default_image

4 years ago

December 13, 2021

केसी र चौलागाई सेन्ट्रल जोन भलिबलमा निर्णायक

228 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – एसियन रेफ्री क्यान्डिडेट विजय केसी र पुर्ण प्रसाद चौलागाई बंगलादेशमा अर्को महिना आयोजना हुने एभीसी एसियन सेन्ट्रल जोन महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको लागि निर्णायकमा छनोट भएका छन् ।

केसी र चौलागाई नेपालबाट निर्णायकमा छनोट भएका हुन् । च्याम्पियनसिप पुस ६ देखि १४ गते सम्म आयोजना हुँदैछ । सन् २०१९ मा बंगलादेशमा भएको सेन्ट्रल जोनमा नेपालबाट टहल सिंह थापा निर्णायकको रुपमा रहेका थिए ।

नेपालबाट केसी र चौलागाईसहित बिकास गुरुङ र टहल सिंह थापा गरी चार जना एसियन रेफ्री क्यान्डिडेट छन् । उनीहरुले अन्तर्राष्ट्रिय खेल खेलाउन पाउनेछन् ।

नेपालबाट गौतम लासिवा, कुल बहादुर राना र चन्द्र बदना राई तीन जना अन्तर्राष्ट्रिय रेफ्री रहेका छन् । कुल बहादुर र चन्द्र बदना गत वर्षमात्रै अन्तर्राष्ट्रिय भलिबल रेफ्रीमा बढुवा भएका हुन् ।

अन्तर्राष्ट्रिय रेफ्रीमा बढुवा हुनका लागि एसियन गेम्स वा एसियन च्याम्पियनसिप अथवा एभीसीको कम्तीमा दुई आधिकारिक खेलहरु खेलाउनुपर्ने प्रावधान छ । अन्तर्राष्ट्रिय रेफ्री क्यान्डिडेटको अवधि पाँच वर्षसम्म हुने र ५ वर्षभित्र अन्तर्राष्ट्रिय रेफ्री बनिसक्नुपर्ने नभए खारेज हुने व्यवस्था छ ।

च्याम्पियनसिपका लागि नेपाल भलिबल संघले आइतबारै महिला र पुरुष टोलीको अन्तिम १२ सदस्यीय टोली घोषणा गरेको छ । महिला टोलीले कृपा अधिकारी र मनिषा चौधरीले पूनरागमन गर्दा शान्ति थारु, कामना विष्ट र लक्ष्मी चन्द पहिलोपटक टोलीमा परेका छन् । पुरुषतर्फ मानबहादुर श्रेष्ठ र भैरव बलमे राष्ट्रिय टोलीमा पूनरागमन गरेका छन् ।

च्याम्पियनसिपमा महिलातर्फ आयोजक बंगलादेश, किर्गिस्तान, माल्दिभ्स, नेपाल, श्रीलंका र उज्वेकिस्तान गरी ६ राष्ट्र तथा पुरुषतर्फ आयोजक बंगलादेश, माल्दिभ्स, नेपाल, श्रीलंका र उज्वेकिस्तान गरी ५ राष्ट्रको सहभागिता रहेको छ ।

राउन्ड रोविन लिगपछि शीर्ष दुई टोलीले उपाधिका प्रतिस्पर्धा गर्नेछन् । तेस्रो र चौथो स्थानमा रहेको टोलीले तेस्रो स्थानको लागि प्रतिस्पर्धा गर्नेछ ।

December 19, 2025

एनओसीबाट १४ खेलाडीलाई छात्रवृत्ति प्रदान

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ओलम्पिक कमिटी (एनओसी) ले एलए ओलम्पिक, एसियाली खेलकुद र युथ ओलम्पिकका गरि १४ खेलाडीलाई छात्रवृत्ति प्रदान गरेको छ। सन् २०२८ मा हुने एल‌ए ओलम्पिक‌का लागि विभिन्न ८ खेलका समान खेलाडीले छात्रवृत्ति प्राप्त गरेका छन्। एल‌ए ओलम्पिक‌सम्मका लागि तयारीका लागि मासिक १ हजार १ सय २५ अमेरिकी डलर प्राप्त गर्नेछन्। यसरी ओलम्पिक […]

December 18, 2025

ह्विलचेयर रग्बीमा बिआइए इन्स्टिच्युट विजयी

काठमाडाैं (हाम्रो खेलकुद)- आयोजक बिआइए इन्स्टिच्युटले पहिलोपटक आयोजना भएको ह्विलचेयर रग्बी मैत्रीपूर्ण प्रतियोगिताको उपाधि जितेको छ। बौद्धस्थित डाउनटाउनमा बिहीवार भएको खेलमा बिआइएले स्पाइनल इन्जरी संघ नेपाललाई ५-३ स्कोरले हराउँदै उपाधि हात पारेको हो। गोकर्णेश्वर नगरपालिका वडा नम्बर ५, नेपाल रग्बी संघ तथा नेपाल स्पाइनल कर्ड इन्जरी संघको सहयोगमा सम्पन्न यो प्रतियोगिता नेपालमा ह्विलचेयर रग्बी खेलको […]

December 11, 2025

दोलखा चेस होम्सलाई राष्ट्रिय टिम चेस उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि  जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]

Success

Thank you for your time.