default_image

1 year ago

August 11, 2022

सर्वकालिन सम्मानले दिएको सन्देश

दामोदर (बद्री) भट्टराई नेपाली खेलकुद बृत्तमा हाम्रो खेलकुद डट कम परिचित नाम हो । सम्पादक प्रकाश तिमल्सिना तथा युवा पत्रकार एवम् सुदिप मिडियाका अध्यक्ष सुबास हुमागाईंको पत्रकारिता उम्दा देखिदै आएको सत्यतता पनि हो । खेल पत्रकारको अघिल्लो पुस्तामा प्रकाश तिमिल्सिनाको पहिचान र नयाँ पुस्तामा सुबास हुमागाईंको स्थान धेरैका लागि चुनौती पनि हो । प्रतिस्पर्धा पनि […]

56 views

0 Bookmark

दामोदर (बद्री) भट्टराई

नेपाली खेलकुद बृत्तमा हाम्रो खेलकुद डट कम परिचित नाम हो । सम्पादक प्रकाश तिमल्सिना तथा युवा पत्रकार एवम् सुदिप मिडियाका अध्यक्ष सुबास हुमागाईंको पत्रकारिता उम्दा देखिदै आएको सत्यतता पनि हो । खेल पत्रकारको अघिल्लो पुस्तामा प्रकाश तिमिल्सिनाको पहिचान र नयाँ पुस्तामा सुबास हुमागाईंको स्थान धेरैका लागि चुनौती पनि हो । प्रतिस्पर्धा पनि हो । जुन अनिवार्य हुनु जरुरी छ ।

व्यवसायिक खेल पत्रकारितामा यस्तो चुनौती र प्रतिस्पर्धा जायज पनि हो । समग्र व्यवसायिक पत्रकारिता आफैमा ओरालो लागेको समयमा खेल पत्रकारिता अछुतो छ भन्न सकिने अवस्था पक्का छैन । उसो त खेल पत्रकारका अग्रज नेतृत्वकर्ताहरुको समाजिक सञ्जालमा अभिव्यक्त हुने विचार पनि बेला बेलामा निकै रोचक पनि हुने गरेको सत्ययता कम्तिमा खेल बृत्तमा लागेकाहरुका लागि नौलो होइन ।

दामोदर (बद्री) भट्टराई

समाचारका आधारमा पत्रकारितालाई मुल्यांकन गर्ने समाजमा प्रत्येक व्यक्ति र संस्थाले आफ्ना बारेमा लेखिएका समाचारालाई आधार मानेर सम्बन्ध राख्ने प्रचलन नयाँ पनि होइन । तमाम विषयहरुलाई एकै पटक खेलकुद बृत्तमा ओझिलो प्रभाव राखेर स्थापित अनलाईन पोर्टल मात्रै नभई खेल पत्रकारीताको बलियो पहिचान राख्न सफल हाम्रो खेलकुद डटकमको सातौ वर्ष गाँठको ढिलो गरी शुभकामना ।

गत साता कार्यक्रममा अतिथि दर्शकको रुपमा जान पाँउनु मेरा लागि महत्वपूर्ण विषय हो । निर्धारित समय भन्दा केहि ढिलो गरि सुरुवात भएको कार्यक्रममा प्रमुख अतिथिले समय व्यवस्थापन गर्न नसक्दा केहि खल्लो पक्का भएको हो । तर प्रभावशाली युवा नेतृत्व पूर्व मन्त्री गगनकुमार थापा र सदस्य सचिव टंकलाल घिसिङले दिनुभएको समयले कार्यक्रमलाई अतिथि वर्गहरुले न्याय गरेको देखिरहेको थिएँ । सायद त्यो धैर्यताको महत्वपूर्ण कडी थियो ।

सर्वकालिन सम्मान बाट सम्मानित भएका सात खेलाडीहरुले उक्त कार्यक्रममा प्राप्त गरेको सम्मानमा ताली बजाएर सहभागी हुने ध्यये पनि सबैमा देखिएको थियो । उसो त कार्यक्रमको सुरुवात बाट सुमधुर मात्रै होइन प्रभावशाली आवाजका धनी पवन आचार्यको प्रस्तुतीलाई क्या वात नभन्नेहरु कम होलान् , कार्यक्रमको अर्को बलियो पक्षमलाई लागेको प्रकाश तिमिल्सिना र सुबास हुमागाईंको पिता क्रमसःप्रेम बहादुर तिमल्सिना र श्याम कृष्ण हुमागाईंलाई स्टेजमा अतिथिको रुपमा राखेर एउटा महत्वपूर्ण इतिहाँसको साक्षीका रुपमा उभ्याउनु अर्को सफलता हो । यो आधुनिक समाजका धुरन्धर सफल व्यक्तिहरुका लागि मिठो पाठ हुन सक्छ ।

कान्छी ओलम्पियन र साफ खेलकुदको गर्विलो इतिहास जसले थप इतिहास बनाउन क्षमता राख्छिन गौरिका सिंहको सम्मान । ७ सर्वकालिन सम्मानमा क्रिकेटका सातौं कप्तान पारस खड्का, साफ खेलकुदमा ४ स्वर्ण सहितको बलियो पहिचान बनाएका ओलम्प्यिन तेक्वान्दोका दिपक विष्ट, समग्र नेपाली खेलकुदमा अधिक सफल महिला खेलाडीको समेत पहिचान बनाउन सफल संगीता बैद्य, फुटबलका पर्यायीअनि सदाबहार नायक राजुकाजी शाक्य, खेलकुदको ज्यूँदो इतिहासका नायक बैकुण्ठ मान्नधर अनि आधुनिक नेपाली खेलकुदको पिता ,सन्तुष्ट अनि आज पनि उत्तिकै अनुशासनमा रहन जान्ने जितबहादुर केसी लाई सम्मान गर्ने कार्यक्रममा सहभागी हुन पाउनु एक खेलकर्मीका रुपमा गौरवको विषय हो ।

नयाँ पुस्ताको आगमन संगै कार्यक्रमा सदस्य सचिल टंकलाल घिसिंगको उमेर ३९ अनि गगन थापाको ४६ वर्षको प्रसंगमा जितबहादुर केसी अनि बैकुण्ठ दाईको मन्तव्य सम्भवत नेपाली खेलकुदले भुल्न नहुने मन्तव्य हो ।

नेपालका खेल संघहरु, खेल सस्थाहरु खेलकुद एजेण्डा बाट भाग्दै गरेको अवस्थामा पूर्ण जिम्मेवारी बन्दै सर्वकालिन सम्मानको नाममा नेपाली खेलकुद पत्रकारीतामा हाम्रो खेलकुद डटकमले दिनखोजेको सन्देश नयाँ पुस्ताको लागि निकै कठिन चुनौती हो । संगैसंगै व्यवसायीक पत्रकारितामा जम्न चाहनेहरुका लागि ठुलो अवसर पनिहो ।

देश भित्र खेल संघमा देखिने घिन लाग्दो राजनीति, खेल पत्रकारिता भित्र मौलाउदै गएको विृकति अनि समग्र पत्रकारीतामा हराँउदै गएको खोज पत्रकारिताको क्रेजलाई जोगाउन हाम्रो खेलकुद डटकमले अपवाद बनेर समाजमा स्थापित बनिरहन सकोस यहि शुभकामना ।
भट्टराई काठमाडौं खेलकुद समाजका अध्यक्ष हुन् ।

December 5, 2023

ओलम्पियन विष्टलाई राखेपमा नयाँ जिम्मेवारी

काठमाडौं (हाम्रो खेलकुद) – व्यक्तिगत खेलमा सर्वाधिक सफल नेपाली खेलाडी ओलम्पियन दीपक विष्टले राष्ट्रिय टिम तयारीको निर्देशकको जिम्मेवारी पाएका छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले तेक्वान्दोका पूर्व खेलाडी विष्टलाई राष्ट्रिय टिम तयारीको निर्देशकको जिम्मेवारी दिएको जनाएको छ । यसअघि तालिम तथा प्रशिक्षण विभागमा रहेका तेक्वान्दो प्रशिक्षक विष्टलाई शनिबार नयाँ जिम्मेवारी दिने निर्णय गरिएको जनाएको […]

December 5, 2023

नेपाल र चीनको यू–२१ टोलीबीच मैत्रीपूर्ण फुटबल हुने

काठमाडौं (हाम्रो खेलकुद) – अंग्रेजी नयाँ वर्षको अवसरमा नेपालमा नेपाल र चीनको यू–२१ पुरुष टोलीबीच मैत्रीपूर्ण फुटबल आयोजना हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङ र नेपालस्थित चिनियाँ राजदूतावासका प्रतिनिधि मण्डलबीच मंगलबार भएको भेटवार्ताका क्रममा अंग्रेजी नयाँ वर्ष तथा महोत्सवमा नेपाल र चीनको चोङ चीन प्रान्तको व्यवसायिक र यसु फुटबल […]

December 3, 2023

दक्षिण एसियाली कराते – २९ स्वर्णसहित नेपाललाई च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सातौं दक्षिण एसियाली कराते च्याम्पिनसिपमा टिम च्याम्पियन बनेको छ। आइतबार सम्पन्न च्याम्पियनसिपमा नेपाल २९ स्वर्ण पदक जित्दै शीर्ष स्थानमा रह्यो । नेपालले २६ रजत र ६ कास्य पदक पनि जितेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको प्रतियोगितामा भारत २५ स्वर्ण, २२ रजत र १७ कास्य पदकसाथ […]

Success

Thank you for your time.