3 years ago
July 29, 2022
काठमाडौं (हाम्रो खेलकुद)– हाम्रो खेलकुद डट कमले आफ्नो सातौं वार्षिकोत्सवमा सार्वकालिन खेलाडी सम्मान गर्दैछ । जसमा नेपाली खेलकुदमा आ आफ्नो समयमा महत्वपूर्ण योगदान गरेको खेलाडी सम्मानित हुने बताइएको छ ।

यसरी सम्मानित हुनेमध्ये दक्षिण एसियाली महासंघिय खेलकुद (साफ) हालको दक्षिण एसियाली खेलकुद (साग) का कीर्तिमानी धावक वैकुण्ठ मानन्धर छन् । सम्मानित हुनेमा पहिलो अन्तर्राष्ट्रिय पदक विजेता एथलेटिक्सकै जीतबहादुर केसी पनि छन् ।
सन् १९९४ मा सुरु भएको सागमा मानन्धरले लगातार तीन संस्करणमा म्याराथनमा स्वर्ण पदक जितेका थिए । सागमा स्वर्ण पदकमा ह्याट्रिक गर्ने उनी पहिलो नेपाली हुन् ।
सन् १९८७ मा भएको तेस्रो सागमा उनले म्याराथनमा कीर्तिमान बनाएका थिए । त्यति बेला उनले २ घण्टा १५ मिनेट ०३ सेकेन्डको कीर्तिमान अहिले सम्म भंग हुन सकेको छैन । मानन्धरले सर्वाधिक ४ पटक ओलम्पिकमा देशको प्रतिनिधित्व गरेका छन् ।
हाम्रो खेलकुदको साउन १९ गते हुने वार्षिकोत्सवमा केसीसहित ७ खेलाडी सम्मानित हुनेछन् । हाम्रो खेलकुदले हरेक दिन सम्मानित हुने खेलाडीको नाम सार्वजनिक गर्ने जनाएको छ । हाम्रो खेलकुद २०७२ साल साउन १९ गतेबाट सञ्चालनमा आएको थियो । हाम्रो खेलकुदले सार्वजनिक रुपमा वार्षिकोत्सव मनाउन लागेको यो पहिलो पटक हो । हाम्रो खेलकुदले स्थापनाकाल देखि नै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद सम्बन्धी समाचार, लेख, फोटो, भिडियोलगायतका सामाग्री प्रकाशित गर्दै आएको छ ।

त्यस्तै घरेलु प्रतियोगिताहरुलाई दर्शकमाझ पुर्याउने उद्देश्यका साथ आफ्नो फेसबुक पेज र युट्युब च्यानलमार्फत विभिन्न प्रतियोगिताको प्रत्यक्ष प्रसारण गर्दै आएको छ । सन् २०१९ मा पहिलो पटक हाम्रो खेलकुदले अन्तर्राष्ट्रिय प्रतियोगिताका रुपमा नेपालमा आयोजना भएको एभिसी सेन्ट्रल जोन पुरुष भलिबल च्याम्पियनसिपको प्रत्यक्ष प्रसारण गरेको थियो ।
नेपाली खेलकुदसँग प्रत्यक्ष सरोकार राख्ने पोर्टल हुनुका नाताले नेपाली खेलकुदलाई उचाईमा पुर्याउन योगदान दिने सर्वकालिन सात खेलाडीलाई आफ्नो सातौं वार्षिकोत्सवको अवसरमा सम्मान गर्न लागिए हाम्रो खेलकुदले जनाएको छ ।
पाटनको अशोक पार्टी प्यालेसमा हुने कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रय खेलाडी, प्रशिक्षक, खेलकुद पदाधिकारी, खेलकुद पत्रकारलगायतको सहभागिता रहनेछ । वार्षिकोत्सवको हाम्रो खेलकुदले आफ्नो फेसबुक पेज र युट्युब च्यानलबाट प्रत्यक्ष प्रसारण गर्नेछ ।
December 6, 2025
हिमाल खरेल, बिर्तामोड न्यु डायमन्ड क्लबका प्रशिक्षक कुमार राई झापामा १ लाख रुपैयाँसहित सम्मानित भएका छन् । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको दौरान राईलाई सम्मान गरिएको हो । बिर्तामोड तथा अर्जुनधाराका विभिन्न व्यक्ति तथा व्यावसायिक प्रतिष्ठानहरुले राष्ट्रिय यु १९ महिला टोलीका प्रशिक्षक समेत रहेका राईलाई १ लाख रुपैयाँभन्दा बढी धनराशिसहित आज सम्मान […]
December 6, 2025
हिमाल खरेल, बिर्तामोड नेपाल एपिएफ क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा न्यु डायमन्ड क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ उपाधिनजिक पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा एपिएफले पहिलो, दोस्रो र चौथो सेटमा न्यु डायमन्डलाई हराएको हो । एपिएफ २५–२२, २५–१६ ,२२-२५ र […]
December 6, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनल खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस उपाधिनजिक पुगेको हो । पुलिसले आर्मीलाई २५-६, २५-१५ र २५-१७ को सोझो सेटमा हराएको हो । पुलिसले कम्तिमा १ लाख रुपैयाँ […]