default_image

4 years ago

April 22, 2022

राखेप बोर्ड बैठक बस्दै

266 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– तीन वर्ष भन्दा लामो समयपछि राष्ट्रिय खेलकुद परिषद् (राखेप) को बोर्ड बैठक शुक्रबार बस्दैछ । लुम्बिनी प्रदेशमा २०७५/०७६ मा आठौं राष्ट्रिय खेलकुद आयोजना हुनु अघि राखेपको १ सय ११ औं बैठकयता अर्को बैठक बस्न सकेको थिएन ।

युवा तथा खेलकुद मन्त्री महेश्वजंग गहतराजको अध्यक्षतामा बोर्डको १ सय १२ औं बैठक सिंहदरबारस्थित खेलकुद मन्त्रालयमा बिहान ११ बजे सुरु हुने बताइएको छ । राखेप सदस्य सचिव टंकलाल घिसिङका अनुसार बैठकमा मुख्यतः नवौं राष्ट्रिय खेलकुद र एसियाली खेलकुदको सहभागिता विषयमा छलफल हुनेछ ।

त्यस्तै विविधमा अन्य थुप्रै विषय रहेको सदस्य सचिव घिसिङले जानकारी दिए । नवौं राष्ट्रिय खेलकुद जेठ २२ देखि २८ गते सम्म गण्डकीको राजधानी पोखरामा गर्ने मन्त्रीपरिषद्ले चैत ३० गते निर्णय गरिसकेको छ । चीनमा भदौंमा आयोजना हुने एसियाली खेलकुदमा नेपालले कति खेलमा भाग लिने निर्णय मात्र नगरेको होइन तयारी समेत सुरु गरेको छैन ।

बोर्ड बैठकमा गहतराजले मन्त्रीस्तरीय निर्णयबाट नियुक्त गरेका र हटाएका सदस्यहरुलाई भने डाकिएको छैन । त्यसको मुद्दा अदालतमा विचाराधिन रहेकोले ती सदस्यलाई बोर्ड बैठकमा नबोलइएको घिसिङले प्रष्ट पारेका छन् । मन्त्रीपरिषद्बाट नियुक्त भएका राखेप सदस्य भने बैठकमा सहभागी हुने उनले जानकारी दिए ।

१३ औं दक्षिण एसियाली खेलकुद (साग) आयोजनका समयमा होस् वा त्यसपछि राष्ट्रिय खेलकुद विकास ऐन २०७७ को लागूपछि सदस्य सचिवलगायत सदस्यहरुको नयाँ नियुक्ती होस् त्यसयता पनि बोर्ड बैठक बस्न सकेको थिएन । तत्कालिन सदस्य सचिव रमेशकुमार सिलवालको बर्खास्ती र नयाँ सदस्य सचिवमा टंकलाल घिसिङको नियुक्तीपछि राखेप झनै काम गर्न नसक्ने अवस्थामा पुगेको थियो ।

सिलवालले सर्वोच्चमा रिट दायर गरेसँगै राखेप झण्डै ४ महिना नेतृत्व विहिन भएको थियो । सिलवालको रिटलाई चैत २२ गते सर्वोच्चले खारेज गरेसँगै घिसिङले पुनः राखेपको नेतृत्व सम्हालेका थिए ।

December 6, 2025

भलिबल प्रशिक्षक राई झापामा १ लाखसहित सम्मानित

हिमाल खरेल, बिर्तामोड न्यु डायमन्ड क्लबका प्रशिक्षक कुमार राई झापामा १ लाख रुपैयाँसहित सम्मानित भएका छन् । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको दौरान राईलाई सम्मान गरिएको हो । बिर्तामोड तथा अर्जुनधाराका विभिन्न व्यक्ति तथा व्यावसायिक प्रतिष्ठानहरुले राष्ट्रिय यु १९ महिला टोलीका प्रशिक्षक समेत रहेका राईलाई १ लाख रुपैयाँभन्दा बढी धनराशिसहित आज सम्मान […]

December 6, 2025

एपिएफ अर्जुनधारा महिला भलिबलको फाइनलमा

हिमाल खरेल, बिर्तामोड‌ नेपाल एपिएफ क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा न्यु डायमन्ड क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ उपाधिनजिक पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा एपिएफले पहिलो, दोस्रो र चौथो सेटमा न्यु डायमन्डलाई हराएको हो । एपिएफ २५–२२, २५–१६ ,२२-२५ र […]

December 6, 2025

अर्जुनधारा महिला भलिबलः पुलिस फाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनल खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस उपाधिनजिक पुगेको हो । पुलिसले आर्मीलाई २५-६, २५-१५ र २५-१७ को सोझो सेटमा हराएको हो । पुलिसले कम्तिमा १ लाख रुपैयाँ […]

Success

Thank you for your time.