default_image

2 years ago

December 5, 2021

एसियन युथ पारा गेम्समा पलेशाले स्वर्ण जितिन्

काठमाडौं (हाम्रो खेलकुद)– तेक्वान्दो खेलाडी पलेशा गोबद्र्धनले एसियन युथ पारा गेम्सको तेक्वान्दोमा स्वर्ण पदक जितेकी छिन् । यसै वर्ष जापानमा भएको टोकियोमा भएको पारालिम्पिक्समा दुई फाइट जितेकी पलेशाले बहराइनको मानमामा जारी एसिया युथ पारा गेम्सको ५७ केजी मुनी क्याटागोरी ४४ मा एतिहासिक स्वर्ण पदक जितेकी हुन् । पलेशलो इरानकी इब्राहिमी रोजालाई ६–० ले हराउँदै स्वर्ण […]

99 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– तेक्वान्दो खेलाडी पलेशा गोबद्र्धनले एसियन युथ पारा गेम्सको तेक्वान्दोमा स्वर्ण पदक जितेकी छिन् ।

यसै वर्ष जापानमा भएको टोकियोमा भएको पारालिम्पिक्समा दुई फाइट जितेकी पलेशाले बहराइनको मानमामा जारी एसिया युथ पारा गेम्सको ५७ केजी मुनी क्याटागोरी ४४ मा एतिहासिक स्वर्ण पदक जितेकी हुन् । पलेशलो इरानकी इब्राहिमी रोजालाई ६–० ले हराउँदै स्वर्ण पदक जितेकी हुन् ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अनुसार सोही युथ पारा गेम्समा तेक्वान्दोकै सृजना घिसिङले रजत र विशाल गरबुजाले कास्य पदक जितेका छन् । ५२ केजी मुनी क्याटागोरी ४४ को फाइनलमा सृजना इरानकी गानबारिकोमिसाइनीसँग १८–० ले पराजित भएकी थिइन् ।

विशाल सेमिफाइनलमा पराजित भएका थिए । ५८ केजी मुनी क्याटागोरी ४४ को सेमिफाइनलमा विशाल उज्वेकिस्तानका सोनजारोभ कुद्राटिलोसँग ३२–६ ले पराजित भएका थिए ।

५ मिनेटको एक राउन्डमा भएको फाइनलमा पलेशाले धर्यतापूर्वक खेलेर स्वर्ण पदक जितेको उनका प्रशिक्षक कविराज नेगी लामाले बताए । ‘पलेशा निकै अनुभवी खेलाडी हुन् । उनले दिमाग लगाएर खेलिन्,’लामाले भने, ‘विगतमा जस्तो उनले हतार नगरी खेलिन् र सफलता प्राप्त गरिन् । यो पारा खेलाडीको ठूलो सफलता हो ।’ जापानको पारालिम्पिक्समा पनि लामा नै पलेशको प्रशिक्षक थिए ।

April 25, 2024

भुवनको एकल अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- भुवन नगरकोटी समग्रमा ७-अन्डर १ सय ९७ सहित ६ स्ट्रोकको अग्रता सहित सूर्य नेपाल काठमाडौं ओपनको तेस्रो दिन शीर्षस्थानमा रहेका छन्। आज भुवनले ५-अन्डर ६३ को उत्कृष्ट प्रदर्शन गर्दा दिनेश प्रजापतिलाई ६ स्ट्रोकले पछि पार्दै एकल अग्रता सहित उपाधि जित्ने संभावनालाई बलियो बनाएका छन्। भुवनले उत्कृष्ट दिनको सुरूवात सानदार गरे।‌ पहिलो, दोस्रो, […]

April 25, 2024

आर्मीमाथि एपिएफको रोमाञ्चक जित

काठमाडौं (हाम्रो खेलकुद) – साविक उपविजेता विभागीय नेपाल एपिएफ क्लबले सातौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगितामा अर्काे विभागीय टोली त्रिभुवन आर्मी क्लबमाथि रोमाञ्चक जित निकाल्दै फाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । एपिएफले आर्मीलाई ३–२ को सेटमा पराजित गर्दै फाइनल पुग्ने सम्भावना बलियो बनाएको हो । सुरुवाती दुई सेट जितेको एपिएफले त्यसपछि लगातार दुई […]

April 25, 2024

एपिएफ र आर्मी खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – सातौं केएनपी नेरोलेक महिला भलिबल प्रतियोगिताको दोस्रो दिन बुधबार पनि दुई खेल हुँदैछन् ।त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा दिउँसो १ः०० बजे सुरु हुने खेलमा दुई विभागिय टोली साविक उपविजेता नेपाल एपिएफ क्लब र त्रिभुवन आर्मी क्लबबीच हुनेछ । एपिएफल लगातार दोस्रो खेल जित्ने योजनामा हुनेछ भने आर्मी फाइनल प्रवेशको सम्भावनालाई […]

Success

Thank you for your time.