4 years ago
December 22, 2021
काठमाडौं .(हाम्रो खेलकुद) – बंगलादेशमा बिहीबारदेखि सुरु हुने एसियन सेन्ट्रल जोन पुरुष भलिबल च्यालेन्ज कपमा अब ४ राष्ट्रले मात्र प्रतिस्पर्धा गर्ने भएका छन् । माल्दिभ्सले भाग नलिने भएपछि अब ४ टोलीले मात्र च्याम्पियनसिपमा उपाधिका लागि भिड्नेछन् । जसमा नेपालसहित आयोजक बंगलादेश, श्रीलंका र उज्वेविकस्तान रहेका छन् ।

सुरुमा उज्वेकिस्तानसँग खेल्ने तालिका रहेपनि अब माल्दिभ्सको सहभागिता नरहने भएपछि अर्को तालिका बनेको छ । नयाँ तालिका अनुसार नेपालले बिहीबार आयोजक बंगलादेशको सामना गर्ने बताइएको छ । राउन्ड रोविनका आधारमा च्यालेन्ज कपमा नेपालले शुक्रबार उज्वेकिस्तान र आइतबार श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ ।
अन्य तीन टोलीमध्ये एउटालाई पछि पार्न सकेको अवस्थामा पनि नेपालले पदक जित्ने छ । पाँच वर्षअघि नेपालले सेन्ट्रल जोनमा कास्य पदक जितेको थियो । त्यो नेपालले जितेको भलिबलको त्यो पहिलो र एक मात्र अन्तर्राष्ट्रिय पदक हो ।
महिलातर्फको च्यालेन्ज कप पनि बिहीबार नै सुरु हुँदैछ । साविक विजेता समेत रहेको नेपालले श्रीलंकासँग बिहीबार खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । प्रतियोगितामा नेपाल र श्रीलंकासहित आयोजक बंगलादेश, माल्दिभ्स, कीर्गिस्तान र उज्वेकिस्तानले राउण्ड रोविनका आधारमा प्रतिस्पर्धा गर्ने बताएको छ ।
December 19, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ओलम्पिक कमिटी (एनओसी) ले एलए ओलम्पिक, एसियाली खेलकुद र युथ ओलम्पिकका गरि १४ खेलाडीलाई छात्रवृत्ति प्रदान गरेको छ। सन् २०२८ मा हुने एलए ओलम्पिकका लागि विभिन्न ८ खेलका समान खेलाडीले छात्रवृत्ति प्राप्त गरेका छन्। एलए ओलम्पिकसम्मका लागि तयारीका लागि मासिक १ हजार १ सय २५ अमेरिकी डलर प्राप्त गर्नेछन्। यसरी ओलम्पिक […]
December 18, 2025
काठमाडाैं (हाम्रो खेलकुद)- आयोजक बिआइए इन्स्टिच्युटले पहिलोपटक आयोजना भएको ह्विलचेयर रग्बी मैत्रीपूर्ण प्रतियोगिताको उपाधि जितेको छ। बौद्धस्थित डाउनटाउनमा बिहीवार भएको खेलमा बिआइएले स्पाइनल इन्जरी संघ नेपाललाई ५-३ स्कोरले हराउँदै उपाधि हात पारेको हो। गोकर्णेश्वर नगरपालिका वडा नम्बर ५, नेपाल रग्बी संघ तथा नेपाल स्पाइनल कर्ड इन्जरी संघको सहयोगमा सम्पन्न यो प्रतियोगिता नेपालमा ह्विलचेयर रग्बी खेलको […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]