default_image

2 days ago

December 3, 2025

अर्जुनधारा महिला भलिबल – एपिएफ र न्यु डायमन्ड विजयी

942 views

0 Bookmark

हिमाल खरेल, बिर्तामोड

झापाको अर्जुनधारामा सुरु अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा एपिएफ क्लब र न्यु डायमन्ड क्लब विजयी भएका छन् । आज भएको उद्घाटन खेलमा एपिएफले एभरेस्ट लुम्बिनी क्लबलाई हराएको हो ।

एपिएफले एभरेस्ट लुम्बिनीलाई ३-० को सोझो सेटमा हराएको हो । एपिएफले ११-२५, १५-२५ र २२-२५ को सेटमा पराजित गरेको हो । एपिएफकी नेविका चौधरी प्लेयर अफ द म्याच घोषित भइन्।

त्यस्तै, आज भएको दोस्रो खेलमा न्यु डायमन्डले कोशी प्रदेश भलिबल टिमलाई ३-० को सोझो सेटमा हराएको हो । न्यु डायमन्डले १४-५, ८-२५ र ९-२५ को सेटमा पराजित गरेको हो । न्यु डायमन्डकी जेनिसा विश्वकर्मा प्लेयर अफ दि म्याच घोषित भइन् ।

प्लेयर अफ दि पूर्वकानुनमन्त्री अग्नि खरेल, अर्जुनधारा ६ का वडा अध्यक्ष हरिशचन्द्र बास्तोला, आयोजक अध्यक्ष सुरेन्द्र धिमाल, सहआयोजकका अध्यक्ष वीरबहादुर राईलगायतले ५ हजार रुपैयाँ र ट्रफी प्रदान गरे ।

भोलिको पहिलो खेल नेपाल एपिएफ क्बल र त्रिभुवन आर्मी क्बलबीच हुनेछ । त्यस्तै, दोस्रो खेलमा न्यु डायमन्डले नेपाल पुलिस क्लबको सामना गर्नेछ ।

मंसिर १९ गते पहिलो खेल एभरेस्ट भलिबल क्लब र त्रिभुवन आर्मी क्लबबीच हुनेछ । सोही दिन दोस्रो खेल कोशी प्रदेश भलिबल टिमले नेपाल पुलिस क्लबको सामना गर्नेछ ।

प्रतियोगितामा सहभागी ६ टिमलाई दुई समूहमा बाँडिएको छ । समूह ‘ए’ मा एपिएफ, एभरेस्ट र त्रिभुवन आर्मी छन् । त्यस्तै, समूह ‘बि’ मा न्यु डायमन्ड, कोशी प्रदेश र नेपाल पुलिस रहेका छन् ।

मंसिर २० गते पहिलो सेमिफाइनल खेल बिहान ९ बजे समूह ‘ए’ को विजेता र समूह ‘बि’ को उपविजेताबीच हुनेछ । सोही दिन अन्तिम सेमिफाइनल खेल दिउँसो २ः३० बजे समूह ‘बि’ को विजेता र समूह ‘ए’ को उपविजेताबीच हुनेछ ।

अर्जुनधारा–६ मा रहेको लक्ष्मी माविको मैदान जारी प्रतियोगिताको फाइनल खेल मंसिर २१ गते हुने सहआयोजक लक्ष्मी माविका अध्यक्ष वीरबहादुर राईले बताए ।

झापामा राष्ट्रियस्तरको महिला भलिबल पहिलोपटक भएको हो । प्रतियोगिताको विजेताले २ लाख, दोस्रोले १ लाख र तेस्रो हुने टोलीले समान ३० हजार रुपैयाँ पुरस्कार पाउने आयोजक नगर खेलकुद विकास समितिका अध्यक्ष सुरेन्द्र धिमालले बताए ।

त्यस्तै, सर्वोत्कृष्ट खेलाडीले १५ हजार पाउँदा, प्रत्येक दिनको प्लेयर अफ द म्याचले ५ हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछन् । त्यस्तै, बेस्ट स्पाइकर, बेस्ट ब्लकर, बेस्ट सर्भर, बेस्ट सेटर र बेस्ट लिबेरोले १० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्ने प्रतियोगिता संयोजक प्रभा काम्बाङले बताइन् ।

December 4, 2025

अर्जुनधारा महिला भलिबलमा पुलिसको जित

हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]

December 4, 2025

अर्जुनधारा महिला भलिबल- एपिएफको दोस्रो जित

हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा एपिएफ क्लबले दोस्रो जित निकालेको छ । आज भएको पहिलो प्रतिस्पर्धात्मक खेलमा एपिएफले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३-१ सेटले पराजित गरेको हो । एपिएफ २५-१५,२२-२५,२५-१८,२५-१८ विजयी भएको हो । आर्मीले २२–२५ को सेट आफ्नो पक्षमा पारेको थियो । खेलको प्लेयर अफ द म्याच […]

December 3, 2025

अर्जुनधारा महिला भलिबल – एपिएफ र एभरेष्टबीच उद्घाटन खेल हुने

हिमाल खरेल, बिर्तामोड अर्जुनधारा खुला महिला भलिबलको खेल तालिका सार्वजनिक भएको छ । आयोजक नगर खेलकुद विकास समिति र सहआयोजक लक्ष्मी माविले आजदेखि मंसिर २१ गतेसम्म हुने प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेका हुन् । हिजो बिर्तामोडमा सार्वजनिक लिग तथा नकआउट खेलको तालिकाअनुसार पहिलो खेल नेपाल एपिएफ क्लब र एभरेस्ट लुम्बिनी क्लबबीच हुनेछ । खेल दिउँसो […]

Success

Thank you for your time.