default_image

2 years ago

December 28, 2021

पहिलो अन्तर्राष्ट्रिय पदक विजेता केसी अस्पतालमा

135 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– देशका लागि पहिलो अन्तर्राष्ट्रिय पदक विजेता धावक जीतबहादुर केसी एक साता यता अस्पतालमा उपचार गराइरहेका छन् । एथलेटिक्स प्रतियोगितामा प्रयोग हुने स्टार्टर पेस्तोल सफा गर्ने क्रममा बायाँ हत्केलामा चोट लागेपछि ७४ वर्षे केसी गत मंगलबार अस्पताल भर्ना भएका हुन् ।

गत शनिबार नेपाल भेटनरी एसोसिएनको आयोजनामा दशरथ रंगशालामा भएको रन फर प्रोटिन हाफ म्याराथनमा प्रयोग भएको पेस्तोल तीन दिनपछि सफा गर्ने क्रममा उनको हत्केलामा चोट लागेको हो । चोट लाग्ने बित्तिकै त्रिपुरेश्वरस्थित ब्लु क्रस अस्पताल पुर्याएका केसीको मंगलबार हत्केलामा पोलेको भाग खुर्केर, टाँका लगाएर अनि प्लास्टर गरिएको छ ।

‘एक साता देखि अस्पतालमा छु । भोली घर पठाउनु भन्नुभएको छ,’ केसीले भने, ‘पेस्तोलको म्यागेजिन निकाल्न खोज्दा पढ्कियो, धुवाँ आउने ठाँउमै मेरो हत्केला परेर ढड्यो ।’

युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले शनिबारको प्रतियोगिताको उद्घाटन गरेका थिए । केसीका अनुसार हाफ म्याराथनको सुरुवातका लागि पेस्तोल राम्ररी पड्केको थियो । १० हजार मिटरको पालोमा भने मिस फायर भएको थियो । प्रतियोगिता सकिएपछि त्यत्तिकै स्टोरमा राखिएको पेस्तोलको मंगलबार म्यागेजिन निकाल्न खोज्दा पढ्केको थियो ।

‘शनिबार प्रतियोगिता सकिएपछि घर गए । आइतबार विदा थियो । सोमबार अरुमा व्यस्त भए,’ उनले भने, ‘मिस फायर भएको याद थियो । त्यो म्यागेजिन निकाल्नु पर्यो भनेर प्रयास गर्दा पड्कियो ।’

राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा केसी ग्राउन्ड इन्चार्जका रुपमा कार्यरत छन् । विगतमा खाइपाइ आएको तलबको आधामा उनी काम गर्दै आएका छन् । ओलम्पियन समेत रहेका केसीले सन् १९७३ मा फिलिपिन्समा भएको ट्रयाक एन्ड फिल्डमा कास्य पदक जितेका थिए । कुनै पनि खेलाडीले देशका लागि जितेको त्यो पहिलो अन्तर्राष्ट्रिय पदक जितेका थिए । उपचारका क्रममा एक लाख रुपैयाँ भन्दा बढी खर्च भइसकेको केसीले जानकारी दिए ।

May 16, 2024

नेपाली सेपाकताक्रो टोलीले विश्व कप खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – मलेसियाको क्वालालम्पुरमा हुने सेपाकताक्रो विश्व कपमा सहभागी हुने नेपाली राष्ट्रिय सेपाकताक्रो टोलीलाई युवा तथा खेलकुद मन्त्री विराज भक्त श्रेष्ठले बिदाई गरेका छन् । देशको प्रतिनिधित्व गर्ने टोलीलाई आत्मविश्वासी प्रदर्शन सहित उच्च प्रदर्शन गर्न मन्त्री श्रेष्ठले शुभकामना दिएका छन् । रोशन तामाङको कप्तानीमा रहेको टोलीमा दीपेश जङ्ग थापा, उमेश बहादुर महतो, अनिल […]

May 16, 2024

पारा तेक्वान्दो टोली भियतनाम जाँदै

काठमाडौं (हाम्रो खेलकुद) – नवौं एसियाली पारा तेक्वान्दो च्याम्पियनसिप (जी– ४) २०२४ मा सहभागी हुन ३ खेलाडीसहित ४ सदस्यीय नेपाली टोली शुक्रबार भियतनामको दनाङ जाने भएको छ । प्रतियोगितामा पेरिस पारालिम्पिकका लागि छनोट भइसकेकी पलेशा गोवर्धनले महिला ५७ केजीमुनि, भरतसिंह महताले पुरुष ५८ केजीमुनि र अमिर भ्लोनले पुरुष ६३ केजीमुनि तौलसमूहमा प्रतिस्पर्धा गर्ने छन् । […]

May 16, 2024

राजनलाई हाफ म्याराथनको उपाधि

सुमन अधिकारी,बुटवल त्रिभुवन आर्मी क्लबका राजन रोक्काले दोस्रो राष्ट्रिय हाफ म्याराथनको‌ उपाधि जितेका छन् । राजनलेले निर्धारित २१ किलोमिटर दुरी १ घण्टा ९ मिनेट २४ सेकेन्डमा पूरा गर्दै उपाधि जितेका हुन् । नेकपा एमालेका तत्कालिन महासचिव मदन भण्डारीको ३१ औं स्मृति दिवसको अवसरमा मदन भण्डारी स्पोर्ट्स एकेडेमीले बिहीबार बुटवलमा आयोजना गरेको दोस्रो राष्ट्रिय हाफ म्याराथनको […]

Success

Thank you for your time.