3 years ago
August 8, 2022
काठमाडौं (हाम्रो खेलकुद) –नेपाल विश्वको सर्वोच्च शिखर भएको देशसँगै सबैभन्दा उचाईमा गल्फ कोर्ष भएको देशको नाममा चिनिने भएको छ ।
मुस्ताङ जिल्लाको लोमान्थाङमा मुस्ताङ गल्फ कोषको निर्माण सम्पन्न भएको सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दियो । मुस्ताङ गल्फ कोर्ष समुद्री सतहबाट ४ हजार ६ सय ४५ मिटरको उचाईमा रहेको बताइएको छ । भारतको सिक्किममा रहेको याक गल्फ कोर्ष यसअघि सर्वाधिक हाइ अल्टिच्युटमा रहेको गल्फ कोर्षका रुपमा परिचित थियो । याक गल्फ कोर्ष समुन्द्री सतहबाट ३ हजार ९ सय ७० मिटरको उचाईमा रहेको छ ।
गल्फ कोर्ष गण्डकी प्रदेश सांसद इन्द्रधारा विष्टको अगुवाईमा निर्माण भएको हो । सांसद विकास कोष र लोमान्थाङ गाउँपालिकाको सहयोगमा गल्फ कोर्ष निर्माण भएको बताइएको छ । प्रदेश सांसद विष्टको उपस्थितिमा भएको पत्रकार सम्मेलनमा कोर्ष ९ होलको रहेको जानकारी गराइयो ।
सोहि कोर्षमा पहिलो प्रतियोगिताको रुपमा अर्को महिना टप अफ द वल्र्ड गल्फ च्यालेन्ज आयोजना हुने भएको छ । भदौ ११ गते आयोजना हुने गल्फ च्यालेन्जमा काठमाडौं र पोखराका गरि ४ महिलासहित २८ गल्फरको सहभागिता रहेनछ । आउने दिनमा उक्त कोर्षमा प्रतियोगिता आयोजना हुँदा विदेशी खेलाडीको सहमागिता रहने विश्वास गरिएको छ ।
टप अफ द वल्र्ड गल्फ च्यालेन्जस स्टेबल फम्र्याट ३/४ ह्याण्डीक्यापका आधारमा हुने नेपाल प्रोफेसनल गल्फर एसोसिएसनका महासचिव दीपक आचार्यले जानकारी दिए । प्रतियोगिताका विजेता, उपविजेता, महिला विजेता, बेस्ट ग्रस, क्लोजेस्ट टु द पिन, लंगेस्ट ड्राइभ र मस्ट बर्डिज गर्ने खेलाडीलाई पुरस्कृत गरिने बताइएको छ ।
November 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सानदार पुनरागमन गर्दै काठमाडौं स्पाइकर्सले एभरेष्ट महिला भलिबल लिग (इडब्लुभी) मा लुम्बिनी लाभाजलाई ३-२ ले हराएको छ। राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा आज भएको अर्थहिन खेलमा दुवै टोली जितका साथ यो सिजनको लिग अन्त्य गर्ने दाउमा रहेको थियो। जहाँ लुम्बिनीले उत्कृष्ट सुरूवात गर्यो। जहाँ २५-२३ र २६-२४ ले लगातार दुई सेट जितेर […]
November 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- बंगलादेशमा हुने दोस्रो महिला कबड्डी विश्वकप २०२५ भाग लिन जाने नेपाली महिला कबड्डी टोलीलाई बिदाइ गरिएको छ। शनिवार सुरु भएर मंसिर ९ गते (नोभेम्बर १५ देखि २५ ) सम्म चल्ने विश्व कपमा यस वर्षको विश्वकपमा नेपालसहित बंगलादेश, भारत, जापान, जर्मनी, केन्या, चिनियाँ ताइपे, थाइल्यान्ड, इरान, युगान्डा, अर्जेन्टिना र इन्डोनेसिया गरी १२ राष्ट्र […]
November 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- काठमाडौं स्पाइकर्स आजको खेलमा विजयी भएपनि एभरेष्ट महिला भलिबल लिग (इडब्लुभी) को फाइनल पुग्न असफल भएको छ। पोखरा निन्जाजलाई आज ३-१ ले हराएपनि सेट गुमाएका कारण काठमाडौं फाइनल पुग्न सकेन । योसँगै ललितपुर क्विन्स फाइनलमा पुगेको छ। लिग चरणको अन्तिम खेलको नतिजाले ललितपुरलाई फरक पर्नेछ। लिगको अन्तिम दिन काठमाडौंले लुम्बिनी लायन्स र […]