default_image

4 years ago

December 15, 2021

सिलवाललाई राखेप फर्कन सर्वोच्चको अन्तरिम आदेश

331 views

0 Bookmark

प्रकाश तिमल्सिना, काठमाडौं

सर्वोच्च अदालतले गत महिना मन्त्री परिषद्बाट बर्खास्त गरिएका राष्ट्रिय खेलकुद परिषद् (राखेप)का तत्कालिन सदस्य सचिव रमेशकुमार सिलवाललाई पूर्नवहाली गर्न अन्तरिम आदेश दिएको छ ।


मन्त्रीपरिषद्ले कात्तिक १ गते सिलवाललाई स्पष्टिकरण चित्त बुझ्दो नभएको भन्दै बर्खास्त गरेको थियो । त्यसका विरुद्धमा सिलवाल सर्वोच्च गएका थिए । न्यायाधिश हरि फुयालको एकल इजलासले बुधबार सिलवाललाई पुरानै अवस्थामा काममा फर्कन आदेश दिएको हो । आफूलाई काममा फर्कन र त्यसपछि राखेप सदस्य सचिव नियुक्त भएका टंकलाल घिसिङलाई काम नगर्न आदेश भएको छ, आदेश बारे जानकारी दिदै सिलवालले भने ।

सिलवाललाई बर्खास्त गरेपछि युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराजको सिफारिसमा मंसिर १३ गतेको मन्त्रीपरिषद् बैठकले घिसिङलाई सदस्य सचिव नियुक्त गरेको थियो । राष्ट्रिय खेलकुद विकास ऐन २०७७ का आधारमा भएको राखेप सदस्य सचिवको बर्खास्तका विषयमा पहिलो पटक सर्वोच्चमा रिट परेको हो । केपी ओलीको नेतृत्वमा रहेको सरकारले सिलवाललाई गत वर्ष साउनमा सदस्य सचिव नियुक्त गरेको थियो ।

ओली नेतृत्वको सरकारमा नियुक्त भएका ९ सदस्यलाई पनि गहतराजले पद मुक्त गरि ८ जना नयाँ सदस्य नियुक्त गरेका थिए । त्यो निर्णय विरुद्ध पनि तत्कालिन ५ जना सदस्य सर्वोच्च गएका थिए । २०७१ सालमा तत्कालिन युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले तत्कालिन सदस्य सचिव युवराज लामालाई पदमुक्त गर्दा पनि सर्वोच्चले पूर्नबहाली गरेको थियो ।

December 6, 2025

भलिबल प्रशिक्षक राई झापामा १ लाखसहित सम्मानित

हिमाल खरेल, बिर्तामोड न्यु डायमन्ड क्लबका प्रशिक्षक कुमार राई झापामा १ लाख रुपैयाँसहित सम्मानित भएका छन् । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको दौरान राईलाई सम्मान गरिएको हो । बिर्तामोड तथा अर्जुनधाराका विभिन्न व्यक्ति तथा व्यावसायिक प्रतिष्ठानहरुले राष्ट्रिय यु १९ महिला टोलीका प्रशिक्षक समेत रहेका राईलाई १ लाख रुपैयाँभन्दा बढी धनराशिसहित आज सम्मान […]

December 6, 2025

एपिएफ अर्जुनधारा महिला भलिबलको फाइनलमा

हिमाल खरेल, बिर्तामोड‌ नेपाल एपिएफ क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा न्यु डायमन्ड क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ उपाधिनजिक पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा एपिएफले पहिलो, दोस्रो र चौथो सेटमा न्यु डायमन्डलाई हराएको हो । एपिएफ २५–२२, २५–१६ ,२२-२५ र […]

December 6, 2025

अर्जुनधारा महिला भलिबलः पुलिस फाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनल खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस उपाधिनजिक पुगेको हो । पुलिसले आर्मीलाई २५-६, २५-१५ र २५-१७ को सोझो सेटमा हराएको हो । पुलिसले कम्तिमा १ लाख रुपैयाँ […]

Success

Thank you for your time.