4 years ago
May 11, 2022
नेपालगन्ज (हाम्रो खेलकुद) – भारोत्तोलन खेलाडी सन्जु चौधरीको पार्थिव शरीरमा युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले राष्ट्रिय झण्डा ओढाएर सम्मान व्यक्त गरेका छन् ।

बुधबार बिहान बाँकेको राप्ति सोनारीस्थित स्वर्गिय चौधरीको निवासमा पुगेर मन्त्री गहतराजले राष्ट्रिय झण्डा ओढाई श्रद्धाञ्जली अर्पण गरेका हुन् । मंगलबार बिहान ललितपुरको लुभुमा मृत अवस्थामा भेटिएकी चौधरीको शव मंगलबारै उनको गृहनगर बाँके लगिएको थियो ।
बाँकेको राप्तीसोनारी ३ बेलासपुरमा रहेको घरमा बुधबार चौधरीको शव अन्तिम श्रद्धाञ्जलीका लागी राखिएको छ । चौधरीलाई अन्तिम श्रद्धाञ्जली दिन बेलासपुर पुगेका मन्त्री गहतराजले राष्ट्रिय झण्डा ओढाएर सम्मान ब्यक्त गरेका हुन् ।
श्रद्धाञ्जली सभामा बोल्दै मन्त्री गहतराजले चौधरीको निधनले नेपाली खेल क्षेत्रमा अपुरणिय क्षती पुगेको बताए । चौधरीको निधनले सिंगो खेल क्षेत्रलाई स्तब्ध बनाएको उल्लेख गर्दै मन्त्री अथकले श्रद्धाञ्जली अर्पण गरे ।
१३औं दक्षिण एसियाली खेलकुदमा भारोत्तोलन तर्फबाट स्वर्ण पदक बिजेता खेलाडी चौधरी एसियाली खेलकुदको तयारीका क्रममा ललितपुरमा प्रशिक्षक सन्जय महर्जनकै घरमा बस्दै आएका थिइन् ।
आसन्न १९औं एसियाड र नवौं राष्ट्रिय खेलकुदलाई तयारीका क्रममा रहेकी थिइन् । ललितपुरको महालक्ष्मी नगरपालिका ९ लुभुमा बस्दै आएकी २३ वर्षिया चौधरी मंगलबार बिहान ५:३० बजे मृत अवस्थामा भेटिएका थिइन् । पोस्टमार्टम रिपोर्टमा उनले आत्महत्या गरेको पुष्टि भइसकेको छ । चौधरीको उहाँकै गृहनगरमा बुधबार धार्मिक बिधि अनुसार अन्तिम संस्कार गरीएको छ ।
त्यसअघि मंगलबार उनको पार्थव शरीरलाई श्रद्धान्जलीका लागि त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को हातामा राखिएको थियो । सांसद तथा नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठ, राखेपका सदस्यसचिव टंकलाल घिसिङ, नेपाल भारोत्तोलन संघका अध्यक्ष रामकृष्ण श्रृष्ठ ‘बोस’, ओलम्पिक कमिटिकाी महासचिवल निलेन्द्र राज श्रेष्ठगायत खेलकर्मीसँगै पदाधिकारीले उनलाई श्रद्धान्जली अर्पण गरेका थिए ।
December 4, 2025
हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]
December 4, 2025
हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा एपिएफ क्लबले दोस्रो जित निकालेको छ । आज भएको पहिलो प्रतिस्पर्धात्मक खेलमा एपिएफले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३-१ सेटले पराजित गरेको हो । एपिएफ २५-१५,२२-२५,२५-१८,२५-१८ विजयी भएको हो । आर्मीले २२–२५ को सेट आफ्नो पक्षमा पारेको थियो । खेलको प्लेयर अफ द म्याच […]
December 3, 2025
हिमाल खरेल, बिर्तामोड झापाको अर्जुनधारामा सुरु अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा एपिएफ क्लब र न्यु डायमन्ड क्लब विजयी भएका छन् । आज भएको उद्घाटन खेलमा एपिएफले एभरेस्ट लुम्बिनी क्लबलाई हराएको हो । एपिएफले एभरेस्ट लुम्बिनीलाई ३-० को सोझो सेटमा हराएको हो । एपिएफले ११-२५, १५-२५ र २२-२५ को सेटमा पराजित गरेको हो । एपिएफकी नेविका […]