default_image

4 years ago

March 26, 2022

मुख्यमन्त्री कप राष्ट्रिय भलिबलमा आर्मी च्याम्पियन

381 views

0 Bookmark


धनगढी (हाम्रो खेलकुद)– त्रिभुवन आर्मी क्लबले दोस्रो मुख्यमन्त्री कप राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि जितेको छ । कैलालीको धनगढी रंगशालाको कभर्ड हलमा शनिबार भएको फाइनलमा अर्को विभागिय टोली नेपाल पुलिस क्लबलाई ३–१ सेटले हराउँदै आर्मी च्याम्पियन बनेको हो ।

सुरुवाती दुई सेटमा २५–२३,२५–२० ले जितेको आर्मीले तेस्रो सेट भने १८–२५ ले गुमाएको थियो । चौथो सेटमा आर्मी कडा चुनौतीका बावजुद पुलिसलाई २५–२२ ले हराउँदै उपाधि जितेको हो । आर्मीले उपाधिका साथ ४ लाख, दोस्रो पुलिसले २ लाख रुपैयाँ प्राप्त गरेयो । तेस्रो स्थान प्राप्त गरेको गण्डकी प्रदेशले १ लाख र चौथो भएको एपिएफ क्लबले ५० हजार रुपैयाँ प्राप्त गर्यो ।

सुदूरपश्चिम खेलकुद विकास परिषद्को आयोजनामा चैत ७ गतेदेखि सुरु भएको प्रतियोगितामा ७ प्रदेश र ३ विभाग गरि १० टोलीको सहभागिता रहेको थियो । आर्मीले यो वर्ष उपाधिमा ह्याट्रिक गरेको छ । माघ पोखरामा भएको टाइगर कप भलिबल प्रतियोगिताको उपाधि जित्नु अघि आर्मीले एनभिए क्लब च्याम्पियनसिप जितेको थियो । आर्मीले ती दुवै फाइनलमा टिप टप हेल्प नेपाललाई हराएको थियो ।

December 19, 2025

एनओसीबाट १४ खेलाडीलाई छात्रवृत्ति प्रदान

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ओलम्पिक कमिटी (एनओसी) ले एलए ओलम्पिक, एसियाली खेलकुद र युथ ओलम्पिकका गरि १४ खेलाडीलाई छात्रवृत्ति प्रदान गरेको छ। सन् २०२८ मा हुने एल‌ए ओलम्पिक‌का लागि विभिन्न ८ खेलका समान खेलाडीले छात्रवृत्ति प्राप्त गरेका छन्। एल‌ए ओलम्पिक‌सम्मका लागि तयारीका लागि मासिक १ हजार १ सय २५ अमेरिकी डलर प्राप्त गर्नेछन्। यसरी ओलम्पिक […]

December 18, 2025

ह्विलचेयर रग्बीमा बिआइए इन्स्टिच्युट विजयी

काठमाडाैं (हाम्रो खेलकुद)- आयोजक बिआइए इन्स्टिच्युटले पहिलोपटक आयोजना भएको ह्विलचेयर रग्बी मैत्रीपूर्ण प्रतियोगिताको उपाधि जितेको छ। बौद्धस्थित डाउनटाउनमा बिहीवार भएको खेलमा बिआइएले स्पाइनल इन्जरी संघ नेपाललाई ५-३ स्कोरले हराउँदै उपाधि हात पारेको हो। गोकर्णेश्वर नगरपालिका वडा नम्बर ५, नेपाल रग्बी संघ तथा नेपाल स्पाइनल कर्ड इन्जरी संघको सहयोगमा सम्पन्न यो प्रतियोगिता नेपालमा ह्विलचेयर रग्बी खेलको […]

December 11, 2025

दोलखा चेस होम्सलाई राष्ट्रिय टिम चेस उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि  जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]

Success

Thank you for your time.