default_image

2 years ago

August 5, 2022

‘अंक ७ मेरो जीवनमा महत्त्वपूर्ण भूमिका खेलेको छ’

काठमाडौं (हाम्रो खेलकुद)– हाम्रो खेलकुदले आफ्नो सातौं वार्षिकोत्सवमा अवसरमा विहीबार नेपाली खेलकुद इतिहासका सात कालखण्डका शीर्ष खेलाडीलाई हाम्रो खेलकुद सर्वकालीन सम्मान प्रदान गर्यो । पहिलो अन्तर्राष्ट्रिय पदक विजेता धावक जीतबहादुर केसी, दक्षिण एसियाली खेलकुद (साग) का कीर्तिमानी धावक बैकुण्ठ मानन्धर, सागमा खेलाडी र प्रशिक्षकका रुपमा स्वर्ण पदक विजेता फुटबलका राजुकाजी शाक्य, छनोट चरण पार गर्ने […]

213 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– हाम्रो खेलकुदले आफ्नो सातौं वार्षिकोत्सवमा अवसरमा विहीबार नेपाली खेलकुद इतिहासका सात कालखण्डका शीर्ष खेलाडीलाई हाम्रो खेलकुद सर्वकालीन सम्मान प्रदान गर्यो ।

पहिलो अन्तर्राष्ट्रिय पदक विजेता धावक जीतबहादुर केसी, दक्षिण एसियाली खेलकुद (साग) का कीर्तिमानी धावक बैकुण्ठ मानन्धर, सागमा खेलाडी र प्रशिक्षकका रुपमा स्वर्ण पदक विजेता फुटबलका राजुकाजी शाक्य, छनोट चरण पार गर्ने पहिलो ओलम्पियन तेक्वान्दोकी संगिना वैद्य, सागमा लगातार ४ स्वर्ण पदक जितेका तेक्वान्दोका दीपक विष्ट, नेपाली क्रिकेट इतिहासका सर्वाधिक सफल कप्तान पारस खड्का र सागको एकै संस्करणमा सर्वाधिक पदक विजेता पौडीकी गौरिका सिंह एकै थलोमा हाम्रो खेलकुद सर्वकालीन सम्मानबाट सम्मानित भए । उनीहरुले सम्मान पत्र र जनही २५ हजार रुपैयाँ प्राप्त गरे ।

गौरिका हाल उच्च शिक्षाका लागि अमेरिकामा हुँदा कार्यक्रममा उपस्थिति थिइनन् । गौरिकाको सम्मान उनकी आमा गरिमा राणाले ग्रहण गरेकी थिइन् । सम्मानितहरुले आ आफ्नो धारणा पनि राखेका थिए ।

गरिमा सिंह (गौरिका सिंहकी आमा)

छोरी आउनु पर्ने ठाउँमा आफू आउनु पर्दा अलि अप्ठ्यारो लागेको छ । यो गौरिकाले प्राप्त गरेको सम्मान हामी सबै खेल प्रेमीहरूलाई समर्पित गर्न चाहन्छौं ।

पारस खड्का

म भन्दा अगाडि हाम्रो देशलाई आआफ्नो खेल बाट चिनाउन ठूलो भूमिका खेल्नु भएको सम्पूर्ण खेलाडी, दाइहरू, बुबाहरू, सँगिना दिदी लगायत सम्पूर्ण यहाँ उपस्थित सम्पूर्णलाई मेरो तर्फ बाट र साथै क्रिकेट टिमको तर्फ बाट धेरै धेरै धन्यवाद भन्न चाहन्छु । यो सर्वकालीन सम्मानबाट हामीलाई यसरी यहाँहरूले आफ्नो सातौं वार्षिकोत्सवको उपलक्ष्यमा सम्मानित गरिदिनु भएकोमा अत्यन्तै खुसी भएको छु ।

सात अंकले मेरो जीवनमा एकदमै महत्त्वपूर्ण भूमिका खेलेको छ । म कार्तिक महिना ७ गते जन्मिए र क्रिकेट टोलीको सातौं कप्तान पनि भएँ । ७ ले मेरो जीवन मा विशेष भूमिका खेलेको हुँदा आज हाम्रो खेलकुद डट कमको सातौं वार्षिकोत्सवमा सम्मानित भएको छु । फेरिपनि म लगायत सम्पूर्णलाई सम्मानित गरिदिनु भएकोमा धेरै धेरै धन्यवाद व्यक्त गर्दै आगामी दिनमा यहाँहरूको उत्तरोतर प्रगतिको कामना गर्दछु ।

दीपक विष्ट

मलाई सर्वकालीन सम्मानमा समेट्नु भएकोमा हाम्रो खेलकुद डट कमलाई हृदयदेखि नै धन्यवाद व्यक्त गर्न चाहन्छु । मैले खेल्दा खेरि र अचिभ गर्दा देशको लागि मैले केही योगदान गरेको भएर यसरी सम्मानित हुन पाएको हुँ भन्ने अनुभव लिएको छु ।

सर्वकालीन सम्मान नामनै काफी छ । जीवित किंवदन्ती हाम्रो जित बहादुर दाइ, बैकुण्ठ दाइ, राजु दाइ, संगीना गुरु जस्ता जीवित किंवदन्ती र नयाँ पुस्ताका पारस भाइ र गौरिका सिंह सँग म सम्मानित हुन पाउँदा निकै हर्षित भएको छु ।

उहाँहरूको माझ सम्मानित हुन पाउँदा साँची नै गर्वानुभूति महसुस भएको छ र यसरी सम्मानित हुन पाउँदा अझै देशलाई जता भएपनि, जहाँ भएपनि, जुन क्षेत्रमा भएपनि खेलकुद मार्फत केही गरौँ भन्ने प्रेरणा मिल्दो रहेछ ।

सम्मानित हुन पाउनु आफैमा एउटा धेरै ठुलो प्रेरणाको श्रोत हो र हाम्रो खेलकुद डट कमले आफ्नो सातौं वार्षिकोत्सवमा हामीलाई सम्मान गर्नु भएको छ जसले हामीलाई समाज प्रतिको उत्तरदायित्व अझै गहन गर्ने उत्प्रेरित गरेको छ ।

मेरो खेल जीवनमा मैले जति गर्न सके देशको लागि गरें र खेल जीवन पश्चात पनि देशको लागि खेलकुद मार्फत अझै गरिरहने छु भन्ने मैले संकल्प गर्दछु । यो सम्मान मेरो सम्पूर्ण आम बुवा तेक्वान्दो खेलकर्मी सम्पूर्णलाई यो सम्मान सुम्पिन चाहन्छु ।

संगीना वैद्य

सर्वप्रथम त आज सर्वकालीन सम्मान बाट सम्मानित हुन पाउँदा अत्यन्तै खुसी लागेको छ । यो सम्मानले मलाई अझ यो छेत्रमा निरन्तरताका साथ लग्न प्रेरणा दिएको छ । मलाई याद छ म भर्खर खेल्न थाल्दा म भन्दा अग्रज मेरा सनियरहरुले पाउनु भएको सम्मान र पुरस्कारले मलाई यस खेल क्षेत्रमा लाग्न र निरन्तरता दिन उर्जा र प्रेरणा दिएको थियो ।

त्यसकारण यो सम्मानले जुन सबै खलको युगका खेलाडीहरूलाई समेटेर सम्मान गर्नु भएको छ यसले नयाँ युवा खेलाडीहरू लाई पनि प्रेरणा र हौसला बढाउने छ भने मैले विश्वास लिएकी छु ।

राजु काजी शाक्य

हामी खेलाडीहरूको धेरै बोल्ने बानी छैन । हामी मैदानमा खेल्ने र प्रशिक्षक भएपछि खेलाउने मात्रै बानी भएकोले धेरै बोल्ने बानी छैन ।

आज यहाँ धेरै सम्मानको कुरा निस्कियो । सम्मान त हामीले पाइरहेका छौं तर हामी कति समाचार सुन्छौं खेलाडीहरू विदेश पलायन भएको । आज हाम्रो माझ माननीय गगन थापाज्यू, राष्ट्रिय खेलकुद परिसरका सदस्य सचिव टङ्कलाल घिसिङ्गज्यू, ओलम्पिक कमिटीका महासचिव निलेन्द्र श्रेष्ठज्यू हुनुहुन्छ । अब यस विषयमा तपाईंहरूले सोच्ने कि नसोच्ने? खेलाडीहरू विदेश पलयान किन भैरहेछ? त्यसमा तपाईंहरूले अलि विचार गरिदिनु भएको भए ।

हामीलाई पनि धेरै देशले एकेडेमी चलाउन निमन्त्रणा गरिरहेको छ, तर हामी देशको लागि केही गर्नु छ भनेर यहीं बसेको छौं । हामी जस्तो मान्छेलाई पनि तपाईँहरूले समर्थन गर्नु पर्यो, त्यसै गरि आउने पुस्तालाई पनि त्यो बात उत्साह हुने बितीकै उनीहरु विदेश पलायन नहुने पनि दिनहरू आउँछ ।

हामीले बाहिर त सम्मान पाहि रहेका छौं, तर मन्त्रालय जादा हामीले सम्मान पाउँदैनौ । कतिपय ठाउँमा हामीलाई ढोकामै रोकिरहेको हुन्छ भने कतै हामीलाई पर्खाइरहन्छ । यस्तै कार्य हुने हो भने त सम्मानको कुनै मतलब नै भएन नि । सरकार बाट हामीले सम्मान त पाउन पर्यो नि । त्यसकै निम्ति हामीले हरेक प्रधानमन्त्रीहरूमाझ बिन्ती गर्यौं ।

कमसेकम एउटा खेलाडीलाई स्वस्थ बिमा गरिदिनु, स्वस्थ सम्बन्धी खेलाडी र उसको परिवारलाई निशुल्क गरिदिनु, खेलाडीको शिक्षा निशुल्क गरिदिनु । त्यसपछि पो हामीलाई धेरै आर्थिक भार पर्दैन र हामी निर्धक्क भएर खेल्न सक्छौं । यो कुरामा आवाज उठाउँदा उठाउँदा मेरो जागिर नै गयो ।

यो विषयमा मैले प्रधानमन्त्री सामु बोल्दा म स्वर्ण पदक लिएर आएको खेलाडी र कप्तान मेरो आरएनएसीमा जागिर छ, स्थायी गरिदिनु पर्यो भन्दा मेरो जागिर गयो । व्यक्तिगत मेरो लागि नभएर सम्पूर्ण खेलाडीको आवाज उठाएको थिए ।

तर पनि म हिम्मत हारिन । देशको लागि मिहेनत गरिरहे, भगवानले साथ दिइरहनु भो र १२ औं सागम प्रशिक्षकको हिसाबले देशलाई स्वर्ण दिलाउन सफल भए । भन्दा त रुन मन लाग्छ तर हाम्रो देशमा खेलाडीको लागि केही छैन । त्यसैले म यहाँहरूलाई बिन्ती गर्छु अब आउने पुस्तले चाहिँ राम्रो सुविधा पाओस भन्ने अनुरोध गर्दै धेरै बोल्न गएमा क्षमा माग्न चाहन्छु ।

बैकुण्ठ मानन्धर

हुन त धेरैले बैकुण्ठ मानन्धरले बोलेन भन्छन् । विरोधको कुरा कहिले गरेन भन्छन् । तर मैले जति बोल्ने सायदै कोही होला । मैले धेरै मिडियाहरू मार्फत बोलिरहेको हुन्छु र त्यसमा सबै सकारात्मक नै गएको हुन्छ । सकारात्मक रूपले हेर्यो भने सकारात्मक नै हो र नकारात्मक रूपले हेर्यो भने नकारात्मक नै हो । बुझ्ने भए चै सकारात्मक नै हो ।

जीत बहादुर केसी र हामी भन्दा अगाडिका स्वर्गिय गङ्गा बहादुर केसी, भुपेन्द्र र अहिलेका नामसिंहहरू पहिलो पुस्तका हुनु हुन्छ । उहाँहरूले हामिले जति सम्मान पाउनु भएन होला, हामीले जति सुविधा पनि पाउनु भएन होला तर हामीले उहाँहरूले भन्दा धेरै सुविधा पायौं र अहिलेका खेलाडीहरूले हामीले भन्दा धेरै सुविधा पाइरहेका छन् ।

हामीले खेल्दा हामी एउटा विद्यालयको भवन भित्र कुनै झ्याल, धोका, चर्पी, पानीको व्यवस्था नभएको परालमा सुतेर खेल्दै आएका पुस्ता हौं हामी । त्यस्तो ठाउँ बाट आएको हामी जस्तो खेलाडीलाई अहिलेका खेलाडीहरूसँग तुलना गर्न सकिदैन । हामीले हेर्दा उहाँहरूले धेरै सुविधा पाउनु भएको मैले देखेको छु ।

सन् १९८४ मा राष्ट्रिय खेल खेल्दा खेरि एक महिना क्याम्प राख्दा पनि म बसिन । त्यो क्याम्प खान, बस्न दैनिक पाँच रुपैयाँ पाउँदा खेरि हाम्रो लागि धेरै ठुलो हुन्थ्यो । त्यो बेला पनि सरकारले सक्दो गरेकै हो र अहिले मैले देखे अनुसार सरकारले खेलाडीहरूलाई नगरेको भने होइन ।

खास भन्ने हो भने हामीलाई जति भए पनि पुग्दैन । खेलाडीहरूमा हामी नेपालमा नै खेलेर हामी केही गर्छौं भन्ने भावना हुनुपर्यो ।

जीत बहादुर केसी

मेरो पालोमा त यहाँ उपस्थित हुनु भएको धेरै जना जन्मिनु भएको थिएन होला । हामी २ रुपैयाँको डाएट खाएर खेल्दै आएका पुस्त हौं । खेलकुदले सरकार बाट वार्षिक ३ लाख बजेट पाउँथ्यो । सीमित बजेटका कारण परिसरलाई पनि मुस्किल हुन्थ्यो । ३ लाखले कर्मचारीलाई तलब दियोस् कि के गरोस् । जुत्ता लगाउने नभएर खाली खुट्टा दौडेर मैले ४२ किलोमिटर पुरा गरेको हो ।

२ रुपैयाँको डाएट खाएर खेल्यौं हामी । त्यस्तो अवस्थामा मैले देशको लागि पदक भित्राउन पाउँदा गर्वित महसुस गरेको छु । सायद जुत्ता भएको भए पहिलो या दोस्रो पनि हुन सक्थ्यो होला । जे होस् तेस्रो भए ।

अहिले खेलाडीहरूलाई धेरै सुविधा छ । त्यो बेला कोरियामा खेल्न जाँदा त्यताको खाना धेरै पिरो भएर खान नसक्दा चिया बिस्कुट खाँदै काश्य पदक ल्याए मैले । हामीलाई एक डलर दिन पनि परिषदलाई गाह्रो अवस्था थियो ।

अनुशासन म रह्यो भने खेलाडी बनिन्छ र अनुशासन विहीन भयो भने खेलाडी धेरै लामो समय जान सक्दैन । हाम्रा खेलाडी के गर्छन् भने छनोट नहुन्जेल मेहेनत गरि अनुशासन मा बसी खेल्छ र छनोट भएपछि अनि लत्ता छाडी दिन्छन् । मैले धेरै देखेको छु । छनोट भएपछि जान्छन् मापसे गर्छन । छनोट पछि नि त्यही अनुसारको प्रशिक्षण गर्नु पर्यो ।

मैले तिमीहरूले के गर्या यस्तो भनेर सोध्दा हामी जित्न सक्दैनौ यस्तै हो भन्थे । ए बा जित्ने हार्ने त छ दै छ नि । हामीले त जितेकै हो । यस्तो छ हाम्रो हालत ।

हाम्रो पाला मा जे भयो भयो कुरा नै सिध्यो, मैले त केही पाएन दीपक बिष्टहरू देखि पाउन अलि अलि सुरु भो । तर अहिले जुन नवौं आउँदैछ त्यो सफलतापूर्वक होस् एसियाड पनि आइरहेको छ, ओलम्पिक पनि आइरहेको छ । सम्बन्धित निकायले खेलाडी। प्रशिक्षकहरूलाई अलि प्रोत्साहन गर्नु भयो भने पदकहरू भित्रिने छ ।

April 24, 2024

यु २२ एसियाली बक्सिङ च्याम्पियनसिप- ८ मध्ये ३ खेलाडीलाई मात्र मौका

काठमाडौं (हाम्रो खेलकुद) – सुरुमा ८ खेलाडीले भाग लिने भनिएपनि उज्वेकिस्तानमा शनिबार सुरु हुने एएसबीसी यु २२ एसियाली बक्सिङ च्याम्पियनसिप ३ नेपाली खेलाडीले मात्र चुनौती पेश गर्ने भएका छन् । गत साता एसियाली बक्सिङ महासंघले च्याम्पियनसिपमा नेपालका ८ खेलाडीले भाग लिने भन्दै नाम सार्वजनिक गरेको थियो । तर नेपाल बक्सिङ महासंघका महासचिव मानबहादुर भण्डारीले पदक […]

April 24, 2024

सागका स्वर्ण पदक विजेतासहितका खेलाडी जापान जाने

काठमाडौं (हाम्रो खेलकुद) – नेपालको तेक्वान्दो टिमले जापानमा हुने २० औं वाटा ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा भाग लिने भएको छ । जापान वाटाको आयोजनामा हुने सो प्रतियोगितामा अल जापान तेक्वान्दो संघ र ओसाका तेक्वान्दो संघको सहयोग रहनेछ । नेपालका अन्तर्राष्ट्रिय तेक्वान्दो निर्णायक अशोक खड्काले २४ देशको सहभागिता रहने सो प्रतियोगितामा खेल्न १५ सदस्यीय नेपाली तेक्वान्दो […]

April 24, 2024

थ्री बाइ बास्केटबल टोली चीन जाने

काठमाडौं (हाम्रो खेलकुद) – बोर्डर सिङफु भिलेज स्पोर्ट्स कार्निभलअन्तर्गत पुरुष थ्री बाइ थ्री बास्केटबलमा सहभागी हुन ४ खेलाडीसहित ५ सदस्यीय टोली बिहीबार चीनको युन नान प्रस्थान गर्ने भएको छ । विजय बुर्जा कप्तान रहेको टोलीको अन्य खेलाडीमा निकेश मगर, मनीष केसी र निश्चल महर्जन रहेका छन् । प्रशिक्षकमा सुशिल गुरुङ छन् । बुधबारदेखि सुरु भइसकेको […]

Success

Thank you for your time.