default_image

2 years ago

February 17, 2022

राखेपमा थापाको पदवहाली, उपाध्यक्षलाई अधिकार प्रत्यायोजन

106 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– युवा तथा खेलकुद मन्त्रालयले कुलबहादुर थापालाई प्रशासनिक तथा आर्थिक प्रयोग गर्ने गरि कार्यकारी अधिकारको जिम्मेवारी दिएको भोली पल्ट राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष शिव कोइरालालाई अन्य अधिकार प्रत्यायोजन गरेको छ ।

थापाले बिहीबार पदभार सम्हाल्दै राखेप सदस्य–सचिवको अनुपस्थितिमा रोकिएका सबै कामलाई अगाडि बढाउने बताएका छन् । ‘अहिलेको तड्कारो आवश्यकता भौतिक पूर्वाधार हो । जुन ठप्प रुपमा छन् तिनलाई अगाडि बढाउछु ’ पदवहाली गर्ने क्रममा थापाले भने,‘एसियाली खेलकुद र नवौं राष्ट्रिय खेलकुदका लागि सुरु हुनु पर्ने खेलाडीको प्रशिक्षण र पूर्वाधारका काम पनि सबै अगाडि बढाउछु । सदस्य–सचिवको अनुपस्थितिमा थाती रहेका सबै काम अगाडि बढाउछु ।’

थापाले करिब २८ वर्ष आफूले राखेपमै बिताएको स्मरण गर्दै भने, ‘यहाँका सबै समस्याका बारेमा मलाइ जानकारी छ । मैलै बुझ्दै छु भन्न पाउदिन । जुन ग्यापले हाम्रो समस्यहरु अड्केर बसेका छन् ऐन, कानून, नियम, विधि, विधानलाई हेरेर मन्त्रीज्यू, उपाध्यक्षज्यू, कार्यकारी समितिलगायत सरोकारवाला सबैसंग समन्वय गरी काम गर्ने छु ।’

थापाले आफूलाई विश्वास गरेर जिम्मेवारी दिएकोमा नेपाल सरकार, खेलकुद मन्त्रालय र राखेपप्रति आभार प्रकट गर्दै मन खिन्न हुन कुनैपनि कार्य नगर्ने प्रतिबद्धता व्यक्त गरे । युवा तथा खेलकुद मन्त्रालयले बुधबार थापालाई राखेपका सदस्य–सचिवको अनुपस्थितिमा सदस्य–सचिवले सम्पादन गर्ने प्रशासनिक तथा आर्थिक अधिकार प्रयोग गर्ने अधिकार दिएको थियो ।

उपाध्यक्षलाई अधिकार प्रत्यायोजन

त्यस्तै मन्त्रालयले राखेप उपाध्यक्ष शिव कोइरालालाई राष्ट्रिय खेलकुद विकास ऐन २०७७ को दफा १२ को खण्ड (ख) बमोजिम अधिकार प्रत्यायोजन गरिएको हो । प्रत्यायोजित ८ बुँदे अधिकारमा खेलकुद पूर्वाधार निर्माण गर्दा कायम गर्नु पर्ने न्युनतम मादण्ड तयार गरी राखेपका अध्यक्ष समक्ष पेश गर्ने र सो बमोजिम हुने गरी आवश्यक कार्य गर्ने/गराउने, परिषद्को मानव श्रोत भौतिक संरचना विकास एवं व्यवस्थापनका लागि आवश्यक कार्य गर्ने/गराउने, राष्ट्रिय खेल संघहरुको विवाद समाधान रहेका छन् ।

त्यस्तै अन्य कार्यमा प्रक्रियागत काम गर्ने/गराउने, ओलम्पिक कमिटी र विभिन्न खेल संघहरुसंग आवश्यक समन्वय गर्ने/गराउने, राखेपमा रहेको बेरुजु फछ्र्यौट गर्ने/गराउने, राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना सम्बन्धमा आवश्यक तयारी गर्ने/गराउने, प्रत्यायोजित अधिकार बमोजिमको कार्य गर्न आवश्यकता अनुसार समिति वा कार्यदल गठन गर्नु पर्ने भए राखेपका अध्यक्ष समक्ष सिफारिस गर्ने र राखेपको प्रशासनसंग सम्बन्धित काममा समन्वय गर्ने/गराउने रहेको राखेपले जनाएको छ ।

May 19, 2024

सेपाकताक्रो विश्व कप – नेपाल रेगु इभेन्टको सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)– इरानसँग पराजित भएपछि नेपाली टोली मलेसियाको क्वालालम्पुरमा जारी सेपाकताक्रो विश्व कपअन्तर्गत रेगु इभेन्टको सेमिफाइनलमा प्रवेश गरेको छ । समूह एको आफ्नो अन्तिम खेलमा आइतबार इरानसँग २–० सेटमा पराजित भएपछि समूह उपविजेताका रुपमा नेपाल अन्तिम आठमा पुगेको हो । नेपाल १५–६ र १५–१२ ले पराजित भएको थियो । त्यसअघि लिग चरणकै खेलमा आजै […]

May 18, 2024

कान्तिपुर हाफ म्याराथन – राजपुराको ह्याट्रिक, दीपकलाई उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबकी राजपुरा पछाईं र त्रिभुवन आर्मी क्लबका दीपक अधिकारीले १२ औं कान्तिपुर हाफ म्याराथनको उपाधि जितेका छन् । राजपुराले लगातार तेस्रो पटक उपाधि जितेर ह्याट्रिक गर्दा दीपक पहिलो पटक विजेता बनेका हुन् । महिलातर्फ राजपुराले १ घण्टा २२ मिनेट २५ सेकेन्डको टाइमिङ निकाल्दै उपाधि जितिन् । गत वर्ष उनी […]

May 18, 2024

डुवाना र एलेक्जेन्डरले पेरिस ओलम्पिक खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – पौडीका डुवाना लामा र एलेक्जेन्डर शाहले पेरिस ओलम्पिक २०२४ खेल्ने निश्चित भएको छ । नेपाल ओलम्पिक कमिटि (एनओसी) का महासचिव निलेन्द्र राज श्रेष्ठले पौडीका डुवाना र एलेक्जेन्डरले पेरिस ओलम्पिक २०२४ मा सहभागिता जनाउने निश्चित भएको जानकारी दिएका हुन् । डुवाना र एलेक्सजेन्डरले युनिभर्सियालिटी कोटामा ओलम्पिकमा भाग लिनेछन् । यस्तै पौडीका दुवाना […]

Success

Thank you for your time.