4 years ago
March 7, 2022
दमक (हाम्रो खेलकुद) – विभागीय नेपाल पुलिस क्लबलाई पराजित गर्दै अर्काे विभागीय टोली त्रिभुवन आर्मी क्लब प्रथम दमक कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

झापा दमकको पसुहाटमा सोमबार भएको पहिलो सेमिफाइनलमा समूह ‘बी’ को उपविजेता आर्मीले समूह ‘ए’ को विजेता पुलिसलाई ३–२ को रोमाञ्चक र प्रतिस्पर्धात्मक सेटमा पराजित गदै उपाधि नजिक पुगेको हो । आर्मीले सुरुवाती दुई सेट जित्दै फाइनल पुग्ने बलियो आधार तय गरेपनि त्यसपछि पुलिसले लगातार दुई सेट आफ्नो पक्षमा पारेपछि खेल पाँचौ सेटमा लम्बिएको थियो । तर, अन्तिम सेटमा आर्मी विजयी हुन सफल भयो ।
खेलको सुरुवातदेखि नै अग्रता लिएको आर्मीले त्यसलाई जोगाउँदै पहिलो सेट २५–१३ ले आफ्नो पक्षमा पार्न सफल भएको थियो । आर्मीले १८–१३ को स्थितिबाट लगातार ६ अंक जोड्दै जित निकाल्न सफल भएको थियो ।
प्रतिस्पर्धातमक बनेको दोस्रो सेटमा पनि आर्मीले ९-१३ ले पछि परेको स्थिति उल्ट्याएर २५-१५ को सोझो सेटमा जित निकाल्न सफल भयो । १५–१५ को बराबरीबाट आर्मीले लगातार १० अंक जोड्दै जित निकाल्न सफल भएको थियो । १३–९ ले अघि रहेको पुलिसले त्यसपछि मात्रै २ अंक जोड्दा आर्मी उत्कृष्ट प्रदर्शन गर्दै जित निकाल्न सफल भएको थियो ।
तेस्रो सेटमा सुरुवाती अग्रता लिनका बावजुत त्यसलाई जोगाउन नसक्दा आर्मीले १५–२५ ले गुमाउन पुग्यो । एकसमय १–५ ले पछि रहेको पुलिसले उत्कृष्ट प्रदर्शन गर्दै जित निकाल्न सफल भएको थियो । पुलिसले ८–८ को बराबरीबाट अग्रता लिदै सहज जित निकाल्न सफल भएके थियो ।
प्रतिस्पर्धात्मक चौथो सेट पुलिसले २५–१९ ले आफ्नो पक्षमा पारेपछि खेल पाँचौ सेटमा लम्विएको थियो । पुलिसले १०–१० को बराबरीबाट अग्रता बढाउँदै जित निकाल्न सफल भएको थियो । निर्णाउक तथा पाँचौ सेटमा १५–९ को सहज जित निकाल्दै आर्मी फाइनलमा पुग्न सफल भयो ।
पाँचौ सेटमा आर्मीले सुरुवाती अग्रता लिएपनि पुलिसले चुनौती पेश गरेको थियो । ६–६ को बराबरीको अवस्थाबाट आर्मीले अग्रता लिदै ११–९ को स्थितिबाट लगातार चार अंक बटुलेपछि आर्मी फाइनलमा पुग्न सफल भयो ।
अब आर्मीले उपाधिका लागि मंगलबार होङगान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लब र विभागीय नेपाल एपिएफ क्लबबीचको विजेतासँग खेल्नेछ । डायमन्ड र एपिएफबीचको दोस्रो सेमिफाइनल आजै हुँदैछ । दमक भलिबल संघले ११२औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आयोजना महिला राष्ट्रिय भलिबल प्रतियोगितामा ६ टोलीको सहभागिता रहेको छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।
समूह ‘ए’ मा एपिएफसँगै पुलिस र प्रदेश १ तथा समूह ‘बी’ मा आर्मी, दमक भलिबल क्लब र न्यू डायमन्ड स्पोर्ट्स क्लब रहेका छन् । हरेक समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । फाइनल २४ फागुनमा हुनेछ ।
प्रतियोगिताको विजेता २ लाख रुपैयाँसँग ट्रफी हात पार्नेछ । दोस्रो हुने टोलीले १ लाख प्राप्त गर्नेछ । सात्वना टोलीलाई समान १५ हजार रुपैया प्रदान गरिनेछ । विधागततर्र्फ सर्वाेत्कृष्ट खेलाडीले १० हजार रुपैया प्रदान गरिने आयोजकले जनाएको छ । यस्तै व्यक्तिगतविधातर्फ स्पाइकर, ब्लकर, सेटर, सर्भर, डिफेन्डरले समान ५ हजार प्राप्त गर्नेछन् ।
December 19, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ओलम्पिक कमिटी (एनओसी) ले एलए ओलम्पिक, एसियाली खेलकुद र युथ ओलम्पिकका गरि १४ खेलाडीलाई छात्रवृत्ति प्रदान गरेको छ। सन् २०२८ मा हुने एलए ओलम्पिकका लागि विभिन्न ८ खेलका समान खेलाडीले छात्रवृत्ति प्राप्त गरेका छन्। एलए ओलम्पिकसम्मका लागि तयारीका लागि मासिक १ हजार १ सय २५ अमेरिकी डलर प्राप्त गर्नेछन्। यसरी ओलम्पिक […]
December 18, 2025
काठमाडाैं (हाम्रो खेलकुद)- आयोजक बिआइए इन्स्टिच्युटले पहिलोपटक आयोजना भएको ह्विलचेयर रग्बी मैत्रीपूर्ण प्रतियोगिताको उपाधि जितेको छ। बौद्धस्थित डाउनटाउनमा बिहीवार भएको खेलमा बिआइएले स्पाइनल इन्जरी संघ नेपाललाई ५-३ स्कोरले हराउँदै उपाधि हात पारेको हो। गोकर्णेश्वर नगरपालिका वडा नम्बर ५, नेपाल रग्बी संघ तथा नेपाल स्पाइनल कर्ड इन्जरी संघको सहयोगमा सम्पन्न यो प्रतियोगिता नेपालमा ह्विलचेयर रग्बी खेलको […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]