4 years ago
April 21, 2022
काठमाडौं (हाम्रो खेलकुद)– १३ औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता त्रिभुवन आर्मी क्लबकी मिनु गुरुङ र लुम्बिनी प्रदेशकी माया खत्री गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिताको महिला ५१ केजीको सेमिफाइनलमा पुगेका छन् ।
बसन्तपुर डबलीमा जारी प्रतियोगिताको तेस्रो दिन बिहीबार मिनुले बागमती प्रदेशकी अस्मिता दुवाललाई र मायाले सुदूरपश्चिम प्रदेशकीसोनिया शेठ्ठीलाई पराजित गर्दै अन्तिम चारको यात्रा तय गरेका हुन् । महिला ५७ केजीमा नेपाल प्रहरीकी निशा तामाङले मधेश प्रदेश की सुमिना खड्का तथा प्रदेश १ की सुस्मिता राईले गण्डकी प्रदेशकी सिमा गुरुङलाई पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरे ।
एपीएफकी संगिता सुनारले प्रदेश १ की सम्झना देउलाबाट वाकओभर पाउदै महिला ६० केजीको सेमिफाइनलमा पुगिन् । अर्को क्वाटरफाइनलमा प्रदेश १ की नारिका राईले लुम्बिनीकी सुरक्षाकुमारी कुमाललाई हराउँदै अनितम चारमा पुगेकी छन् । महिला ६९ केजीमा लुम्बिनीकी जुनमाया थारुले कर्णालीकी अस्मिता चन्दलाई पन्छ्याउदै सेमिफाइनल पुगेकी छन् ।
सौगात र पुरन अन्तिम चारमा
गण्डकी प्रदेशका सौगात कुमाल र एपिएफका पुरन पुरुष ५७ केजीको सेमिफाइनलमा पुगेका छन् । वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीद्वारा आयोजित प्रतियोगिताको क्वाटरफाइनलमा सौगातले मधेशका अमन अली तथा पुरनले लुम्बिनी प्रदेशका निशम घर्ती मगरलाई पराजित गरे ।
पुरुष ५२ केजीमा मधेसका मदनकृष्ण डंगोलले सुदूरपश्चिमका सन्दिप नाथ तथा एपिएफका प्रदीप महर्जनले बागमतीका रोहित महर्जनलाई हराउदै सेमिफाइनलमा पुगेका छन् । आर्मीका पुरन सुनुवारले बागमतीका मौसम राना मगर तथा लुम्बिनीका अनिल पुन मगरले सुदूरपश्चिमका महेन्द्र चन्दलाई हराउँदै ६३ केजीको अन्तिम चारमा पुगेका छन् ।
६९ केजीमा आर्मीका दानबहादुर दर्लामीले लुम्बिनीका विकास राना मगरलाई पन्छ्याउदै सेमिफाइनल यात्रा तय गरे । सोही तौलसमूहमा बाग्मतीका शिरीश खनालले प्रदेश १ का अभिनय राईबाट वाकओभर पाउदै सेमिफाइनलमा पुगे । ७५ केजीमा कर्णाली प्रदेशका दिलराज भण्डारीले सुदूरपश्चिमका भूपेन्द्र बिसी तथा प्रदेश १ का सनम गुरुङले गण्डकीका निसान गुरुङको चुनौती समाप्त पार्दै सेमिफाइनलमा स्थान सुरक्षित गरे ।
८१ केजीमा बागमतीका रोशन स्याङ्तान र सुदूरपश्चिमका श्यामबहादुर महता अन्तिम चारमा पुग्न सफल भए । रोशनले मधेशका किरण लामा तथा श्यामले गण्डकीका मनीष बिसीलाई हराएका थिए । ९१ केजीमा आर्मीका गणेश प्रधानले सुदूरपश्चिमका दिनेश भट्ट तथा प्रदेश १ का प्रसिश रुचालले बागमतीका उमंग महर्जनलाई हराएर सेमिफाइनल पुगे ।
December 4, 2025
हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]
December 4, 2025
हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा एपिएफ क्लबले दोस्रो जित निकालेको छ । आज भएको पहिलो प्रतिस्पर्धात्मक खेलमा एपिएफले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३-१ सेटले पराजित गरेको हो । एपिएफ २५-१५,२२-२५,२५-१८,२५-१८ विजयी भएको हो । आर्मीले २२–२५ को सेट आफ्नो पक्षमा पारेको थियो । खेलको प्लेयर अफ द म्याच […]
December 3, 2025
हिमाल खरेल, बिर्तामोड झापाको अर्जुनधारामा सुरु अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा एपिएफ क्लब र न्यु डायमन्ड क्लब विजयी भएका छन् । आज भएको उद्घाटन खेलमा एपिएफले एभरेस्ट लुम्बिनी क्लबलाई हराएको हो । एपिएफले एभरेस्ट लुम्बिनीलाई ३-० को सोझो सेटमा हराएको हो । एपिएफले ११-२५, १५-२५ र २२-२५ को सेटमा पराजित गरेको हो । एपिएफकी नेविका […]