3 years ago
August 8, 2022
विजय नेपाली, पोखरा
आगामी मंसिर ४ गते संघ र प्रदेशको हुदैँछ । देश निर्वाचनको संघारमा हुदाँ यता नेपाली खेलकुद कै कुम्भ मेला राष्ट्रिय खेलकुदको नवौं संस्करण आयोजना हुँदै छ । सरकारले असोज २८ गतेदेखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा राष्ट्रिय खेलकुद आयोजना गर्ने निर्णय गरेको थियो । गत साता निर्वाचन मिति घोषणा भएसँगै राष्ट्रिय खेलकुद निर्धारित समयमा आयोजना हुनेमा शंका थियो ।
एकातिर राष्ट्रिय खेलकुद हुने नहुने अन्योल बढिरहँदा अर्कातिर गण्डकी प्रदेशले आयोजक प्रदेशको हिसाबमा अपनत्व नपाएको भन्ने गुनासो समेत बढिरहेको थियो । त्यसको पृष्ठभूमिमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङले राष्ट्रिय खेलकुद तोकिएकै मितिमा आयोजना हुने बताउँदै आश्वस्त पार्ने प्रयास गरेका छन् ।
सदस्य सचिव घिसिङले तोकिएको मितिमै प्रतियोगिता हुने मात्र नभई गण्डकी प्रदेशको अपनत्व समेत रहेको बताएका हुन् । खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा पोखरामा सोमबार भएको पत्रकार सम्मेलनमा बोल्दै घिसिङले मंसिरमा हुने निर्वाचन र राष्ट्रिय पर्वलाई हेरेर नै मन्त्री परिषद्बाट राष्ट्रिय गर्ने निर्णय गरेको बताए । उनले मन्त्री परिषद्कै निर्णय गरेको सर्ने वा नहुने भन्ने दुविधा नराख्न पनि सरोकारवालाहरुलाई समेत आग्रह गरे ।
‘दशौँ राष्ट्रिय खेलकुद हुने समयमा नवौं गर्न लागि रहेका छौ । अब फेरी ११ औं हुने बेलामा नवौं लैजाने भन्ने सोँच हुदैँन’ उनले भने,‘यो मन्त्री परिषद्को निर्णयबाट भएको निर्णय हो । अब मिति सर्दैन । मन्त्री परिषद्ले निर्वाचनलाई समेत हेरेर मिति तय भएको छ त्यसैले यो समयमै हुन्छ ।’
घिसिङले अहिले प्रतियोगिताको तयारी तीव्र गतिले अघि बढेको र विभिन्न उपसमिति संयोजकहरु सबै गण्डकी प्रदेशकै रहेकाले यसलाई अन्यथा नलिन आग्रह समेत गरे । नवौं तयारीको क्रममा पोखरा आएका उनले पुर्वाधार अनुसार प्रदेशका विभिन्न जिल्लामा प्रतियोगिता गर्ने समेत बताए । उनले नवौंमा ३६ खेलका ४ सय ७ इभेन्ट हुने बताउँदै प्रत्येक इभेन्टमा कम्तिमा ४ टोलीको सहभागिता हुनैपर्ने स्पष्ट पारे ।
‘३६ खेलका ४ सय ७ इभेन्टहरु हुनेछन् । तर, ति इभेन्टमा कम्तिमा पनि ४ टिमको सहभागिता भने हुनैपर्ने छ । यदि ४ टिम भएन भने त्यो इभेन्टमा प्रतिस्पर्धा हुने छैन्’ उनले भने । घिसिङले यसका लागि ७ प्रदेश, ३ विभागिय क्लब र एनआएनलाई समेत पत्राचार गर्ने बताए । पत्राचारसँगै कुन खेलमा कति टिमको टुंगो लाग्ने भन्ने यकिन हुने र सोही अनुसार नवौं राष्ट्रिय खेलकुद हुने उनले जानकारी दिएका छन् ।
भदौ १५ गते भित्रसम्म प्रत्येक सहभागि टिमले कुन खेलमा सहभागिता जनाउने हो त्यो पोखरामा रहेको मुख्य सचिवालयमा दर्ता गराउनुपर्ने उल्लेख गर्दै घिसिङले भदौ २५ गते कुन खेलमा कति खेलाडी र उनीहरुको पोशाकको साइज सहित खेलाडीको अन्तिम नामावली दर्ता गराउनुपर्ने जानकारी दिए ।
‘भदौ १५ गते कुन खेलमा प्रतिस्पर्धा गराउने हो त्यो दर्ता हुनुपर्नेछ । २५ गते खेलाडीको नामावली, खेलको नाम, संख्या, पोशाकको साइज सहित सचिवालयमा अन्तिम रिपोर्ट दर्ता गराउनुपर्नेछ’ उनले भने,‘ भदौ २५ गतेभन्दा पछाडि आउने टिमलाई राखिने छैन् । यो उ भन्ने कुरा हुने छैन् ।’ घिसिङले नवौं राष्ट्रिय खेलकुदमा विगतमा भन्दा केही फरक गर्न खोजिएको बताए । उनले भने, ‘यसपटक च्याम्पियन टोलीले ट्रफीसहित नगद पुरस्कार पाउँनेछ ।’
November 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- काठमाडौं स्पाइकर्स आजको खेलमा विजयी भएपनि एभरेष्ट महिला भलिबल लिग (इडब्लुभी) को फाइनल पुग्न असफल भएको छ। पोखरा निन्जाजलाई आज ३-१ ले हराएपनि सेट गुमाएका कारण काठमाडौं फाइनल पुग्न सकेन । योसँगै ललितपुर क्विन्स फाइनलमा पुगेको छ। लिग चरणको अन्तिम खेलको नतिजाले ललितपुरलाई फरक पर्नेछ। लिगको अन्तिम दिन काठमाडौंले लुम्बिनी लायन्स र […]
November 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साविक विजेता कर्णाली याशविस एभरेष्ट महिला भलिबल लिग (इडब्लुभी) को फाइनल पुगेको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा आज मधेश युनाइटेडलाई ३-० को सोझो सेटमा हराउँदै उपाधि नजिक पुगेको हो। एकतर्फी जित निकाल्ने क्रममा कर्णालीले २५-१५,२५-१२,२५-१७ को जित निकालेको थियो। सबै ४ खेल जितेको कर्णालीको १२ अंक पुगेको छ। आज अर्को […]
November 11, 2025
सुशील पन्त क्षेत्री,चितवन नारायणी नदी किनारमा जारी खेलकुद तथा बृहत व्यापार महोत्सवमा ओलम्पियन बैकुण्ठ मानन्धर, सागका दोहोरो स्वर्ण पदक विजेता दीपक श्रेष्ठ, एसियाली खेलकुदकी कीर्तिमानी पदक विजेता करातेकी एरिका गुरुङ सम्मानित भएका छन् । आयोजक चितवन जिल्ला खेलकुद विकास समितिले आज उनीहरुलाई सम्मान गरेको हो । नेपाली खेलकुद क्षेत्रमा पुराएको योगदानको कदर गर्दै समितिले महोत्सवको […]