default_image

4 years ago

November 30, 2021

राखेप सदस्य सचिव घिसिङको सपथ र पदभार आज

211 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नवनियुक्त सदस्य सचिव टंकलाल घिसिङले आज (मंगलबार) नै पद तथा गोपनियताको सपथ लिने भएका छन् । मन्त्री परिषद्को सोमबारको बैठकले घिसिङलाई सदस्य सचिव नियुक्त गरेको थियो ।

नेकपा माओवादीका नेता समेत रहेका घिसिङ नेपाल रग्बी संघका अध्यक्ष हुन् । उनी नेकपा माओवादी बागमती प्रदेश कमिटीका सचिवालय सदस्य समेत हुन् । सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले दिउँसो ३ः१५ बजे घिसिङलाई सपथ गराउने र आजै उनले पदभार ग्रहण गर्ने राखेपले जनाएको छ ।

मन्त्री महेश्वर जंग गहतराजको प्रस्तावमा मन्त्री परिषदले घिसिङलाई सदस्य सचिवमा चार वर्षको लागि नियुक्त गरेको थियो । सदस्य सचिवका लागि निवेदन दिएका १८ जनाबाट सिफारिस समितिले घिसिङसहित अच्युतम लामिछाने र ममता श्रेष्ठको दिएको थियो । सोही नाम मन्त्री गहतराजले मन्त्री परिषद् लगेका थिए ।

मन्त्री गतहराजले मन्त्रालयका सह सचिव कमलप्रसाद पोखरेलको संयोजकत्वमा कमला ज्ञावली र हरिबहादुर श्रेष्ठ सम्मलित छनोट समिति गठन गरेका थिए । मन्त्री परिषद्ले कात्तिक १ गते राखेपका तत्कालिन सदस्य सचिव रमेश सिलवालको स्पष्टिकरण चित्त बुझ्दो नभएको भन्दै बर्खास्त गरेको थियो । सिलवालले बर्खास्तविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरेका छन् ।

राष्ट्रिय खेलकुद विकास ऐन २०७७ लागू भएयता छनोटबाट नियुक्त हुने घिसिङ दोस्रो सदस्य सचिव हुन् । गत वर्ष असारमा ऐन लागू भएपछि सिलवाल पहिलो सदस्य सचिवका रुपमा नियुक्त भएका थिए ।

December 6, 2025

भलिबल प्रशिक्षक राई झापामा १ लाखसहित सम्मानित

हिमाल खरेल, बिर्तामोड न्यु डायमन्ड क्लबका प्रशिक्षक कुमार राई झापामा १ लाख रुपैयाँसहित सम्मानित भएका छन् । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको दौरान राईलाई सम्मान गरिएको हो । बिर्तामोड तथा अर्जुनधाराका विभिन्न व्यक्ति तथा व्यावसायिक प्रतिष्ठानहरुले राष्ट्रिय यु १९ महिला टोलीका प्रशिक्षक समेत रहेका राईलाई १ लाख रुपैयाँभन्दा बढी धनराशिसहित आज सम्मान […]

December 6, 2025

एपिएफ अर्जुनधारा महिला भलिबलको फाइनलमा

हिमाल खरेल, बिर्तामोड‌ नेपाल एपिएफ क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा न्यु डायमन्ड क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ उपाधिनजिक पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा एपिएफले पहिलो, दोस्रो र चौथो सेटमा न्यु डायमन्डलाई हराएको हो । एपिएफ २५–२२, २५–१६ ,२२-२५ र […]

December 6, 2025

अर्जुनधारा महिला भलिबलः पुलिस फाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनल खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस उपाधिनजिक पुगेको हो । पुलिसले आर्मीलाई २५-६, २५-१५ र २५-१७ को सोझो सेटमा हराएको हो । पुलिसले कम्तिमा १ लाख रुपैयाँ […]

Success

Thank you for your time.