1 year ago
October 23, 2024
कञ्चनपुर (हाम्रो खेलकुद)- काठमाडौंका सिएम नवीन तण्डुकारले दोश्रो राष्ट्रिय र्यापिड रेटिङ बुद्धिचालको उपाधि जितेका छन्। महिलामा पोखराकी पुजा भण्डारी विजयी भइन् ।
प्रतियोगिता अन्तर्गत १९३२ रेटेड सिएम नविनले ८ खेलमा जित दर्ता गर्दै ८ अंकका साथ राष्ट्रिय र्यापिड च्याम्पियन बनेका छन्। नविनले उपाधि संगै ३० हजार रुपैयाँ प्राप्त गरेका छन्।
कञ्चनपुर जिल्लाको बेदकोट नगरपालिकामा सम्पन्न प्रतियोगितामा १९५६ रेटेड खेलाडी सिएम शुश्रुत दहाल ७ अंक जोडेर टाइब्रेकर आधारमा दोश्रो भए । शुश्रुतले २० हजार रुपैयाँ प्राप्त गरे ।
स्वीस मानेजर बुछोल्स्ज फिडे नियम अप्लाइका कारण समान ७ अंक बनाएका २००८ रेटेड एफएम क्षितिज भण्डारी तेस्रो हुँदै १४ हजार रुपैयाँ प्राप्त गरे। २०४३ रेटेड आशिष फुयाल चौथो हुँदै ९ हजार रुपैयाँ पाए ।
नेपालका शीर्ष ६३ राष्ट्रिय बुद्धिचाल खेलाडी सहभागितामा ९ चरणको खेलबाट २१३० रेटेड एफएम रुपेश जैसवाल ६.५ अंक बनाउदै पाँचौ स्थानमा रहे । समान अंक जोडेका २१०० रेटेड पुरुषोत्तम सिलवाल छैटौं र १९६० रेटेड धिरेन राई सातौं भए ।

र्यापिड स्पर्धामा १९८४ रेटेड नेपाल च्याम्पियन राजन सुवेदी आठौं ,२०१९ रेटेड प्रकाशचन्द्र नेपाल नवौं र २०४४ रेटेड सुरज महर्जन दसौं भए।
प्रतियोगिता नेपाल बुद्धिचाल महासंघ र काठमाडौं स्पोर्ट्स एकेडेमीले संयुक्तरुपमा आयोजनामा गरेका थिए।
राष्ट्रिय ब्लिट्ज बुद्धिचालको उपाधि आशिषलाई
यसैबीच आजै भएको पहिलो राष्ट्रिय ब्लिट्ज बुद्धिचालको उपाधि दोलखाका आशिष फुयालले जितेका छन्। आशिषले उपाधि संगै २० हजार रुपैयाँ प्राप्त गरे । महिला ब्लिट्जमा सिन्दिरा जोशी उत्कृष्ट बन्दै ५ हजार रुपैयाँ पाइन्।
नेपाल बुद्धिचाल महासंघले पहिलोपटक आयोजना गरेको प्रथम राष्ट्रिय ब्लिट्ज बुद्धिचाल प्रतियोगितामा कडा प्रतिस्पर्धा भएको थियो । जम्मा ३ मिनेट २ सेकेण्डको द्रुतगतिमा खेलिने ब्लिट्ज चेस स्पर्धामा ४९ जना सहभागी मध्ये ५ जना खेलाडीले समान ७ अंक जोडेका थिए ।
स्वीस लिग सिस्टम डाइरेक्ट इन्काउन्टर, बुछोल्स् कट वान , कट टु, मोष्ट गेम वीन, ब्लाक वीनको कठिन टाइब्रेक नियमका आधारमा गरेको निर्णय अनुसार एफएम क्षितिज भण्डारी दोस्रो, प्रकाशचन्द्र नेपाल तेस्रो स्थान, राजन सुवेदी चौथो र सुरोज महर्जनले पाँचौ भए ।
पुरुषोत्तम सिलवाल ६.५ अंकका साथ छैटौं भए । यस्तै धिरेन राई सातौं, एफएम रुपेश जैसवाल आठौं, सिएम शुश्रुत दहाल नवौं र सुसन काफ्ले समान ६ अंकका दसौं भए ।
December 6, 2025
हिमाल खरेल, बिर्तामोड न्यु डायमन्ड क्लबका प्रशिक्षक कुमार राई झापामा १ लाख रुपैयाँसहित सम्मानित भएका छन् । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको दौरान राईलाई सम्मान गरिएको हो । बिर्तामोड तथा अर्जुनधाराका विभिन्न व्यक्ति तथा व्यावसायिक प्रतिष्ठानहरुले राष्ट्रिय यु १९ महिला टोलीका प्रशिक्षक समेत रहेका राईलाई १ लाख रुपैयाँभन्दा बढी धनराशिसहित आज सम्मान […]
December 6, 2025
हिमाल खरेल, बिर्तामोड नेपाल एपिएफ क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा न्यु डायमन्ड क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ उपाधिनजिक पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा एपिएफले पहिलो, दोस्रो र चौथो सेटमा न्यु डायमन्डलाई हराएको हो । एपिएफ २५–२२, २५–१६ ,२२-२५ र […]
December 6, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनल खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस उपाधिनजिक पुगेको हो । पुलिसले आर्मीलाई २५-६, २५-१५ र २५-१७ को सोझो सेटमा हराएको हो । पुलिसले कम्तिमा १ लाख रुपैयाँ […]