default_image

4 years ago

December 7, 2021

सदस्य सचिव घिसिङलाई खेलाडी संघको बधाईसँगै ध्यानाकर्षण पत्र

320 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नवनियुक्त सदस्य सचिव टंकलाल घिसिङले पद वहालीकै दिन खेलाडीको विमा सम्बन्धमा कार्यविधि बनाएर प्रकृया अगाडि बढाउने तथा करिब २ वर्षदेखि बन्द रहेको राष्ट्रिय टिम तयारीको प्रशिक्षण तत्काल सुरु गर्ने पहल लिएकोमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले आभार व्यक्त गरको छ ।

मन्त्रीपरिषद्बाट गतसाता सोमबार राखेप सदस्य सचिव नियुक्त भएका घिसिङले त्यसको भोलीपल्ट मंगलबार पदभार ग्रहण गरेका थिए । अध्यक्ष दीपक श्रेष्ठको नेतृत्वमा खेलाडी संघले मंगलबार सदस्य सचिव घिसिङलाई राखेपको नयाँ सदस्य सचिव नियुक्त भएकोमा बधाई दिदै लिखित रुपमा सुझावसहित ६ बुँदे ध्यानाकर्ष हस्तान्तरण गरेको छ । खेलाडी संघले विगत देखि नै उठाउँदै आएका विषयलाई समेट्दै सदस्य सचिवलाई ध्यानाकर्षण पत्र बुझाएको हो ।

संघले खेलाडी र पूर्व खेलाडीलाई सरकारबाट शिक्षा, स्वास्थ्य, विमा, यातात्रायात, भत्तालगायतका सामाजिक सरक्षा व्यवस्था गर्नुपर्ने, दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता खेलाडीलाई प्रोत्साहन भत्ता दिदै आएपनि सागमा दुई , तीन पटक वा त्यो भन्दा बढी पदक विजेतालाई सरकारबाट के गर्न सकिन्छ त्यसमा पनि सोच्नु पर्ने सुझाव राखेको छ ।

त्यस्तै साग, एसियाली खेलकुद, ओलम्पियन खेलाडीलाई आजीवन प्रोत्साहन भत्ताले निरन्तरता पाएपनि कार्यविधि पारित नहँुदा खेलाडीले पटक पटक भत्ताका लागि धाउनु पर्ने अवस्था रहेको उल्लेख गर्दै संघले कार्यविधि पारित गर्नुका साथै खेलाडीको प्रोत्साहन स्वरुप सागका रजत र कास्य पदक विजेता खेलाडीलाई पनि भत्ताको व्यवस्थाका लागि पहल गर्न अनुरोध गरेको छ ।

विगतमा साग, एसियाली खेलकुदका पदक विजेता खेलाडीलाई राज्यले खेलकुदमै रोजगारीको व्यवस्था गरेको स्मरण गराउँदै खेलाडी संघले १२ औं साग पछि हटाइएको त्यो व्यवस्थालाई पुनः निरन्तरता दिन माग गरेको छ । राष्ट्रिय खेलाडी कल्याण कोषमा हाल १ करोड ४० लाख रुपैयाँ रहेको जनाउँदै हरेक वर्ष १० लाख रुपैयाँ अर्थ मन्त्रालयबाट विनियोजन भएकोमा केहि वर्षदेखि कोषमा नियमित रकम थप नभएको पनि संघले ध्यानाकर्षण गराएको छ । कल्याण कोषलाई थप मजबुत बनाउनका हरेक वर्ष २० लाख रुपैयाको दरले कोषमा रकम थप गर्ने प्रक्रियाको पहल लिन पनि संघले सदस्य सचिव घिसिङलाई सुझाएको छ ।

त्यस्तै संघले राष्ट्रिय कल्याणकारी कोष २०६८ को कार्यविधि अनुसार विरामी, घाइते र अशक्त खेलाडीहरुलाई आंशिक रुपमा राहत प्रदान गर्दै आएको दृष्टान्त प्रस्तुत गर्दै खेलाडी संघले राष्ट्रिय खेलकुद विकास ऐन २०७७ मा राष्ट्रिय खेलाडी कल्याणकारी कोषको सट्टामा खेलाडी कल्याणकारी कोषमात्र उल्लेख भएकाले त्यसले प्रष्टता हुन नसकेको जनाएको छ ।

नयाँ ऐनको व्यवस्थाले कुन स्तरको खेलाडीले सो कोषबाट सेवा सुविधा प्राप्त गर्ने भन्ने प्रष्ट नहुनुका साथै कोष संञ्चालन प्रभावकारी नहुने देखिएको उल्लेख गरेको छ । त्यसैले संघले ऐनमा उल्लेख भएको खेलाडी कल्याणकारी कोषलाई राष्ट्रिय खेलाडी कल्याकारी कोष नै नामाकरण गरि प्रभावकारी सञ्चालन भइरहेको राष्ट्रिय कल्याणकारी कोष २०६८ को कार्यविधिलाई निरन्तरता दिन माग गरेको छ ।

बधाई र सुझाव ग्रहण पछि घिसिङले आफू खेलाडी संघ सहकार्य गरेर अघि बढ्न तयार रहेको बताएका छन् । उनले आफू सदस्य सचिवको छनोट प्रक्रियामा सामेल हुँदा बुझाएका योजनामा पनि कतिपय खेलाडीका विषयलाई आफूले समेटेको उल्लेख गर्दै खेलाडी संघ सम्बन्धित विषयमा निर्णय गर्न संघसँग सल्लाह गरेर अघि बढ्ने बताएका छन् ।

December 6, 2025

भलिबल प्रशिक्षक राई झापामा १ लाखसहित सम्मानित

हिमाल खरेल, बिर्तामोड न्यु डायमन्ड क्लबका प्रशिक्षक कुमार राई झापामा १ लाख रुपैयाँसहित सम्मानित भएका छन् । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको दौरान राईलाई सम्मान गरिएको हो । बिर्तामोड तथा अर्जुनधाराका विभिन्न व्यक्ति तथा व्यावसायिक प्रतिष्ठानहरुले राष्ट्रिय यु १९ महिला टोलीका प्रशिक्षक समेत रहेका राईलाई १ लाख रुपैयाँभन्दा बढी धनराशिसहित आज सम्मान […]

December 6, 2025

एपिएफ अर्जुनधारा महिला भलिबलको फाइनलमा

हिमाल खरेल, बिर्तामोड‌ नेपाल एपिएफ क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा न्यु डायमन्ड क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ उपाधिनजिक पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा एपिएफले पहिलो, दोस्रो र चौथो सेटमा न्यु डायमन्डलाई हराएको हो । एपिएफ २५–२२, २५–१६ ,२२-२५ र […]

December 6, 2025

अर्जुनधारा महिला भलिबलः पुलिस फाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनल खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस उपाधिनजिक पुगेको हो । पुलिसले आर्मीलाई २५-६, २५-१५ र २५-१७ को सोझो सेटमा हराएको हो । पुलिसले कम्तिमा १ लाख रुपैयाँ […]

Success

Thank you for your time.