4 years ago
April 26, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल भलिबल संघ (एनभिए) र जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडबीच मंगलबार प्रायोजन सम्झौता भएको छ । एनभिए र जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडबीच अर्काे साता राजधानीमा सुरु हुने छैटौं संस्करणको आरबिबी एनभिए पुरुष तथा महिला क्लब लिग भलिबलका लागि सम्झौता भएको हो ।
सम्झौतामा जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडका सिइओ रामचन्द्र श्रेष्ठ र नेपाल भलिबल संघको तर्फबाट उपाध्यक्ष निरोज मास्केले हस्ताक्षर गर्दै आदान– प्रदान गरे । सम्झौता अनुसार जनरल इन्स्योरेन्सले एनभिए क्लब लिगमा सहभागी १२ टोलीका सबै १ सय ४४ खेलाडी र ३६ प्रशिक्षक र व्यवस्थापक गरी १ सय ८० जनाको जनही ५ लाख रुपैयाका दरले जम्मा ९ करोड रुपैयाको बिमा हुनेछ । बिमाको प्रतियोगिता भरको लागि हुनेछ । बिमा विशेष गरि ग्राउन्डमा फोकस हुने तर २४ सै घन्टा कायम रहने जनाइएको छ ।
सम्झौतापछि संघका उपाध्यक्ष निरोज मास्केले यसपटकको एनभिएको लागि खेलाडी, प्रशिक्षक र व्यवस्थापकको मात्रै बिमा गरिएको र अर्काे पटकदेखि रेफ्री अफिसियलको पनि बिमाको लागि तयारी गरिरहेको बताइन् । सम्झौता कार्यक्रममा जनरल इन्स्योरेन्सका बिनेश मास्के, विजया न्यौपाने र नेपाल भलिबल संघका सदस्य रोशन श्रेष्ठ, संघका कार्यलय सचिव टेककुमार राजभण्डारीलगायतको उपस्थिति रहेको थियो ।
छैटौ आरबिबी एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग–२०७८ आगमी वैशाख १८ देखि २४ गतेसम्म राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा संचालन हुनेछ । प्रतियोगितामा पुरुषतर्फ त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, एपिएफ क्लब ,हेल्प नेपाल क्लब, गण्डकी प्रदेश, गल्कोट स्पोर्टस क्लब, ढोरपाटन स्पोर्टस क्लब गरि कुल ७ टोलीको सहभागीता रहनेछ ।
महिलातर्फ होङ्गान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लब, नेपाल एपिएफ क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र एभरेष्ट भलिबल क्लबको सहभागिता रहनेछ । पुरुषतर्फको ७ टोली र महिलातर्फको ५ टोली क्लब च्याम्पियनसिपबाट छनोट भएको हो ।
December 19, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ओलम्पिक कमिटी (एनओसी) ले एलए ओलम्पिक, एसियाली खेलकुद र युथ ओलम्पिकका गरि १४ खेलाडीलाई छात्रवृत्ति प्रदान गरेको छ। सन् २०२८ मा हुने एलए ओलम्पिकका लागि विभिन्न ८ खेलका समान खेलाडीले छात्रवृत्ति प्राप्त गरेका छन्। एलए ओलम्पिकसम्मका लागि तयारीका लागि मासिक १ हजार १ सय २५ अमेरिकी डलर प्राप्त गर्नेछन्। यसरी ओलम्पिक […]
December 18, 2025
काठमाडाैं (हाम्रो खेलकुद)- आयोजक बिआइए इन्स्टिच्युटले पहिलोपटक आयोजना भएको ह्विलचेयर रग्बी मैत्रीपूर्ण प्रतियोगिताको उपाधि जितेको छ। बौद्धस्थित डाउनटाउनमा बिहीवार भएको खेलमा बिआइएले स्पाइनल इन्जरी संघ नेपाललाई ५-३ स्कोरले हराउँदै उपाधि हात पारेको हो। गोकर्णेश्वर नगरपालिका वडा नम्बर ५, नेपाल रग्बी संघ तथा नेपाल स्पाइनल कर्ड इन्जरी संघको सहयोगमा सम्पन्न यो प्रतियोगिता नेपालमा ह्विलचेयर रग्बी खेलको […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]