3 years ago
July 12, 2022
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा १२ औं केन्द्रीय स्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता मंगलबार राजधानीमा सुरु भएको छ ।

विभिन्न ६ खेल समावेश प्रतियोगितामा प्रदेश १ र मधेश प्रदेश बाहेक ५ प्रदेशको सहभागिता रहेको छ । भलिबल, कबड्डी, एथलेटिक्स, तेक्वान्दो, कराते र उसुमा ५ सय खेलाडीले प्रतियोगितामा भाग लिएको राखेपले जनाएको छ । एथलेटिक्समा २६, करातेमा ८, तेक्वान्दो र उसुमा समान ६, भलिबल र कबड्डीमा समान २ गरी ५० स्वर्णका लागि प्रतिस्पर्धा हुने बताइएको छ ।
पदकका आधारमा समग्रमा शीर्ष तीन स्थानमा रहने टोली र खेलाडीका लागि कुल ९ लाख ४५ हजार रुपैयाँ पुरस्कार रहेको बताइएको छ। बिहीबारसम्म चल्ने प्रतियोगिता प्रदेश संरचनामा आयोजना भएको यो तेस्रो पटक हो ।
एथलेटिक्स – निशालाई स्वर्ण
एथलेटिक्सको छात्रा १ सय मिटर दौडमा लुम्बिनी प्रदेशकी निशा चौधरी पहिलो भइन् । निशाले १२.५३ सेकेन्डमा निर्धारित दूरी पूरा गरिन् । लुम्बिनीकै रेशु थारु दोश्रो तथा बागमती प्रदेशकी कृतिका रन्जितकार तेश्रो भए ।
छात्रा १ हजार ५ सय मिटर दौड ५ मिनेट २१.० सेकेन्डमा पूरा गरेकी गण्डकी प्रदेशकी जानकी खराल पहिलो भइन् । कर्णाली प्रदेशकी हिमाली शाही दोश्रो तथा कर्णालीकै मोतीकला डाँगी तेश्रो बने ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको छात्रा हाइजम्पमा लुम्बिनीकी प्रमिला चौधरी शीर्ष स्थानमा रहिन् । प्रमिलाले १.३० मिटर जम्प गरिन् । गण्डकीकी सीमा श्रेष्ठ र कर्णालीकी मापसना रसाइली संयुक्त रुपमा दोश्रो भए । दुवैले १.२५ मिटर जम्प गरे ।
कराते – रेहान र सन्जुको जित
करातेको एकल कातातर्फ पुरुषमा बागमतीका रेहान जोवद तथा महिलामा बागमतीकै सन्जु देशार पहिलो भएका छन् ।
सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरको कराते हलमा भएको प्रतियोगिताको पुरुषमा लुम्बिनीका प्रजित बैजाली मगरले रजत तथा गण्डकीका प्रिन्स गुरुङ र कर्णालीका लक्ष्मणकुमार शाहीले कांस्य जिते । महिलामा बागमतीकी प्रजिस्मा श्रेष्ठ दोश्रो तथा कर्णालीका प्रियंका शाही र ममता नेपाली तेश्रो भइन् ।
भलिबल – सदूरपश्चिम सेमिफाइनलमा
भलिबलको छात्रमा सुदूरपश्चिम सेमिफाइनलमा प्रवेश गरेको छ । समूह ‘बी’ को लिगमा सुदूरपश्चिमले कर्णालीलाई ३०–३२, २५–१४ र २५–१२ को सेटमा पराजित ग¥यो । कर्णाली पनि समूह उपविजेता बन्दै सेमिफाइनलमा पुग्न सफल भयो ।
समूह ‘ए’ मा लुम्बिनीले मिश्रित प्रदर्शन ग¥यो । गण्डकीले लुम्बिनीलाई १८–२५, २५–१७ र ३०–२८ ले हरायो । बागमती विरुद्धको खेलमा भने लुम्बिनी २५–१८, २३–२५ र २५–१५ ले विजयी भयो ।
त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा भएको छात्राको प्रतिस्पर्धामा गण्डकीले कर्णालीलाई २५–११ र २५–१६ को सोझो सेटमा पन्छ्याउदै सेमिफाइनल यात्रा तय ग¥यो । जितसंगै गण्डकी समूह ‘बी’ को विजेता भयो । कर्णाली पनि समूह उपविजेताका हैसियतले सेमिफाइनलमा पुग्यो ।
समूह ‘ए’ मा दोहोरो जित निकाल्दै लुम्बिनीले सेमिफाइनलमा स्थान सुरक्षित ग¥यो । लुम्बिनीले सुदूरपश्चिमलाई २५–२१ र २५–१२ तथा बागमतीलाई २५–२१ र २५–२३ को सीधा सेटमा पराजित गर्यो ।
कबड्डी – लुम्बिनीसँग गण्डकीको हार
कबड्डीको छात्रमा लुम्बिनीले गण्डकीलाई ६९–३६ र कर्णालीलाई ६८–३४ तथा सुदूरपश्चिमले बागमतीलाई ६८–३४ ले पराजित गरे । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भइरहेको प्रतियोगिताको छात्रामा बागमतीले कर्णालीलाई ३१–२६, सुदूरपश्चिमले गण्डकीलाई ६६–३९ र लुम्बिनीले बागमतीलाई ३६–२४ ले हराए ।
राउन्ड रोविन लिगका आधारमा भइरहेको प्रतियोगिताको छात्र÷छात्रा दुवैमा समान ५ टोलीको सहभागिता रहेको छ । राउन्ड रोविन लिगपछि अंकका आधारमा विजेताको टुंगो लाग्नेछ ।
खेलकुद मन्त्रीद्वारा उद्घाटन
युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले प्रतियोगिताको उद्घाटन गरे । मन्त्री गहतराजले विद्यालयस्तरीय प्रतियोगिताबाटै भविष्यमा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने खेलाडीको पहिचान गर्न सकिने भएको हुँदा प्रतियोगिता महत्वपूर्ण भएको बताए ।
राखेपका सदस्य–सचिव टंकलाल घिसिङले विद्यालयस्तरीय प्रतियोगितानै खेलकुदको मेरुदण्ड भएको धारणा व्यक्त गर्दै कलिलो उमेरका खेलाडीलाई संरक्षण गर्न सके देशका लागि सक्षम खेलाडी तयार गर्न सकिने बताए ।
पाँचै प्रदेशका खेलाडीले मार्च पास्ट गरेका थिए । कपन टाइगरका तेक्वान्दो खेलाडीले आकर्षक र साहसिक प्रदर्शनी गरेका थिए । अक्सिडेन्टल पब्लिक स्कुलका विद्यार्थीले नृत्य प्रस्तुत गरे भने नेपाल ब्रेकिङ एन्ड डान्स स्पोर्ट्स संघले व्यवस्थापन गरेको ‘बी बोयिङ’ प्रस्तुत भएको थियो ।
ओलम्पियन जुडोकी सोनिया भट्टले उद्घाटन स्थल त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको ट्रयाकमा ओलम्पिक टर्च परिक्रमा गराएका थिइन् । राष्ट्रपति रनिङ सिल्ड खेलकुदको कुनैपनि उद्घाटन कार्यक्रममा ओलम्पिक टर्च परिक्रमा गराइएको पहिलो हो । निर्णायकको तर्फबाट एथलेटिक्सका प्रमुख प्रशिक्षक चन्द्र गुरुङ र खेलाडीको तर्फबाट गण्डकी प्रदेशकी एथलेटिक्स खेलाडी तीर्था ढकालले शपथ लिएका थिए ।
December 6, 2025
हिमाल खरेल, बिर्तामोड न्यु डायमन्ड क्लबका प्रशिक्षक कुमार राई झापामा १ लाख रुपैयाँसहित सम्मानित भएका छन् । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको दौरान राईलाई सम्मान गरिएको हो । बिर्तामोड तथा अर्जुनधाराका विभिन्न व्यक्ति तथा व्यावसायिक प्रतिष्ठानहरुले राष्ट्रिय यु १९ महिला टोलीका प्रशिक्षक समेत रहेका राईलाई १ लाख रुपैयाँभन्दा बढी धनराशिसहित आज सम्मान […]
December 6, 2025
हिमाल खरेल, बिर्तामोड नेपाल एपिएफ क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा न्यु डायमन्ड क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ उपाधिनजिक पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा एपिएफले पहिलो, दोस्रो र चौथो सेटमा न्यु डायमन्डलाई हराएको हो । एपिएफ २५–२२, २५–१६ ,२२-२५ र […]
December 6, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनल खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस उपाधिनजिक पुगेको हो । पुलिसले आर्मीलाई २५-६, २५-१५ र २५-१७ को सोझो सेटमा हराएको हो । पुलिसले कम्तिमा १ लाख रुपैयाँ […]