default_image

4 years ago

April 5, 2022

सिलवालको रिट खारेज, घिसिङलाई राखेप फर्कन बाटो खुल्यो

286 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– तत्कालिन सदस्यसचिव रमेश सिलवालले राष्ट्रिय खेलकुद परिषद (राखेप) बाट आफूलाई बर्खास्त गर्ने सरकारको निर्णयविरुद्ध दायर गरेको रिट सर्वोच्च अदालतले खारेज गरेको छ ।

न्यायाधीश अनिलकुमार सिन्हा र कुमार रेग्मीको इजलास संयुक्त इजलासले सिलवालले दायर गरेको रिट खारेज गरेको सर्वोच्चका प्रवक्ता विमल पौडेलले जानकारी दिएका छन्। ‘सिलवाल जीले दायर गरेको रिट खारेज गर्ने अन्तिम फैसला भएको छ । यसको अल्पकालिन अन्तरिम आदेश स्वत खारेज भएको छ,’ प्रवक्ता पौडेलले भने, ‘सरकारले सदस्य सचिवमा नियुक्त गरेका टंकलाल घिसिङ लाई काममा फर्कन बाटो खुलेको छ ।’

तत्कालिन सदस्य सचिव सिलवाललाई कात्तिक १ गते बर्खास्त गरेको मन्त्री परिषद्ले घिसिङलाई सदस्य सचिव नियुक्त गरेको थियो । त्यसकाविरुद्धमा सिलवाल सर्वोच्च पुगेका थिए । तर, निर्णय उनको विपक्षमा आएको छ । सवोच्चमा लामो समय मुद्दा विचाराधिक रहेपछि युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले राखेप कर्मचारीबाटै कुलबहादुर थापालाई कार्यवहाक सदस्य सचिवको जिम्मेवारी दिएका थिए ।

December 6, 2025

भलिबल प्रशिक्षक राई झापामा १ लाखसहित सम्मानित

हिमाल खरेल, बिर्तामोड न्यु डायमन्ड क्लबका प्रशिक्षक कुमार राई झापामा १ लाख रुपैयाँसहित सम्मानित भएका छन् । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको दौरान राईलाई सम्मान गरिएको हो । बिर्तामोड तथा अर्जुनधाराका विभिन्न व्यक्ति तथा व्यावसायिक प्रतिष्ठानहरुले राष्ट्रिय यु १९ महिला टोलीका प्रशिक्षक समेत रहेका राईलाई १ लाख रुपैयाँभन्दा बढी धनराशिसहित आज सम्मान […]

December 6, 2025

एपिएफ अर्जुनधारा महिला भलिबलको फाइनलमा

हिमाल खरेल, बिर्तामोड‌ नेपाल एपिएफ क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा न्यु डायमन्ड क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ उपाधिनजिक पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा एपिएफले पहिलो, दोस्रो र चौथो सेटमा न्यु डायमन्डलाई हराएको हो । एपिएफ २५–२२, २५–१६ ,२२-२५ र […]

December 6, 2025

अर्जुनधारा महिला भलिबलः पुलिस फाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनल खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस उपाधिनजिक पुगेको हो । पुलिसले आर्मीलाई २५-६, २५-१५ र २५-१७ को सोझो सेटमा हराएको हो । पुलिसले कम्तिमा १ लाख रुपैयाँ […]

Success

Thank you for your time.