default_image

3 years ago

July 11, 2022

पलेसा, प्रिन्स र अरुणासहित १३ खेलाडी पुरस्कृत

233 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद (राखेप) ले पारा तेक्वान्दोकी पलेशा गोवद्र्धन श्रेष्ठ, ब्याडमिन्टनका प्रिन्स दाहाल र भलिबलकी अरुणा शाहीसहित १३ खेलाडीलाई नगद पुरस्कारले पुरस्कृत गरेको छ ।

राष्ट्रपति महिला खेलकुद सहभागिता अभिवृद्धि कार्यक्रमको दौरान खेलाडीहरुलाई तीन श्रेणीमा विभाजन गर्दै राखेपले सोमबार नगदसहित पुरस्कृत गरेको हो । राखेपले दुई खेलाडीलाई जनही १ लाख ५० हजार, चार खेलाडीलाई १ लाख रुपैयाँ र सात खेलाडीलाई जनही ५० हजार रुपैयाँबाट पुरस्कृत गरेको हो ।

पारा ओलम्पिकमा भाग लिएकी पलेशा र प्रिन्स १ लाख ५० हजार रुपैयाँ र सम्मानपत्रले पुरस्कृत भए । गत वर्ष टोकियो पारालिम्पिकमा पदकबाट चुकेकी पलेशाले एसियन युथ पारा तेक्वान्दोमा स्वर्ण जित्न सफल भएकी थिइन् । यस्तै ब्याडमिन्टनका उदियमान प्रिन्स गत वर्ष विश्व ब्याडमिन्टनको जुनियरतर्फ शीर्ष वरीयतामा पर्न सफल भएका थिए ।

बक्सिङका नारिका राई, स्वस्तिका तिरुवा, छिरिङ शेर्पा र पारा तेक्वान्दोकी सृजना घिसिङ जनही १ लाख रुपैया र सम्मान पत्रले पुरस्कृत भए । बक्सिङकी नारिकाले एसियन युथ च्याम्पियनसिपमा कास्य तथा स्वस्तिका र छिरिङले एसियन जुनियर च्याम्पियनसिपमा कास्य जितेका थिए । पारा तेक्वान्दोकी सृजनाले १४ मार्चमा भएको वल्ड प्रेसिडेन्ट कपमा रजत पदक जितेकी थिइन् ।

महिला राष्ट्रिय भलिबल टोलीकी कप्तान अरुणा शाही, एथलेटिक्सकी राजपुरा पछाईं, पुष्पा भण्डारी, ट्रायथलनकी सोनी गुरुङ र बसन्त थारु, पारा तेक्वान्दोकी रन्जना धामी र बिशाल गर्वुजा समान ५० हजार रुपैयाँ र सम्मानपत्रले पुरस्कृत भए ।

एथलेटिक्सकी राजपुराले भारतमा २०२२ जनवरीमा भएको दक्षिण एसियाली क्रस कन्ट्रीमा रजत र पुष्पाले ढाका म्याराथनमा रजत जितेका थिइन् । भलिबलकी अरुण शाहीको कप्तानीमा नेपालले गत वर्ष बंगलादेशमा आयोजना भएको एभिसी सेन्ट्रल जोनमा स्वर्ण जित्न सफल भएको थियो । सेन्ट्रल जोनमा नेपालले लगातार स्वर्ण जितेको हो ।

ट्रायथलनका सोनी र बसन्तले नवौं दक्षिण एसियाली च्याम्पियनसिप २०२२ मा कास्य जितेका थिए । पारा तेक्वान्दोकी रन्जनाले एसियन गेक्स छनोटमा कास्य तथा बिशालले युथ एसियन गेम्स २०२१ म कास्य हात पारेका थिए ।

खेलाडीहरुलाई युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराज, राखेपका उपाध्यक्ष शिव कोइराला, सदस्य सचिव टंक लाल घिसिङ, माइती नेपालकी संस्थापक अध्यक्ष अनुराधा कोइराला, नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्र राज श्रेष्ठ, ओलम्पियन दीपक विष्ट, नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ र कार्यक्रमका सभापति तथा राखेपका बोर्ड सदस्य चन्द्र बदना राईलगायतले पुरस्कृत गरे ।

कार्यक्रम दौरान चरी माया तामाङ, एसिड आक्रमणमा परेकी मुस्कान खातुन, ओलम्पियन संगीना वैद्य र अल्ट्रा धाविका मीरा राईको जीवन कथा समेटिएको भिडियो प्रदर्शनी गरिएको थियो । कार्यक्रममा माइती नेपालकी संस्थापक अध्यक्ष अनुराधा कोइरालाको पनि उपस्थिति रहेको थियो ।

December 6, 2025

भलिबल प्रशिक्षक राई झापामा १ लाखसहित सम्मानित

हिमाल खरेल, बिर्तामोड न्यु डायमन्ड क्लबका प्रशिक्षक कुमार राई झापामा १ लाख रुपैयाँसहित सम्मानित भएका छन् । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको दौरान राईलाई सम्मान गरिएको हो । बिर्तामोड तथा अर्जुनधाराका विभिन्न व्यक्ति तथा व्यावसायिक प्रतिष्ठानहरुले राष्ट्रिय यु १९ महिला टोलीका प्रशिक्षक समेत रहेका राईलाई १ लाख रुपैयाँभन्दा बढी धनराशिसहित आज सम्मान […]

December 6, 2025

एपिएफ अर्जुनधारा महिला भलिबलको फाइनलमा

हिमाल खरेल, बिर्तामोड‌ नेपाल एपिएफ क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा न्यु डायमन्ड क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ उपाधिनजिक पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा एपिएफले पहिलो, दोस्रो र चौथो सेटमा न्यु डायमन्डलाई हराएको हो । एपिएफ २५–२२, २५–१६ ,२२-२५ र […]

December 6, 2025

अर्जुनधारा महिला भलिबलः पुलिस फाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनल खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस उपाधिनजिक पुगेको हो । पुलिसले आर्मीलाई २५-६, २५-१५ र २५-१७ को सोझो सेटमा हराएको हो । पुलिसले कम्तिमा १ लाख रुपैयाँ […]

Success

Thank you for your time.