4 years ago
May 17, 2022
काठमाडौं (हाम्रो खेलकुद)– नवौं राष्ट्रिय खेलकुद पूर्व निर्धारित समयमा नहुने देखिएपनि सरकारले त्यसबारे अर्को कुनै निर्णय गरिसकेको छैन । चैत ३० गतेको मन्त्रीपरिषद् बैठकले जेठ २२ देखि २८ गते सम्म गण्डकी प्रदेशको राजधानी पोखरामा नवौं राष्ट्रिय खेलकुद आयोजना गर्ने निर्णय गरेको थियो ।
खेल संख्या निर्धारण, लोगो, मस्कट र नारा सार्वजनिक भएपनि त्यसपछिका प्रक्रिया अघि नबढेका कारण राष्ट्रिय खेलकुद पूर्व निर्धारित समयमा नहुने लगभग निश्चित जस्तै छ । मुख्य त राष्ट्रिय खेलकुदका लागि तयार पारिएको प्रतियोगिता निर्देशिका अर्थ मन्त्रालयबाट पास नभएका कारण आयोजनाका प्रक्रिया अघि बढ्न नसकेको बताइएको छ । यद्दपी यस विषयमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) आधिकारिक जानकारी भने दिएको छैन ।
सार्वजनिक खरिद ऐनको अवधि ३५ दिनको हुनुपर्ने राखेपले ७ दिनको प्रस्ताव गरेपछि प्रक्रिया रोकिएको श्रोतले बतायो । राखेपले कुनै पनि सुचना नगरेका कारण सहभागी टोली पनि अन्यौलमा छन् । ‘जिल्ला छनोटको काम त अघि बढेको छैन , पूर्व निर्धारित समय अनुसार तीन साता भन्दा पनि कम समय छ,’ प्रदेश खेलकुद विकास समितिका एक पदाधिकारीले भने,‘यहि अवस्थामा नवौं राष्ट्रिय खेलकुद पूर्व निर्धारित समयमा हुन सक्दैन ।आधिकारिक जानकारी केहि आएको छैन । जिल्ला जिल्लाबाट हामीलाई प्रश्न आउँछ । ठोस जवाफ दिन सकेका छैनौं ।’
वैशाख ९ गते बसेको राखेप बोर्ड बैठकले ३६ प्रतिस्पर्धात्मक र २ प्रर्दशनी गरि ३८ खेल नवौं राष्ट्रिय खेलकुदमा समावेश गर्ने निर्णय गरेको थियो । वैशाख २४ गते नवौं राष्ट्रिय खेलकुद खेलकुदको लोगो, मस्कट र नारा सार्वजनिक गरेको छ । राखेपले जेठ १० गते भित्र टिम दर्ताका लागि समय सिमा तोकेको छ ।
जिल्लाको छनोट समेत सुरु नभएकाले सहभागी ११ टोलीले जेठ १० भित्र टिम दर्ताको सम्भावना देखिन्न । ७ प्रदेश, ३ विभाग ९सेना, प्रहरी र सशस्त्र प्रहरी० र एनआरएनए गरि ११ टोलीले नवौं राष्ट्रिय खेलकुदमा भाग लिने यसअघि नै राखेपले सार्वजनिक गरिसकेको छ ।
December 5, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]
December 5, 2025
हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]
December 4, 2025
हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]