default_image

2 years ago

November 24, 2021

क्यान अध्यक्ष विजयी, एन्फा अध्यक्ष पराजित

काठमाडौं (हाम्रो खेलकुद)– देशका ठूला राजनीतिक दल अहिले महाधिवेशनको चटारोमा छन् । यस्तोमा खेलकुद क्षेत्रका संघका कतिपय पदाधिकारी पनि महाधिवेशनको प्रक्रियामा होमिएका छन् । देशकै दुई ठूला खेल संस्था अखिल नेपाल फुटबल संघ (एन्फा) र नेपाल क्रिकेट संघ (क्यान) का मुख्य नेतृत्व पनि पार्टीको निर्वाचन प्रक्रियामा सहभागी भएका छन् । क्यानका अध्यक्ष चतुरबहादुर चन्द कांग्रेसको […]

94 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– देशका ठूला राजनीतिक दल अहिले महाधिवेशनको चटारोमा छन् । यस्तोमा खेलकुद क्षेत्रका संघका कतिपय पदाधिकारी पनि महाधिवेशनको प्रक्रियामा होमिएका छन् । देशकै दुई ठूला खेल संस्था अखिल नेपाल फुटबल संघ (एन्फा) र नेपाल क्रिकेट संघ (क्यान) का मुख्य नेतृत्व पनि पार्टीको निर्वाचन प्रक्रियामा सहभागी भएका छन् ।

क्यानका अध्यक्ष चतुरबहादुर चन्द कांग्रेसको बैतडी जिल्ला कार्यसमितिको अध्यक्षमा भारी मतले निर्वाचित हुँदा एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पा भने काठमाडौं क्षेत्र नं ४ को महाधिवेशन प्रतिनिधिमै पराजित भएका छन् । चन्द ८ सय ९ मतका साथ विजयी भएका थिए भने उनको प्रतिद्वन्द्विले ४ सय ८९ मत प्राप्त गरेका थिए ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व कोषाध्यक्ष मीनकृष्ण महर्जन ललितपुरबाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् । कांग्रेसका १४ औं केन्द्रिय महाधिवेशन मंसिर २४ देखि २६ गते सम्म काठमाडौंमा हुँदैछ । एन्फाकै वरिष्ठ उपाध्यक्ष पंकज नेम्बाङ झापाबाट र एन्फाका महासचिव इन्द्रमान तुलाधर काठमाडौं क्षेत्र नं ९ बाट कांग्रेसको महाधिवेशन प्रतिनिधि चुनिएका छन् ।

झापा क्षेत्र नं १ बाट नेम्बाङ ३ सय ६४ मत प्राप्त गर्दै प्रतिनिधि चुनिएका हुन् । त्यस्तै एन्फा र नेपाल ओलम्पिक कमिटी (एनओसी) का सदस्य दीर्घबहादुर केसी (कुमार) रुपन्देही ३ बाट महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन् । सुनसनरीबाट एन्फा केन्द्रीय सदस्य दीपक राई निर्विरोध महाधिवेशन प्रतिनिधि चुनिए ।

लोकतान्त्रिक खेलकुद संघका केन्द्रीय अध्यक्ष देवेन्द्रकुमार शेरचन र लोकतान्त्रिक खेलकुद संघ गण्डकीका अध्यक्ष समेत रहेका नेपाल तेक्वान्दो संघका उपाध्यक्ष हरिश्वर पोखरेल पनि पराजित भएका छन् । शेरचनले कास्की क्षेत्र नं. ३ बाट महाधिवेशन प्रतिनिधिमा प्रतिस्पर्धा गरेका थिए । पोखरेलले भने कास्की क्षेत्र नं १ खबाट प्रदेश प्रतिनिधिका लागि उम्मेदवारी दिएका थिए ।

यसैबीच, प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको मंसिर १० देखि १२ गते सम्म चितवनमा हुने दसौ राष्ट्रिय महाधिवेशनका लागि नेपाल खेलकुद महासंघले पूर्व युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेल, महासंघका अध्यक्ष रमेश पौडेल, महासचिव मेघराज पौडेल, शान्तामाया परियार र सन्जु महर्जनलाई महाधिवेशन प्रतिनिधि सर्वसम्मतले चयन गरेको छ ।

April 25, 2024

भुवनको एकल अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- भुवन नगरकोटी समग्रमा ७-अन्डर १ सय ९७ सहित ६ स्ट्रोकको अग्रता सहित सूर्य नेपाल काठमाडौं ओपनको तेस्रो दिन शीर्षस्थानमा रहेका छन्। आज भुवनले ५-अन्डर ६३ को उत्कृष्ट प्रदर्शन गर्दा दिनेश प्रजापतिलाई ६ स्ट्रोकले पछि पार्दै एकल अग्रता सहित उपाधि जित्ने संभावनालाई बलियो बनाएका छन्। भुवनले उत्कृष्ट दिनको सुरूवात सानदार गरे।‌ पहिलो, दोस्रो, […]

April 25, 2024

आर्मीमाथि एपिएफको रोमाञ्चक जित

काठमाडौं (हाम्रो खेलकुद) – साविक उपविजेता विभागीय नेपाल एपिएफ क्लबले सातौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगितामा अर्काे विभागीय टोली त्रिभुवन आर्मी क्लबमाथि रोमाञ्चक जित निकाल्दै फाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । एपिएफले आर्मीलाई ३–२ को सेटमा पराजित गर्दै फाइनल पुग्ने सम्भावना बलियो बनाएको हो । सुरुवाती दुई सेट जितेको एपिएफले त्यसपछि लगातार दुई […]

April 25, 2024

एपिएफ र आर्मी खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – सातौं केएनपी नेरोलेक महिला भलिबल प्रतियोगिताको दोस्रो दिन बुधबार पनि दुई खेल हुँदैछन् ।त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा दिउँसो १ः०० बजे सुरु हुने खेलमा दुई विभागिय टोली साविक उपविजेता नेपाल एपिएफ क्लब र त्रिभुवन आर्मी क्लबबीच हुनेछ । एपिएफल लगातार दोस्रो खेल जित्ने योजनामा हुनेछ भने आर्मी फाइनल प्रवेशको सम्भावनालाई […]

Success

Thank you for your time.