default_image

4 years ago

January 4, 2022

दमक र झापा कनकाई कप भलिबल उपाधिका लागि भिड्ने

182 views

0 Bookmark

उत्तम रिजाल, झापा

दमक नगरपालिका र झापा गाउँपालिका प्रदेश १ स्तरीय अन्तर पालिका कनकाई कप भलिबल प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन् । झापाको सुरुङ्गमा जारी प्रतियोगिताको मंगलबार सेमिफाइनलमा विजयी हुँदै दमक र झापाले फाइनल भेट पक्का गरेका हुन् ।

दमकले मोरङ्गको बेलबारी नगरपालिका र झापाले भोजपुरको आमचोक गाउँपालिकालाई पराजित गर्दै एकअर्कासँगको भेट पक्का गरेका हुन् ।
दमकले पहिलो सेमिफाइनलमा बेलबारीलाई सोझो सेटमा पराजित गर्दै फाईनल यात्रा तय गरेको थियो । दमकले बेलबारीलाई २५–१७, २५–१७ र २५–२१ को सोझो सेटमा हराएको थियो । राष्ट्रिय भलिबल टोलीका समेत सदस्य रहेको दमकका हरिहजुर थापा खेलको म्यान अफ द म्याच घोषित भए । उनले एक हजार रुपैयाँसहित ट्रफी हात पारे ।

अर्को सेमिफाइनलमा झापाले आमचोकलाई २५–१५, २५–२३ र २५–१९ सोझो सेटमा पराजित गर्यो । त्यसमा झापाका किरण भट्टराई म्यान अफ द म्याच चुनिए । उनले एक हजार रुपैयाँसँगै ट्रफी हात पारे । सेमिफाइनलमा पराजित टोलीले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् ।

सुरुङ्गा जेसिसको आयोजनामा जारी प्रतियोगितामा ६ टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले १ लाख १ हजार १ सय ११ तथा दोस्रो टोलीले ५१ हजार रुपैयाँ प्राप्त गर्नेछ । तेश्रो हुने टोलीले २५ हजार ५ सय तथा चौथो हुने टोलीले १२ हजार १ सय रुपैयाँ प्राप्त गर्नेछ । हात पार्ने छन् । प्रतियोगिताको आयोजना सुरुङ्गा जेसीजले गरेको हो ।

December 19, 2025

एनओसीबाट १४ खेलाडीलाई छात्रवृत्ति प्रदान

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ओलम्पिक कमिटी (एनओसी) ले एलए ओलम्पिक, एसियाली खेलकुद र युथ ओलम्पिकका गरि १४ खेलाडीलाई छात्रवृत्ति प्रदान गरेको छ। सन् २०२८ मा हुने एल‌ए ओलम्पिक‌का लागि विभिन्न ८ खेलका समान खेलाडीले छात्रवृत्ति प्राप्त गरेका छन्। एल‌ए ओलम्पिक‌सम्मका लागि तयारीका लागि मासिक १ हजार १ सय २५ अमेरिकी डलर प्राप्त गर्नेछन्। यसरी ओलम्पिक […]

December 18, 2025

ह्विलचेयर रग्बीमा बिआइए इन्स्टिच्युट विजयी

काठमाडाैं (हाम्रो खेलकुद)- आयोजक बिआइए इन्स्टिच्युटले पहिलोपटक आयोजना भएको ह्विलचेयर रग्बी मैत्रीपूर्ण प्रतियोगिताको उपाधि जितेको छ। बौद्धस्थित डाउनटाउनमा बिहीवार भएको खेलमा बिआइएले स्पाइनल इन्जरी संघ नेपाललाई ५-३ स्कोरले हराउँदै उपाधि हात पारेको हो। गोकर्णेश्वर नगरपालिका वडा नम्बर ५, नेपाल रग्बी संघ तथा नेपाल स्पाइनल कर्ड इन्जरी संघको सहयोगमा सम्पन्न यो प्रतियोगिता नेपालमा ह्विलचेयर रग्बी खेलको […]

December 11, 2025

दोलखा चेस होम्सलाई राष्ट्रिय टिम चेस उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि  जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]

Success

Thank you for your time.