default_image

4 years ago

December 11, 2021

कृपा र मनिषाको पूनरागमन, ३ खेलाडी पहिलोपटक टोलीमा

255 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – सेटर कृपा अधिकारी र मिडल ब्लकर मनिषा चौधरीले महिला राष्ट्रिय भलिबल टोलीमा पूनरागमन गरेका छन् । नेपाल भलिबल संघले बंगलादेशमा हुने एभिसी एसियन सेन्ट्रल जोन महिला तथा पुरुष भलिबल च्याम्पियनसिपका लागि शनिबार १५ सदस्यीय टोलीबाट १२ सदस्यीय अन्तिम टोलीको घोषणा गर्दा कृपा र मनिषाले राष्ट्रिय टोलीमा पूनरागमन गरे ।

महिला टोलीका मुख्य प्रशिक्षक जगदिश भट्टले आफूले टोलीको नामावली भलिबल संघलाई बुझाइसकेको जानकारी दिए । सेनाको तालिम सकाएसँगै उनी गत वर्षबाट भलिबलमा फर्केकी थिइन् । त्यसयता राष्ट्रिय टोलीको पहिलोपटक प्रशिक्षण हुदा कृपाले आफ्नो स्थान सुरक्षित गरेकी हुन् । यो बीचमा कृपा र मनिषाले सन् २०१९ मा बंगलादेशमा भएको प्रथम सेन्ट्रल जोन र नेपालमा भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) उनीहरु टोली बाहिर थिए ।

यस्तै यसअघिको प्रशिक्षणमा रहेपनि शान्ति र कामनाले पहिलोपटक राष्ट्रिय टोलीमा स्थान बनाउँदा लक्ष्मीले पहिलो अवसरमै राष्ट्रिय टोलीमा स्थान बनाउन सफल भएकी हुन् । शान्ति आर्मीको तथा कामना र लक्ष्मीले नेपाल पुलिसबाट व्यवसायिक खेल खेल्दै आइरहेकी छन् ।

१५ सदस्यीय टोलीमा यसपटक यसअघि राष्ट्रिय टोलीमा नियमित रहेकी निरुता ठगुन्नाले राष्ट्रिय टोलीमा स्थान बनाउन सकिनन् । कविता भट्ट र सरस्वती जैसी पनि अन्तिम टोलीमा पर्न सकेनन् । महिला र पुरुषको च्याम्पियनसिप पुस ६ देखि १४ गते सम्म बंगलादेशको ढाका आयोजना हुदैछ । नेपाल महिला संस्करणको साविक च्याम्पियन हो ।

महिला भलिबलको अन्तिम टोली

प्रतिभा माली, सरस्वती चौधरी, शान्ति थारु, उषा भण्डारी, साफिया पुन, सुनिता खड्का, मनिषा चौधरी, कामना विष्ट, लक्ष्मी चन्द, सलिना श्रेष्ठ, अरुणा शाही र कृपा अधिकारी

December 19, 2025

एनओसीबाट १४ खेलाडीलाई छात्रवृत्ति प्रदान

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ओलम्पिक कमिटी (एनओसी) ले एलए ओलम्पिक, एसियाली खेलकुद र युथ ओलम्पिकका गरि १४ खेलाडीलाई छात्रवृत्ति प्रदान गरेको छ। सन् २०२८ मा हुने एल‌ए ओलम्पिक‌का लागि विभिन्न ८ खेलका समान खेलाडीले छात्रवृत्ति प्राप्त गरेका छन्। एल‌ए ओलम्पिक‌सम्मका लागि तयारीका लागि मासिक १ हजार १ सय २५ अमेरिकी डलर प्राप्त गर्नेछन्। यसरी ओलम्पिक […]

December 18, 2025

ह्विलचेयर रग्बीमा बिआइए इन्स्टिच्युट विजयी

काठमाडाैं (हाम्रो खेलकुद)- आयोजक बिआइए इन्स्टिच्युटले पहिलोपटक आयोजना भएको ह्विलचेयर रग्बी मैत्रीपूर्ण प्रतियोगिताको उपाधि जितेको छ। बौद्धस्थित डाउनटाउनमा बिहीवार भएको खेलमा बिआइएले स्पाइनल इन्जरी संघ नेपाललाई ५-३ स्कोरले हराउँदै उपाधि हात पारेको हो। गोकर्णेश्वर नगरपालिका वडा नम्बर ५, नेपाल रग्बी संघ तथा नेपाल स्पाइनल कर्ड इन्जरी संघको सहयोगमा सम्पन्न यो प्रतियोगिता नेपालमा ह्विलचेयर रग्बी खेलको […]

December 11, 2025

दोलखा चेस होम्सलाई राष्ट्रिय टिम चेस उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि  जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]

Success

Thank you for your time.