default_image

4 years ago

February 12, 2022

खेलकुद महाशाखा प्रमुखलाई नै राखेप कार्यकारी तोकिने

237 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– युवा तथा खेलकुद मन्त्रालयको खेलकुद महाशाखाको अब आउने प्रमुखले नै राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कार्यकारी अधिकार प्राप्त गर्ने खेलकुद मन्त्री महेश्वरजंग गहतराजले बताएका छन् ।

कार्यकारी अधिकार तोकिएको तीन दिनमै सह सचिव कमलप्रसाद पोखरेलको सुरुवा भएपछि राखेपको कार्यकारी अधिकार प्राप्त अधिकारीका लागि केहि दिन अझै कुर्नुपर्ने भएको छ । मन्त्रालयको खेलकुद महाशाखाको प्रमुखलाई हामीले राखेपको कार्यकारी अधिकार प्रत्यायोजन गरेका हौं, मन्त्री गहतराजले भने,‘पोखरेल जीको सुरुवा भएको छ । अब महाशाखाको प्रमुख जो आउँछ राखेपको कार्यकारी उहाँले नै सम्हाल्नुहुनेछ । आइतबार सम्म को आउने टुंगो लाग्ने सम्भावना छ ।’

राखेपको सदस्य सचिवको बर्खास्ती र नियुक्तीको रिट सर्वोच्चमा विचाराधिन रहेकोले दुई महिनादेखि खेलकुदको अभिभावक संस्था नेतृत्व विहिन रहँदै आएको छ । गहतराजले माघ २६ गते मन्त्रीस्तरीय निर्णयबाट राखेप सदस्य सचिवले गर्ने सम्पूर्ण जिम्मेवारी निर्वाह गर्ने गरि पोखरेललाई अधिकार प्रत्यायोजना गरेका थिए । संघीय मामिला तथा सामन्य प्रशासन मन्त्रालयले माघ २८ गते सह सचिव पोखरेलको सुरुवा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा सरुवा गरेको छ ।

सदस्य सचिव नहुँदा राखेपको आर्थिक तथा प्रशासनिक काम ठप्प भएको छ । कात्तिक १ गते तत्कालिन सदस्य सचिव रमेश सिलवाललाई बर्खास्त गरेको थियो । मन्त्रीपरिषद्ले कात्तिक १३ गते टंकलाल घिसिङलाई सदस्य सचिव नियुक्त गरेको थियो । सिलवालले त्यसका विरुद्धमा सर्वोच्चमा रिट दायर गरेका थिए । सर्वोच्चले मंसिरर २९ गते मन्त्रीपरिषदको पछिल्लो निर्णय कार्यान्वयन नगराउन भन्दै अन्तरकालिन अन्तरिम आदेश जारी गर्दै छलफलका लागि दुवैपक्षलाई बोलाएको थियो । तर, तीन पटक पेसी सरिसकेको छ । अर्को पेसी फागुन २ गतेका लागि तोकिएको बताएको छ ।

December 6, 2025

भलिबल प्रशिक्षक राई झापामा १ लाखसहित सम्मानित

हिमाल खरेल, बिर्तामोड न्यु डायमन्ड क्लबका प्रशिक्षक कुमार राई झापामा १ लाख रुपैयाँसहित सम्मानित भएका छन् । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको दौरान राईलाई सम्मान गरिएको हो । बिर्तामोड तथा अर्जुनधाराका विभिन्न व्यक्ति तथा व्यावसायिक प्रतिष्ठानहरुले राष्ट्रिय यु १९ महिला टोलीका प्रशिक्षक समेत रहेका राईलाई १ लाख रुपैयाँभन्दा बढी धनराशिसहित आज सम्मान […]

December 6, 2025

एपिएफ अर्जुनधारा महिला भलिबलको फाइनलमा

हिमाल खरेल, बिर्तामोड‌ नेपाल एपिएफ क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा न्यु डायमन्ड क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ उपाधिनजिक पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा एपिएफले पहिलो, दोस्रो र चौथो सेटमा न्यु डायमन्डलाई हराएको हो । एपिएफ २५–२२, २५–१६ ,२२-२५ र […]

December 6, 2025

अर्जुनधारा महिला भलिबलः पुलिस फाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनल खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस उपाधिनजिक पुगेको हो । पुलिसले आर्मीलाई २५-६, २५-१५ र २५-१७ को सोझो सेटमा हराएको हो । पुलिसले कम्तिमा १ लाख रुपैयाँ […]

Success

Thank you for your time.