो संस्करणका लागि मिनि अक्सन भएको भोलि पल्ट आइतवार पाँचथरमा भएको पत्रकार सम्मेलनमा मन्त्री चौधरीले यस्तो बताएका हुन्। पाल क्रिकेट संघ (क्यान) को आयोजनामा गत वर्ष भएको […]

May 3, 2025

खेलकुदको लागि नीति तथा कार्यक्रम निराशाजनक

काठमाडौं (हाम्रो खेलकुद)- सरकारले २०८२/८३ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दा नेपाली खेलकुदले परम्परागत शैलीले निरन्तरता पाएको छ । गत वर्षको तुलनामा यो पटक खेलकुदको नीति तथा कार्यक्रम कम रहेको छ। नेपाली खेलकुदकै चासोको विषय बनेको दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको बारेमा यो पटक नीति तथा कार्यक्रममा उल्लेख गरिएको छैन । गत वर्षको नीति तथा कार्यक्रममा […]

Success

Thank you for your time.