4 years ago
May 2, 2022
काठमाडौं (हाम्रो खेलकुद) – गण्डकी प्रदेश भलिबल क्लब र नेपाल पुलिस क्लब छैटौं आरबिबी एनभिए. राष्ट्रिय महिला तथा पुरुष भलिबल क्लब लिग २०७९ मा पुरुष आइतबार विजयी सुरुवात गरेका छन् ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा पहिलो खेलमा गण्डकीले ढोरपाटन स्पोर्टस क्लबमाथि ३ – १ को जित निकाल्यो । गण्डकी २५–१६, २३–२५, २५–१९, २६–२४ ले विजयी हुँदै ३ अंक बटुल्न सफल भयो । यस्तै आफ्नो पहिलो खेलमा पुलिसले गलकोट स्पोर्टस् क्लबलाई २५–१५, २५–१७, २५–२२ को सोझो सेटमा पराजित गर्यो ।
बैशाख २४ गते सम्म संचालन हुने लिगको राखेपका सदस्य सचिव टंकलाल घिसिङले उद्घाटन गरेका थिए । सदस्य सचिव घिसिङले प्रतियोगिता रेफ्रि पूर्ण चौलागाईलाई भलिबल प्रदान गर्दै प्रतियोगिताको सुरुवात गरेका थिए । क्लब लिगमा महिला तर्फ होङ्गवान्जी न्यू डायमण्ड स्पोर्टस् क्लब, नेपाल एपिएफ क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र बुटवलको एभरेष्ट भलिबल क्लब गरि ५ क्लबको सहभागिता रहेको छ ।
पुरुष तर्फ त्रिभुवन आर्मी क्लब, टिपटप हेल्प नेपाल स्पोर्टस् क्लब, नेपाल पुलिस क्लब, नेपाल एपिएफ क्लब, गलकोट स्पोर्टस् क्लब, गण्डकी प्रदेश भलिबल क्लब र ढोरपाटन स्पोर्टस क्लब गरि ७ क्लबको सहभागिता छ ।
December 19, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ओलम्पिक कमिटी (एनओसी) ले एलए ओलम्पिक, एसियाली खेलकुद र युथ ओलम्पिकका गरि १४ खेलाडीलाई छात्रवृत्ति प्रदान गरेको छ। सन् २०२८ मा हुने एलए ओलम्पिकका लागि विभिन्न ८ खेलका समान खेलाडीले छात्रवृत्ति प्राप्त गरेका छन्। एलए ओलम्पिकसम्मका लागि तयारीका लागि मासिक १ हजार १ सय २५ अमेरिकी डलर प्राप्त गर्नेछन्। यसरी ओलम्पिक […]
December 18, 2025
काठमाडाैं (हाम्रो खेलकुद)- आयोजक बिआइए इन्स्टिच्युटले पहिलोपटक आयोजना भएको ह्विलचेयर रग्बी मैत्रीपूर्ण प्रतियोगिताको उपाधि जितेको छ। बौद्धस्थित डाउनटाउनमा बिहीवार भएको खेलमा बिआइएले स्पाइनल इन्जरी संघ नेपाललाई ५-३ स्कोरले हराउँदै उपाधि हात पारेको हो। गोकर्णेश्वर नगरपालिका वडा नम्बर ५, नेपाल रग्बी संघ तथा नेपाल स्पाइनल कर्ड इन्जरी संघको सहयोगमा सम्पन्न यो प्रतियोगिता नेपालमा ह्विलचेयर रग्बी खेलको […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]